गोरखाको धार्चेमा आयोजित खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा धादिङका खेलाडीहरु विजयी
143 पटक पढिएको

धादिङ, २८ फागुन २०८१ । गोरखाको धार्चे गाउँपालिकाको माछि बजारमा आयोजित प्रथम अध्यक्ष कप खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता २०८१ मा पुरुष युगल वि विधामा धादिङका राजकुमार श्रेष्ठ र भिषण श्रेष्ठको जोडी प्रथम भएको छ ।
त्यसै गरी बुद्धि थापा र जेनिश अमात्यको जोडी द्धित्तिय, बिष्णु लाल श्रेष्ठ र कृष्णकुमार श्रेष्ठको जोडी तृत्तिय भएको छ । धादिङ जिल्लाबाट बिभिन्न ७ विधामा खेलाडी सहभागी हुँदा राष्ट्रिय पुरुष युगल (२० र्याङ्कीङ माथी ) विधामा राम मल्ल ठकुरी पाटनर सुजन थापाको जोडी तृतिय भएको थियो ।
प्रतियोगितमा राष्ट्रिय पुरुष युगल तर्फ प्रथम ७५ हजार, द्धित्तियलाई ४५ हजार र तृतीयलाई नगद ३० हजार पुरस्कार प्रदान गरिएको थियो । यसै गरी खुल्ला जिल्ला स्तरीय पुरुष युगल तर्फ प्रथम हुनेले ४५ हजार, द्धित्तिय हुनेले ३० हजार र तृतीय हुनेले १५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए भने गोरखा जिल्ला अन्तर पालिका पुरुष युगल तर्फ प्रथमलाई ३० हजार , द्धितियलाई २० हजार र तृतीयलाई १० हजार नगदका साथै शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिता यही फागुन २५ देखि २७ सम्म सञ्चालन भएको थियो ।धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको पहलमा प्रतियोगिता आयोजना गरिएको हो ।