बागमती साहित्य महोत्सव धादिङबेसीमा सम्पन्न

113 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १८ फागुन २०८१ । धादिङको सदरमुकाम धादिङबेसीमा आयोजित दुई दिने बागमती साहित्य महोत्सव सम्पन्न भएको छ । साहित्यिक महोत्सवमा कला र साहित्यका विभिन्न विषयमा सर्जकसँग सर्जकसँग भलाकुसारी,लेखन सिप सम्वन्धी अन्तरक्रिया र रचना बाचन  गरिएको थियो ।

”साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धन”मूल नाराका साथ आयोजित महोत्सवमा साहित्यकार देखि राजनीतिज्ञहरुले विभिन्न शीर्षकमा बहस गरेका थिए ।

बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा भएको महोत्सवको सह आयोजकमा नीलकण्ठ नगरपालिका र नीलकण्ठ प्रज्ञा प्रतिष्ठान रहेका थिए ।

महोत्सवले बागमती प्रदेशका कला, साहित्य, संस्कृति तथा सभ्यताको  प्रवर्द्धनमा  महत्त्वपूर्ण टेवा पुर्‍याएको आयोजकले जनाएको छ ।

फागुन १६ गते शुक्रवार  धादिङबेसीमा बागमती  प्रमुख दिपक प्रसाद देवकोटाले महोत्सबको उद्घाटन गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *