सुगौली सन्धिको पृष्ठभुमि र परिणामहरु
1398 पटक पढिएको
— प्रमोद कुमार घिमिरे
श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ प्रतापसिंह शाह, राजमाता राजेन्द्रलक्ष्मी, राजकुमार वहादुर शाह र जनरल भीमसेन थापाका दुरदर्शी सैनिक अभियानले सानो गोर्खा राज्यको सीमालाई पुर्वमा सिक्किम, पश्चिममा सतलजको साँघ, उत्तरमा हिमालय पर्वत र दक्षिणमा गोरखपुरसम्म विस्तार भई एकिकरणको जगलाई मजबुत र स्थायी बनाउने प्रयास भैरहेको बेलामा बुटबल, स्युराज (शिवराज), हालको रौतहट जिल्लामा पर्ने २२ वटा गाउँहरु, बरेली आदिको विषयलाई लिई सन १८१४ (वि.सं.१८७१) मा साम्राज्यवादी शक्ति ज्ञष्ट इण्डिया कम्पनीसंग युद्ध भएको थियो । ८०० सय माइल लामो तत्कालीन नेपालको सीमानामा बिशेष तैयारीका साथ अंग्रेजतर्पmबाट सतलजमा अक्टरलोनी, सहारनपुरमा जिलेस्पी, गोेरखपुरमा जनरल उड, पर्सामा मार्ले, सिक्किममा मेजर लेटरको अत्याधुनिक शस्त्रास्त्रयुक्त विशाल सेना तैनाथ गरिएको थियो । नेपाल जस्तो सानो मुलुकसँग त्यति ठुलो सैनिक मोर्चाबन्दीको खास कारण पृथ्वीनारायण शाहको फौजद्वारा कप्तान किनलोकको पराजय, १३ बर्ष अघि वि.सं. १८५८ मा गरिएको सन्धि भंङ्ग गरी अंग्रेजदुतलाई निष्कासन गरिनु, नेपालको राज्य विस्तारको कार्यप्रति अंग्रेजहरुको बढदो चिन्ता नै प्रमुख रहेतापनि तत्कालीन कारणमा अंग्रेज विरोधी भीमसेन थापाको निर्देशनमा पाल्पा समेत विजय गरी त्यस अन्र्तगतका वुटवल र शिवराज क्षेत्रलाई आफनो अधीनमा लिएपछि जनरल हेस्टिङले १ नोभेम्वर १८१४ मा नेपाल विरुद्ध विधिवत युद्धको घोषणा गरे । यस युद्धमा नालापानी खलङ्गामा वलभद्र कुँवर देउथलमा सरदार भक्ति थापा पश्चिमी सीमान्त क्षेत्रमा अमरसिंह थापा र अन्य विभिन्न क्षेत्रमा नेपाली फौजले आफनो विरताको परिचय दिए तापनि प्रशिक्षित फौजको अभाव, आद्युनिक सरसामानको अभाव चीनका साथै अन्य छिमेकी राष्ट्रबाट समेत सहयोग प्राप्त गर्न नसकेकोले नेपाल अंग्रेजसँग पराजित भएको थियो । २८ नोभेम्वर १८१५ मा नेपालको तर्पmबाट राजगुरु गजराज मिश्रले र २ डिसेम्वर १८१५ मा इष्ट इण्डिया कम्पनीको तर्पmबाट लेफिटनेन्ट जनरल ब्राड शाँले हस्ताक्षर गरेपछि ३ मार्च १८१६ (वि.सं.१८७२) देखि कार्यान्वयनमा आएको सुगौली सन्धिका ९ सुत्रीय प्राबधानहरु निम्न अनुसार छन ः—
(१) नेपालमा राजा र इष्ट इण्डिया कम्पनीबीच सर्वदा मैत्री र शान्ति सम्बन्ध कायम रहनेछ ।
(२) युद्ध भन्दा अगाडि झगडा उठेका सम्पुर्ण भु—भाग माथि नेपालका राजाले आफनो दावी छाडन पर्ने र ती भु—भाग उपर इष्ट इण्डिया कम्पनीको प्रभुत्व रहने छ ।
(३) तराईको विस्तृत भु—भागमा कम्पनी सरकारको अधिकार हुने र त्यसमा नेपालले कहिल्यै दावी गर्न पाउने छैन ।
(४) उक्त भु—भागको क्षतिपूर्ति स्वरुप कम्पनी सरकारले नेपाल सरकारलाई प्रति बर्ष २ लाख रुपियाँ दिने र उक्त रकमको बाँडफाड नेपालका राजाबाट हुने ।
(५) काली नदीदेखि पश्चिमको भु—भाग र त्याँहाका जनतासँग नेपालका राजाले कुनै सरोकार राख्न पाउने छैन ।
(६) नेपालका राजाले सिक्किमका राजाको अधीनमा पर्नगएको भुमिमा आफनो अधिकारको दावी गर्न पाउने छैनन र नेपाल र सिक्किमका राजाप्रजा बीच विवाद उत्पन्न भएमा त्यहाको निर्णय कम्पनी सरकारको मध्यस्थतामा हुनेछ ।
(७) ब्रिटिश सरकारको अनुमति बेगर नेपाल सरकारले कुनै पनि युरोपियन तथा अमेरिकनलाई आफनो सेवामा राख्न पाउने छैन ।
(८) दुवै देशको शान्ति र शुरक्षाका लागि दुवै सरकार बीच राजदुतस्तरमा कुटनैतिक सम्बन्ध कायम रहनेछ ।
(९) उपरोक्त कुराहरुवारे स्वीकृति र कार्यान्वयन १५ दिनभित्र गरिने छ ।
सो अनुसार नेपालले कुमाउ गढवाल र तराईका विस्तृत भुभाग गरी १÷३ क्षेत्रफल गुमाउनुको साथै व्रिटिश सरकार वाहेक अन्य मुलुकवाट पुर्णतः पृथक हुन गयो । नेपालका राजाको प्रतिष्ठामा आँच आउनुको साथै नेपालको अखण्डता, वीरता, स्वतन्त्रता जस्ता गौरवमय परम्परा कुण्ठित हुन गयो । यिनै अंग्रेजहरुको कुचक्रबाट शक्तिपिपाशु जंगवहादुर राणाले तमाम देशभक्त राजभक्त भारदारहरुलाई वि.सं. १९०३ आश्विन २ गते कोतको प्राङ्गणमा हत्या गरी भण्डारखाल पर्व, अलौ पर्व जस्ता काण्डहरुद्वारा पुर्णाहुति गर्दै १०४ बर्ष लामो शोषण, दमन, अन्याय, अत्याचार, भ्रष्टाचारमा निहित निरंकुश राणा शासनको सुत्रपात भयो । यस शासनले नेपालको सामाजिक, आर्थिक, राजनैतिक र अन्य पक्षमा समेत नराम्रो प्रभाव पर्न गई २० औं शताव्दीमा पनि नेपाल गरीव र अविकसित राष्ट्रको पंक्तिमा पुग्नु वि.सं. १८७२ को सुगौली सन्धिको परिमाण थियो ।