अनुसन्धान विभागको प्रमुखमा जितबहादुर केसी , तीन सहसचिवलाई कामु सचिवको जिम्मेवारी

646 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Singha_durbar

काठमाण्डौ -सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा जितबहादुर केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यसैगरि बैठकले ३ जना सह सचिवहरुलाई कामु सचिव बनाएर क्षेत्रीय प्रशासकको जिम्मेवारीमा पठाएको छ ।  विद्युत प्राधिकरणका महाप्रवन्धक अर्जुन कार्कीलाई पश्चिमांचल, शिक्षा मन्त्रालयका महाश्रम शर्मालाई पूर्वाञ्चल र गृहका  शंकर कोइरालालाई मध्यमांचल क्षेत्रीय प्रशासकमा नियुक्ति गरिएको छ । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोगमा गरिने नियुक्तिका लागि सिफारिस गर्न पूर्व प्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको नेतृत्वमा समिति बनाएको छ । समितिमा सपना प्रधान मल्ल, घनश्याम लाल दास, प्रदीप पोखरेल र मानव अधिकार आयोगले तोकेको सदस्य सचिव रहने छन् ।  चुरे संरक्षण कार्यक्रमको अध्यक्षमा रामेश्वर खनाललाई नियुक्ति गरिएको छ । त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा परासद कोइराला र सुकुम्वासी आयोगको अध्यक्षमा शारदाप्रसाद सुवेदी र प्रधानमन्त्रीको सामाजिक सल्लाहकारमा विजन पन्तलाई नियुक्त गरेको छ । वैठकले  दलित आयोगको अध्यक्षमा मानबहादुर नेपालीलाई समेत नियुक्त गरेको छ ।