नागपञ्चमीमा नागपूजा गरिंदै 

1264 पटक पढिएको

सम्पादक: Dhading News

download (2)काठमाडौं, १६ श्रावण  – टोकेर ज्यानसम्म पनि लिन सक्ने भएकाले संधै शत्रुको रुपमा मात्र हेरिने नागलाई शुक्रवार भने आ-आफ्ना घरको मूलढोकामाथि तिनको चित्र टाँसेर नेपालीले पूजा गर्दैछन् । प्रत्येक वर्ष साउन शुक्लपक्ष पञ्चमीका दिन विहान आ-आफ्ना घरमा लिपोत गरी शुद्ध गरिसकेपछि घरको मूल ढोकामाथि विभिन्न रंग प्रयोग गरी बनाइएको नागको चित्रलाई गोवरले टाँसिएर दुध र दुवो चढाई पूजा गर्ने हिन्दुपरम्परा छ ।

गरुड तन्त्रविष्णुवचनम्मा यस दिन घरको ढोकामाथि वा तोरणमा नागको मूर्ति अंकित चित्रलाई त्यसको चारै कुनामा गोवर राखी टाँस्ने, त्यसको माथिल्लो भागमा पनि गोवर राखी त्यसमा सिंगो सुपारी, रायो गेडा, दुवो र गाईको दुध समेत राखी विधिपूर्वक पूजा गरेमा एक वर्षसम्म नाग र गरुडको भय हुँदैन भन्ने उल्लेख छ ।

यस दिन अनन्त, बासुकी, शेष, पद्मनाभ, कम्वल, शंखपाल, धृतराष्ट्र, तक्षक, र कालिय नागहरुलाई पूजा गरिन्छ ।

यस दिन कालीनागको बासस्थान मानिएको ललितपुरको धापासीखेलस्थित नाग दह, कर्कोटक नागराजाको बासस्थान मानिएको दक्षिणकाली जाने बाटो चोभारसंगै रहेको टौंदह, नक्सालस्थित नागपोखरी, भक्रपुरको सिद्धपोखरी, पशुपतिमन्दिरका पूर्वपट्ट िरहेको बासुकी नागस्थान आदिमा दर्शन पूजा गर्न श्रद्धालु भक्तजनहरुको घुइंचो लाग्ने गर्दछ ।

नेपाली संस्कृतिमा नागलाई विशेष महत्व दिई त्यसरी पूजा अर्चना किन गरिएको भन्ने सम्वन्धमा धान रोपाईंका लागि पानी पार्न यिनीहरुले ठूलो भूमिका खेलेको र अव रोपाईसकिएकाले कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजा अर्चना गरेको भन्नेगा कथन छ ।

गोरखनाथ नेपालमा आई अष्टानागलाई आशन बनाई मृगस्थलीमा  ध्यान गरिराखेकाले १२ वर्षसम्म पानी नपरी हाहाकार हुंदा भक्तपुरको लिच्छवि राजा नरेन्द्रदेव, कान्तिपुरका बन्धुदत्त आचार्य, ललिपुरका रथचक्र ज्यापु तथा कर्कोटक नागराजा मली आसामको कामरुपकामाक्ष भारतको कामाक्षकामरुपबाट मत्स्येन्द्रनाथलाई यहाँ ल्याएपछि आफ् गुरुलाई दर्शन गर्न गोरखनाथ उठेपछि अष्टनाग बन्धन मुक्त हुनासाथ वर्ष भई सहकाल आएको भन्ने प्रचलित पौराणिक कथन छ ।

त्यस्तै कान्तिपुर नगका निर्माता राजा गुणकामदेवको पालामा पानी नपरी अनिकाल पर्दा शान्तिकराचार्यले नवनागको साधना गरी तीनीहरुकै रगतले लेखिएको मण्डलमा पूजा आराधना गर्दा पानी परेको भन्ने स्वयम्भु पुराणमा उल्लेख छ ।

बेलाबखतमा पानी नपरी अनिकाल पर्दा स्वयम्भूको शान्तिपुरसिभत्र रहेको त्यस नागमण्डल बाहिर ल्याई घाममा देखाए पानी पर्दछ भन्ने जनबिश्वास छ ।

तर सर्प र नाग सम्वन्धी अध्ययन र अनुसन्धानमा संलग्न रहेका प्राध्यापक कर्णबहादुर शाहले भने ‘नागले पानी पार्छ भन्ने परम्परागत विश्वास मात्र हो यसमा कुनै वैज्ञानिक आधार छैन ।’

– इकान्तिपुर डट कमवाट