साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी निर्वाचित

215 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२६ पुस २०८१ । साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी निर्वाचित हुनु भएको छ । शुक्रवार धादिङबेसीमा सम्पन्न भएको संघको २४ औं बार्षिक साधारण सभा तथा ९ औं अधिबेशनबाट अधिकारीको नेतृत्वमा १५ सदस्यिय संचालक समितिको चयन भएको हो ।

अधिबेशनबाट उपाध्यक्षमा रमेश खतिवडा, सचिबमा मथुरा तामाङ र सदस्यहरुमा टिका प्रसाद थपलिया ,कमल बहादुर गुरूङ,धुर्वराज बिश्वकर्मा,छविन्द् नारायण श्रेष्ठ ,नारायण खड्का,बद्री प्रसाद अधिकारी,रन्जना पाठक,मिना तामाङ ,राम कुमार श्रेष्ठ ,चक्र बहादुर लम्साल र कृष्णप्रसाद दाहाल र दुर्गा दुवाडी निर्वाचित भएका छन् ।

यसै गरि अधिबेशनबाट लेखा सुपरिबेक्षण समितिको संयोजकमा पुरूषोतम न्यौपाने र सदस्यहरुमा अनु राना मगर र जगदिश अधिकारी
निर्वाचित भएका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *