सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा

26 पटक पढिएको

सम्पादक: Dhading News

 

काठमाडौं, १९ चैत । सुनवाइ नसकिए पछि  नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा हेर्दा हेर्दैमा राखिएको छ ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्त तथा नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको दुवै रिट हेर्दाहेर्दैमा राखिएको हो ।

मंगलबार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाई भएको थियो । तर सुनुवाई पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको जनाइएको छ।

पटक पटक पेशी सर्दै आएको  कुलमान र हितेन्द्रदेवको रिटलाई आज भने विशेष प्राथमिकता दिई सुनुवाई गरिएको थियो ।


One thought on “सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *