धादिङका ४ क्याम्पसमा मात्रै हुने भयो स्ववियु निर्वाचन नेत्रावती क्याम्पसमा सर्वसम्मत, नीलकण्ठमा नेविसंघको दुई समूहको उम्मेदवारी
356 पटक पढिएको

धादिङ, २०८१ फागुन २७। धादिङ जिल्लामा १२ वटा सामुदायिक क्याम्पस भएपनि ४ वटामा मात्रै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रकृया अघि बढेको छ ।
विद्यार्थी संख्या कम भएको कारण निर्वाचन गराउन सकिने अवस्था नभएकोले निलकण्ठ बहुमुखी क्याम्पस धादिङवेशी, नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस त्रिपुरासुन्दरी, चन्द्रोदय बहुमुखी क्याम्पस विशालटार र जयवागेश्वरी बहुमुखी क्याम्पस मलेखुमा स्ववियु निर्वाचनको प्रकृया अघि बढेको हो । मच्छिद्रमा बहुमुखी क्याम्पस खानीखोलामा भने सर्वदलीय सहमतीबाट चैत १ गते मनोनयन दर्ता प्रकृया अघि बढाउने जनाइएको छ ।
निर्वाचन प्रकृया अघि बढेका चार क्याम्पसमध्ये नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस त्रिपुरासुन्दरीमा सर्वसम्मत स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयन भएको छ ।
सबै संगठनका विद्यार्थीको सहभागितामा सर्वसम्मतीबाट अखिल क्रान्तिकारीका अभिषेक थपलियाको नेतृत्वमा स्ववियु गठन भएको हो । जसमा उप–सभापति सुलोचना खड्का, सचिव विनोद गौली, कोषाध्यक्ष सविना अधिकारी र सह–सचिव सरिता गुभाजु रहेको ११ सदस्यीय कार्यसमिति गठन भएको हो ।
त्यसैगरि जय बागेश्वरी र चन्द्रोदय बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको गठबन्धन र अनेरावियु क्रान्तिकारी एक्लैले उम्मेदवारी दर्ता गराएका छन् । सदरमुकाम धादिङबेसीमा रहेको निलकण्ठ बहुमुखी क्यम्पसमा भने गरेका छैनन् । तीन वटा संगठनको तर्फबाट उम्मेदवारी दर्ता भएको छ अध्यक्षमा अखिल क्रान्तिकारी र नेविसंघले उम्मेदवार अघि सारेका छन् । एमाले निकट अखिलले कोषाध्यक्ष, सचिव र दुई सदस्य पदमा मात्रै उम्मेदवारी दिएको छ । नेविसंघमा दुई वटा समूहले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् । पार्टी सभापति एवम कृषि मन्त्री रामनाथ अधिकारीको पक्षबाट राजन अधिकारी अध्यक्षको उम्मेदवार बनेका छन भने नीलकण्ठ नगरपालिकाका प्रमसख भिमप्रसाद ढुंगानाको पक्षबाट भवानी भट्टराईलाई अध्यक्षको उम्मेदवार वनाईएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारी मिलेर चुनावमा जाने संकेत देखिएको छ । नेविसंघ भित्रको अन्तरद्धन्द्धले चुनावी परिणाममा परिवर्तन आउन सक्ने अनुमान गरिएको छ ।
धादिङवेशीमा रहेको निलकण्ठ बहुमुखी क्याम्पस जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी रहेका क्याम्पस हो । जसमा ९ सय १३ जना विद्यार्थी भर्ना भएका तथ्याङ्क छ ।