नीलकण्ठ नगरपालिकाको बजेट ८ करोड ५३ लाख

573 पटक पढिएको

सम्पादक: Dhading News

download (2)नीलकण्ठ–धादिङ जिल्लाको साविकको चार वटा गाविस नीलकण्ठ, साङकोष,सुनौलावजार र मुरलीभञ्ज्याङ गाविसलाई गाभेर वनाईएको नीलकण्ठ नगरपालिकाले चालु आर्थिक बर्षका लागि प्रस्तावित वजेट सार्वजनिक गरेको छ ।
जिल्लाको पहिलो नगरपालिकाले एकीकृत योजना तर्जुमा समितिको बैठकवाट करको दायरा तय गर्नुका साथै प्रस्तावित योजना तथा वजेट तय गरेर पहिलो नगर परिषद वाट पारित गराएको हो ।
चालु आर्थिक बर्षका लागि चालु तर्फ ९० लाख ६२ हजार २ सय रुपैया र पूजींगत तर्फ ७ करोड ६२ लाख ७७ हजार ८ सय समेत गरी कुल ८ करोड ५३ लाख ४० हजार रुपैयाँ नगरपालिकाको प्रस्तावित वजेट रहेको नगरपालिकाका कार्यकारी अधिकृत जनकराज शर्माले वताउनु भयो ।
प्रस्तावित निती तथा वजेट मार्फत नगरपालिकाले चालु आर्थिक बर्षमा व्यवसाय तथा तथा एकीकृत सम्पत्ति कर लगायतवाट २७ लाख १२ हजार,सेवा शुल्कवाट ६ लाख, दस्तुर २२ लाख ५० हजार तथा अन्य आय १२ हजार र अघिल्लो आर्थिब वर्ष आएको ३ लाख समेत गरी आन्तरिक आय तर्फ ६१ लाख ७४ हजार हुने अनुमान गरिएको कार्यकारी अधिकृत शर्माले जानकारी दिनु भयो ।
त्यसैगरी राजश्व बांडफांड तर्फ घरजग्गा रजिष्ट्रेशनवाट ४५ लाख, जिल्ला विकास समितिवाट ८ लाख ८० हजार समेत गरी अन्य आय ८ लाख ८० हजार गरी कुल ५३ लाख ८० हजार र केन्द्रिय श्रोत तर्फ नेपाल सरकार निर्शत अनुदान ४ करोड ३७ लाख ८६ हजार र शर्शत अनुदान र जगेडा कोष तर्फ ३ करोड प्राप्त हुने अनुमान गरिएको शर्माले वताउनु भयो ।