रवि निर्दोष हुन भन्न नसकिने कास्की अदालतको ठहर, ६५ लाख धरौटी बुझाएपछि भए रिहा
166 पटक पढिएको

काठमाडौं, २६ पुस २०८१ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अदालतले मागेको ६५ लाख धरौटी बुझाएपछि विहीबार साँझ कास्की प्रहरीको हिरासतबाट रिहा भएका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न दिएको आदेशपछि बैंक ग्यारेन्टीमार्फत उक्त रकम बुझाएर लामिछाने रिहा भएका हुन् ।
सूर्यदर्शन सहकारी अपचलनको अभियोगमा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
थुनछेक बहस सकिएपछि बिहीबार अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।
तत्काल प्राप्त प्रमाणका आधारमा रवि निर्दोष हुन् भन्न सकिने अवस्था नदेखिएकाले उनलाई धरौटी लिएर रिहा गर्ने आदेशमा भनिएको थियो ।
रविविरुद्ध कास्कीबाहेक काठमाडौं, चितवन, रूपन्देही र पर्सामा समेत उनीविरुद्ध पक्राउ पुर्जी भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा लामिछाने आफैँ काठमाडौं अदालतमा उपस्थित हुने बताइएको छ ।
आदेशमा भनिएको थियो ।, ‘सहकारीको रकम निज प्रतिवादी (लामिछाने)को खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको तथा अन्य प्रतिवादीहरूसँग देखिएको अन्तरसम्बन्ध र बैंक खाताको ट्रान्जेक्सन (कारोबार) समेतका मिसिलमा संलग्न तत्काल प्राप्त आधार र प्रमाणहरूबाट नीज प्रतिवादी अहिले नै कसुरदार रहेनछन भन्न सकिने मनासिव आधार नदेखिएपनि, तत्काल प्राप्त माथि उल्लेखित प्रमाणहरूबाट प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतको आधारमा धरौटी ६५,००,००० (पैसट्ठी लाख रुपैयाँ) नगदै वा सो बराबरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्नु र नदिए वा दिन नसकेमा दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय कास्कीमा पठाइदिनू ।’
One thought on “रवि निर्दोष हुन भन्न नसकिने कास्की अदालतको ठहर, ६५ लाख धरौटी बुझाएपछि भए रिहा”
Comments are closed.
Noodlemagazine Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.