प्रशासनकै मिलेमतोमा नदीजन्य सामाग्रीको तस्करी

618 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नुवाकोट – जिल्ला प्रशासन कार्यालय नुवाकोटले नदीजन्य सामाग्रीको उत्खनन्मा प्रतिबन्ध लगाए पनि उत्खनन कार्य निर्वाध रुपमा जारी रहेको छ । चुरेक्षेत्र संरक्षणको लागि सरकारले ल्याएको विशेष कार्यक्रम लागू गर्दै भदौसम्म नुवाकोटका नदीजन्य सामाग्रिको उत्खनन कार्य रोक लगाए पनि प्रशासनकै मिलेमतोमा उत्खनन् कार्य चलिरहेको छ । उत्खनननमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताए पनि जिल्लाको विभिन्न स्थानमा उत्खनन् कार्यले जोखिम बढाएको छ । जिल्लाको जिलिङ, रातमाटे, दुईपिपल, बुधसिंह, खड्गभञ्याङ लगायतका विभिन्न स्थानमा उत्खनन् कार्य ह्वात्तै बढेको छ । नदीजन्य सामाग्रिको उत्खनन्को लागि नदी, बस्ती, विद्यालय, पुल, विद्युतीय प्रशारण लाईनको नजिकमा समेत उत्नखनन् गर्दै तस्करहरुले निर्बाध रुपमा अबैध कार्य जारी राखेका छन् । उत्खनन् कार्यमा प्रंतिबन्ध लगाएकाले सञ्चालन नभएको जिकिर गर्दैै कार्यान्वयनमा ल्याउन अधिकतम प्रयास जारी रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो । जिल्लाको त्रिशुली नदी तथा तादी, लिखु, फलाखु, सलाखु खोलामा स्काभेक्टर प्रयोग गरी नदीजन्य सामाग्रिको उत्खनन्मा तस्करसंग प्रशासनको समेत मिलेमतो भएको स्थानीयबासीको आरोप छ ।