गजुरीका राजन चेपाङ अफिम सहित बाराको पथलैयामा पक्राउ

480 पटक पढिएको

१९ फाल्गुन २०८१, सोमबार ०७:०६ सम्पादक: धादिङ न्यूज

धादिङ,१९ फागुन २०८१ ।धादिङको गजुरी गाँउपालिका वडा नम्बर ४ घर भएका २६ बर्षिय राजन चेपाङ बारा जिल्ला  जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकबाट २ किलो ५०० ग्राम लागू औषध अफिम जस्तो  (३ वटा गोला) सहित  पक्राउ परेका छन् ।
धादिङबाट वीरगंज तर्फ जादै गरेको प्र ०३-०३-००१ प ५२७३ नम्बरको एफजेड मोटरसाईकल शंकास्पद लागी रोकी चेक जाँच गर्दा निजले बोकेको कालो झोलामा लुकाई छिपाई राखेको अवस्थामा भेटिएपछि चेपाङलाई प्रहरीले अनुसन्धानका लागि मोटरसाईकल सहित पक्राउ गरेको हो ।फागुन १८ गते दिउँसो ४.३० वजे तिर उनि पक्राउ परेका हुन् ।