चितवन राइनोजलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
84 पटक पढिएको
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलनले सर्वाधिक ४३ रन बनाए । उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे । यस्तै, इशान पाण्डेले २९ बलमा २५ रन बनाए ।
आरिफ शेखले अविजित २० रन बनाउँदा शर्फेन रदरफोर्डले अविजित २१ रनको योगदान दिए । उनले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरी भने शून्य रनमा आउट भए ।
चितवनका बलर रञ्जितकुमारले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २८ रन खर्चिए । यस्तै, रिजन ढकाल र मौसमी ढकालले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै, विवेक यादवले १५ बलमा १७ रन, डेविड मलानले १७ बलमा १६ रन, सिकन्दर राजाले २० बलमा १५ रन तथा अर्जुन साउदले १६ बलमा १५ रन बनाए ।
टम टेलर ६ रनमा अविजित रहे भने देव खनालले ७ रन बनाए । चितवनले अतिरिक्त ४ रन पाएको थियो ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । यस्तै, हेमन्त धामीले ४ ओभरमा २६ रन दिएर १ विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले पनि समान १ विकेट लिए ।
यससँगै सुदूरपश्चिमले जारी प्रतियोगितामा दोस्रो जित निकालेको छ ।








Honestly I was skeptical at first but this platform really changed my gaming routine. The live dealer tables feel super smooth and the customer chat team is always ready to help anytime you need them. Great vibes here for sure. peteapuestototal