तेरिया बनिन् DID Li’l Masters Champion

760 पटक पढिएको

सम्पादक: Dhadingnews.com

imagesकाठमाडौं-रुपन्देहीकी तेरिया फौजा मगर भारतीय जिटिभीबाट प्रसारित नृत्य प्रतियोगितामा ४० लाख प्रतियोगीलाई पछि पारेर उपाधि जित्न सफल भएकी छन् । डिआईडी अनुष्का, हार्दिक र सदविनलाई पछि पार्दै तेरियाले उपाधि जितेकी हुन । 

शनिबार राती भएको ग्रान्ड फिनालेमा तीन जना फाइनलिस्टलाई पछि पार्दै तेरियाले उपाधि हात पारेकी हुन्। यस्तै दोस्रोमा अनुस्का क्षेत्री भइन्।

अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी ११ वर्षीया तेरियाले १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै दर्शकबाट सबैभन्दा बढी भोट पाएर उपाधि जितेकी हुन्।
मुम्बईमा भएका ३ वटा अडिसन, नयाँदिल्लीमा भएको टेलिभिजन अडिसनमा १ सय २ जना, कोरियोग्राफ राउन्डमा ३६ जना, मेगा राउन्डमा उत्कृष्ट १६ तथा अन्तिम १० हुँदै फाइनलमा प्रवेश गरेकी उनले उपाधि समेत हात पारिन।

डीआईडी लिटिल मास्टर्सको फाइनलमा पुग्ने तेरिया नै पहिलो नेपाली तथा कम उमेरकी प्रतिस्पर्धी हुन्।
प्रतियोगिताको उपाधिसहित उनले ५० लाख भारुका साथै एउटा कारसमेत पाएकी छन्।
बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। उनकी आम सोही विद्यालयमा क्यान्टिन सञ्चालन गर्छिन्। बुबा भने रोजगारीका लागि दुवईमा छन्।
भारतका अन्य प्रतियोगितामा कयौं नेपाली भाषीले सफलता प्राप्त गरेको भएपनि नेपालमै जन्मिएर डिआडी लिटिल मास्टर्समा सफल हुने तेरिया पहिलो नेपाली हुन्।

तेरियाले ५० लाख भारु लगायतका पुरस्कार प्राप्त गर्नेछिन् । ११ वर्षीय तेरियाको बाबु पनि दुबईबाट विदा मिलाएर छोरीको कार्यक्रममा सहभागी हुन पुगेका छन् ।