काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। जसका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज दिउँसो देशको हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा घाम लाग्ने महाशाखाले जनाएको छ। यसैक्रममा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराई तथा बाँकी पहाडी भू-भागको मौसम भने मुख्यतया सफा नै रहने अनुमान गरिएको छ। रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना औंल्याइएको छ।

मौसममा आएको क्रमिक बदलावसँगै चिसो बढ्न थालेकाले देशका तराई भू-भाग, नदी किनारका उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। तसर्थ, बिहानीपख हुस्सुका कारण दृश्यतामा कमी आउन सक्ने भएकाले यात्रा गर्दा र कृषि कर्म गर्दा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
Playing from Lagos was always a pain until I found this gem. The download works perfectly on our local networks and the support team understands exactly how we game here. I have won a few times already and the withdrawals never get stuck. Give it a try 999gamedownload
This platform really knows how to treat its players. The VIP feel is real and the gameplay is top notch. I’m spending a lot of my free time on 345vipjogar lately.
Thanks for a thoughtful and engaging article. The way you explained the main ideas helped everything come together nicely.