‘कान्छी’ लिएर फरार रवीन्द्र श्रेष्ठले लेखे उपन्यास
815 पटक पढिएको
काठमाडौं, १७जेठ – मन्त्री भएकै बेला दोस्रो विवाह गरी राजनीतिबाट एकाएक हराएका रवीन्द्र श्रेष्ठ साहित्यकार भएर झुल्किएका छन् ।
उनको ‘उदास शनिबार’ नामको उपन्यास बजारमा आएको छ । ब्रदर बुक्स प्रकाशन प्रालिले प्रकाशित गरेको उपन्यासमा प्रेम र युद्धका विषय समेटिएका छन् ।
श्रेष्ठ एकीकृत नेकपा माओवादीबाट विद्रोह गरेर एमाले प्रवेश गरेका थिए । माधव नेपाल नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बनेका उनी अखिल कार्यकर्ता सुपेक्षा सिलवालसँग प्रेम विवाह गरेर हराएका थिए । उनलाई एमालेले कारवाही गरिसकेको छ । त्यस यता उनी सार्वजनिक कार्यक्रममा देखा परेका छैनन् ।
श्रेष्ठको उपन्यास उदास शनिबारको अंश यस्तो छ :
अजयका छोराछोरी पनि जन्मे । तर अजयको लावारिस र अव्यवस्थित बानी गएन । अनुराधा पार्टीको पनि काम गर्दै घर पनि सम्हाल्दै अजयलाई पनि सहयोग गर्दै बच्चाहरुलाई पनि हुर्काउन थालिन् । जनयुद्ध सुरm भएपछि बच्चाहरु मावलीमा बसेर पढ्न गए । दुवै पार्टीमा सक्रियतासाथ लागे– आ–आफ्नो क्षमताअनुसार । अजयको कार्यक्षेत्र सिङ्गो अञ्चल थियो । त्यसैले कहिलेकाही“ हप्ता–पन्ध्र दिनपछि मात्र अनुराधाकहाँ पुग्थ्यो । पछि दुवैको कार्यक्षेत्र भारत प्रवास भयो । पार्टीमा ठूल्ठूला सङ्कट आउँदा पनि अनुराधाले अजयलाई साथ दिइन् । जनयुद्धका उतार–चढावहरुमा उनीहरुको मायाप्रेम झन् प्रगाढ बन्यो । पार्र्टीले अजयलाई पुनः नेपालमै फर्काएर जिम्मा दिएपछि उनीहरु लामो समयसम्म छुट्टिएर बस्न बाध्य भए । आठ–नौ महिनासम्म पनि उनीहरुको भेटघाट हुन छाडेको थियो । खर्च कम गर्न अनुराधाले भर्खरै केही दिनअगाडि मात्र डेरा सारेकी थिइन्, त्यही बेला एउटा घटना घट्यो ।
प्रचण्ड–बाबुरामले जनसेना र हतियार समर्पण गरेर क्रान्तिलाई धोका दिन लागेको भन्दै रवीन्द्र र मणिले विद्रोह गरे । केही समयपछि प्रचण्डहरुले हतियार र जनसेना बुझाए पनि त्यो बेला कसले पत्याउने र उनीहरुका कुरा ? तर पनि प्रचण्डहरुको सातो गएछ, आफूलाई मार्छ कि भन्ने डरले पुराना डेराहरु सबै छाडेर भागाभाग गर्न थाले । अनुराधाको नयाँ डेरा रवीन्द्र र मणि दुवैले नदेखेको हुनाले एक ठूला नेता पुष्प त्यही“ लुकेर बस्न गए । दुवै जनाले चाहेको भए प्रचण्डलाई मृत्युदण्डको सजाय दिन गाह्रो थिएन । किनकि दुवै जना सक्षम युवा नेता थिए । तर त्यति नै बेला मृत्युदण्ड दिएको भए जनता, पार्टी र क्रान्तिप्रतिको प्रचण्डको अपराध र गद्दारी सबै कार्यकर्ता र जनताले राम्ररी थाहा पाउने थिएनन्, उल्टै सहिद हुन पुग्थे । तर रवीन्द्र र मणि त्यति मूर्ख र प्रचण्डजस्तै तुच्छस्तरका निकृष्ट थिएनन् । उनीहरुको विद्रोह वैचारिक थियो ।
उनीहरुको वैचारिक विद्रोहबाट भयभीत र आतङ्कित भएका कमरेड पुष्प अनुराधाको डेरामा बसेर महँगा विदेशी रक्सीहरु पिउँदै मन शान्त पार्न कोसिस गर्दै रहे । अजय छँदा अजयले कहिलेकाही“ पुष्पलाई सँगै डेरामा ल्याउँथ्यो र अजयले रक्सी पनि कहिलेकाही“ किनेर पुष्पलाई पिलाउँथ्यो । तर दुई युवानेताहरुको वैचारिक विद्रोहबाट भयभीत भएका कमरेड पुष्प अनुराधालाई नै महँगा रक्सी किन्न पैसा दिएर पठाउन लागे । सहिदहरुले आफ्नो रगत बगाएर ज्यानको बलिदान दिएर बैङ्कहरु कब्जा गरी पठाइदिएको पैसाको कमी थिएन कमरेड पुष्पसँग ।
‘बुझ्नुभो अनुराधा कमरेड ? ती दुई जनाले फल खाने बेलामा बेवकुफी गरे । कुरै बुझेनन्, तिनीहरुले । यत्रो दुःख गरेर क्रान्ति सुरु गरियो । अब केही समयपछि हामी सिंहदरबारमा पुग्दैछौं । प्रधानमन्त्री, मन्त्री हुँदैछौ’, पुष्प रक्सी पिउँदै भन्न थाले– ‘क्रान्ति अब पुरानै ढङ्गले हुँदैन । नयाँ ढङ्गले क्रान्ति गर्न लागेका छौँ । अजय पनि मन्त्री बन्नुहुनेछ ।’
‘ल पिउनुस्, अलिकति तपाईं पनि ।’
कमरेड पुष्पले निकै कर गर्न थाले ।
‘मेरी श्रीमती पनि पहिला रक्सी भनेपछि रिसाउँथी, छुँदै नछुने रक्सी त, मसँग सधैं रक्सी पिए भनेर झगडा गर्ने । अहिले मैले एक ग्लास पिउँदा उनले दुई ग्लास पिउँछिन् । जिन्दगी भनेको रमाइलो गर्ने पनि हो के । ल, अलिकति त पिउनुस् ।’ – कमरेड पुष्पले ग्लासमा रक्सी खन्याएर दिँदै निकै कर गर्न थाले ।
त्यत्रो ठूलो नेताले कर गरेपछि अनुराधाले पनि अकिकति लिइन् ।
अर्को दिन पनि मासु र महँगा रक्सीको आदेश भयो । अनुराधाले ल्याइदिइन् । मासुको सितनसँग रक्सी पिउँदै पुष्प भन्न थाले– ‘बुझ्नुभयो ? यहाँको सरकारलाई भनेर त्यो रवीन्द्रको डेरामा पुलिस पठाइयो तर ऊ चलाख निस्क्यो, भागिसकेछ । तर जनसेनाको एक टुकडीलाई बोलाइएको छ, तिनीहरुलाई समात्न । तिनीहरुलाई आलोक बनाइन्छ अब ।’
त्यो दिन पनि कमरेड पुष्पले अनुराधालाई रक्सी पिउन निकै कर गरे ।
‘कति लड्ने पुरानो सत्तासँग ? अब गाउँमा लडेर हराउन सकिन्न । एकैचोटि सिंहदरबार कब्जा गरेर प्रधानमन्त्री हुने । अब दुःखका दिन गए । अब फल चाख्ने बेला आएको छ ।’ – पुष्प कमरेडको निष्कर्ष थियो ।
केही दिन अनुराधाकहाँ बसेर पुष्प अन्त सेल्टर बनाउन लगाई गए । जाने बेलामा अनुराधालाई भने– ‘बुझ्नुभयो, मुख्य कुरा आफू भलो त जगत भलो । अब पहिला आफू भलो हुने कसरी भनेर सोच्नुस्, अनि जगतको भलो गर्ने हो ।’
अनुराधाले उनका अनेकथरी कुराहरु त बुझिनन् तर आफू भलो त जगत भलो भनेको कुरा राम्रोसँग बुझेजस्तो भयो र यो अब नभुल्ने गरी मन मस्तिष्कमा राखिन् । अब अनुराधाको जीवनमा नयाँ चरण सुरु भयो ।
केही समयपछि लोकतान्त्रिक गणतन्त्र स्थापना भयो, अजय पनि मन्त्री बन्यो । तर अनुराधा रक्सी र पैसाको पछि लाग्न थालिसकेकी थिइन् । रक्सी र पैसासँगै अर्कै कृष्ण पनि भेट्टाइहालिन् । कृष्णसँग रोमान्स लीला गर्न थालिन् । कलियुगका कृष्ण पनि के कम र ? रक्सी पिउने र रोमान्स लीला गरेर पैसा हात पारेर अनुराधालाई त्यत्तिकै छोडे ।
अनुराधाले पत्रकाहरुलाई भनिन्– ‘अजयले मलाई समय दिएन ।’ यौनइच्छा पूरा नभएपछि कृष्णसँग सम्बन्ध राखेकी हुँ ।’
एक जना पत्रकारले सोधे– ‘पहिला पनि अजयले त्यति समय दिने थिएन होला नि, कैयौ“ महिना भेटै हुँदैनथ्यो होइन, युद्धकालमा ? त्यो बेला के भयो ?’
अनुराधासँग जवाफ थिएन ।
यही बेलामा आकाश मार्गबाट माओ र तेङ डुल्दै नेपाल हेर्दै रहेछन् ।
‘लौ देख्यौ, कस्तो लाग्यो ? क्रान्तिकारी बाटो छोडेपछि उनीहरुको परिवारको पनि विघटन भैरहेको छ ।’ – माओले भन्यो ।
‘जे भए पनि मन्त्रीपत्नी भएर मस्ती गरिहाले, भैहाल्यो नि क्रान्ति ।’ – तेङले भन्यो ।
‘तिम्रो क्रान्तिको परिभाषा आफू भलो त जगत भलो रहेछ ।’ – माओले भन्यो ।
‘त्यही हुनाले तिम्रो बेलाको चीनभन्दा मेरो नेतृत्वमा नयाँ ढङ्गले अघि बढाएपछिको चीनले कस्तो तीव्र विकास गरेको छ, देखेनौ ?’ – तेङले जवाफ दियो ।
‘तर गलत बाटोमा लागेकाले सोभियत सङ्घको हालत कस्तो भयो देखेनौ ? त्यहाँ त मेरो भविष्यवाणी सत्य भयो नि ?’ – माओले फेरि तर्क गर्यो ।
‘चीन पनि त्यस्तै–त्यस्तै हुन्छ भनेको ?’ – तेङले प्रश्न गर्यो ।
‘आगामी बीसदेखि तीस वर्षमा के हुन्छ, हेरौं । तिमीले जित्छौ कि मैले जित्छु, अझै हेरौं ।’ – माओले भन्यो । अनि दुवै आफ्नो बाटो लागे ।
-उज्यालो अनलाइनवाट साभार