६ खर्ब १८ अर्ब १० करोडको बजेट – सरकारी कर्मचारीको तलब १० प्रतिशत बढ्यो

1011 पटक पढिएको

सम्पादक: Dhadingnews.com

download (1) download

काठमाडौ, असार २९ – सरकारले आगामी आर्थिक वर्ष २०७१/७२ का लागि सवा ६ खर्बको बजेट ल्याएको छ ।

अर्थमन्त्री रामशरण महतले संसदमा करिव ६ खर्ब १८ अर्ब १० करोड रुपैयाँकोबजेट प्रस्तुत गरेका छन् । यो गतवर्ष भन्दा झण्डै एक खर्ब बढी हो । कुल विनियोजनमध्ये ३ खर्ब ९८ अर्ब ९५ करोड ११ लाख ९५ हजार रुपैयाँ तथा पुँजीगततर्फ १ खर्ब १६ अर्ब ७५ करोड ५० लाख ४२ हजार र वित्तीय व्यवस्थातर्फ १ खर्ब २ अर्ब ३९ करोड ३७ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

आगामी आर्थिक वर्षमा राजश्वबाट ४ खर्ब २२ अर्ब ९० करोड, साँवा फिर्ताबाट १ अर्ब र वैदेशिक अनुदानबाट ७३ अर्ब ३८ करोड ५९ लाख २४ हजार व्यहोर्नेबजेट ले लक्ष्य लिएको छ । त्यसमा अपूग करिव सवा अर्ब भने वैदेशिक ऋणबाट जुटाइने लक्ष्य छ ।

 

सरकारी कर्मचारीको तलब बढ्यो

सरकारले कर्मचारीको तलब १० प्रतिशत वृद्धि गरेको छ । सुरु तलबमा १० प्रतिशतले वृद्धि गरी ग्रेड रकममा समेत वृद्धि गरिएको छ ।

स्थानीय भत्तामा २५ प्रतिशत र फिल्ड भत्तामा ५० प्रतिशत वृद्धि गरिएको छ । उच्च हिमाली जिल्लाका कर्मचारीहरुलाई वाषिर्क १५ हजार पोशाक भत्ता दिइनेछ ।

कर्मचारीको तलब वृद्धि र सेवा सुविधामा वैज्ञानिक पुनरावलोकनका लागि उच्चस्तरीय तलब सुविधा सुझाव आयोग गठन गर्ने बजेट मा उल्लेख छ ।

बजेट मा राहदानी वितरण सहज बनाउन अनलाइन फर्म भर्ने व्यवस्था मिलाउने उल्लेख छ । विदेशस्थित दूतावासको आफ्नै भवन खरिद निर्माण गर्ने बजेट मा लक्ष्य लिइएको छ ।

कारागार सुधारका लागि नुवाकोटमा केन्द्रीय कारागार बाँकेको नौवस्तामा खुला कारागार निर्माण सुरु गरिने भएको छ ।

स्वास्थ्य क्षेत्रमा ३३ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ । सरकारले १५ वर्षमुनिका बालबालिका तथा ७५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुको मुटूरोग निःशुल्क गर्ने भएको छ । ७० वर्षमाथिका बृद्धबृद्धालाई वार्षिक २ हजार रुपैयाँ औषधोपचार खर्च दिइने भएको छ ।

दोस्रो जनआन्दोलनका घाइते तथा सहिद परिवालाई दिइंदै आएको मासिक भत्तामा वृद्धि गरेर ७ हजार रुपैयाँ पुर्‍याइएको छ ।

सरकारले आगामी तीन वर्षभित्र हरेक निर्वाचन क्षेत्रमा एउटा खेलमैदान निर्माण गर्ने अभियान सुरु गर्ने भएको छ । आगामी आर्थिक वर्षमा ५३ जिल्लामा खेल मैदान निर्माण हुने भएको छ ।

काठमाडौंको मुलपानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्न २० करोड विनियोजन भएको छ ।

निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि आगामी वर्ष बस्ती स्थानान्तरण गर्ने बजेट मा उल्लेख छ । त्यसका लागि ५० करोड विनियोजन भएको छ ।

-ई कान्तिपुर डट कमवाट