बाबु श्रमिकको खोजीमा, छोराछोरी अरबको खाडीमा

761 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ,  बाबुले आफ्नो फार्ममा कामदार नपाउने, छोराछोरी भने विदेश ताक्ने कारणले स्वदेशी उद्योग धरासायी बन्दै गएको छ ।

हाल विश्वका १८ मुलुकमा ४० लाखभन्दा बढी नेपालीले काम गर्दै आएको र उनीहरूबाट यस वर्ष पाँच खर्ब विप्रेषण नेपाललाई प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार कामको खोजीमा विदेश जाने युवा वार्षिक १३ देखि १५ लाखसम्म छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अनुसार वार्षिक ४२ लाख मानिस नेपाली श्रम बजारमा आउने उल्लेख छ ।


 

khaadiयुवा जमात नगद नभएको गुनासो गर्ने, स्वदेशमा श्रम गर्न नरुचाउने, देशलाई गाली गर्ने, जागिर खोज्न भौँतारिने र केही सीप नलाग्दा खाडी मुलुक नै ताक्ने प्रवृत्तिले बाबुआमाबाट सञ्चालित उद्योगमा छोराछोरीको चासो नरहने विभिन्न उद्यमीको भनाइ छ ।

प्रेम लामा कृषि उद्यमी हुन् । उनले आफ्नो फार्ममा २५० मानिसलाई रोजगार दिएका छन् तर उनकै उद्योगमा छोराछोरीले काम गर्ने रुचि राख्दैनन् । उनले सञ्चालन गरेको फार्मको नाम आशापुरी अर्गानिक फार्म हो । यस फार्मबाट अर्गानिक कृषि उत्पादन हुन्छ । उक्त उत्पादन विदेशमा समेत निर्यात गर्ने गरेका छन् लामाले ।

धेरै वर्षसम्म लामा रोगले थल्लिनुभएको थियो । उचित खानपान गर्न नजानेको र बजारमा अर्गानिक उत्पादन नपाइएकाले आफू रोगी भएको उहाँले बताउनुभयो । धेरै वर्षपछि उहाँको रोग निको भयो र, अन्य मानिसलाई स्वस्थकर उत्पादन खुवाउने इच्छाले अर्गानिक फार्म खोलेको उहाँ बताउनुहुन्छ ।

उहाँको उपत्यकामा र उपत्यका बाहिर पनि कृषि फार्म सञ्चालनमा छन् । प्रेम लामाले विदेशबाट फर्किआएका केही व्यक्तिलाई आफ्नो फार्ममा रोजगार दिनुभएको छ । विदेशबाट फर्किएकाले स्वदेशनै ठीक भन्ने जमात बढ्दै गएको उहाँले सुनाउनुभयो । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार कामको खोजीमा विदेश जाने युवा वार्षिक १३ देखि १५ लाखसम्म छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अनुसार वार्षिक ४२ लाख मानिस नेपाली श्रम बजारमा आउने उल्लेख छ ।

हाल विश्वका १८ मुलुकमा ४० लाखभन्दा बढी नेपालीले काम गर्दै आएको र उनीहरूबाट यस वर्ष पाँच खर्ब विप्रेषण नेपाललाई प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । व्यावसायिक सुन्तला, मह उत्पादन, बाख्रापालन र तरकारीखेती गर्दै आउनुभएका केदार बुढाथोकीको फार्ममा छोराछोरीले रेखदेख गर्न मान्दैनन् । उनीहरू घर छोडेर विदेश जान रुचाउने गरेको उहाँको गुनासो रहेको छ ।

साँगा नासिका गाविसमा अवस्थित उहाँको फार्ममा मात्र होइन, अधिकांश युवा बाबुबाजेले गरेको पेसालाई परम्परागत भन्ने, घृणा गर्ने र गरिआएको पेसालाई सेवा टेवासमेत नदिने चालचलनका कारण वाक्कदिक्क छन् बाबुआमा । लक्ष्मी शर्मा युवा एकैचोटी धनी हुन चाहेको बताउनुहुन्छ । उद्योग वा फार्म सञ्चालन गर्न लगानीकर्ताले धेरै दुःख तथा लगानी गर्नुपर्छ भन्ने बुझ्दैनन् ।

समाजमा देखासिकी गर्ने र मेहनत नगर्ने बानी भएकाले उनीहरूले बिदेसिनु नै विकल्प बनाएको र पछि पछुताएर नेपाल फर्किएका धेरै उदाहरण आफूसँग रहेको उहाँ बताउनुहुन्छ । शर्मा नेपालको पहिलो महिला टेम्पु चालक हुनुहुन्छ । टेम्मु चालक पहिले विदेशीका घरमा १२ वर्ष श्रम गरेकी लक्ष्मीको हाल करोडौँको लगानीमा लक्ष्मी उड क्राफ्ट उद्योग सञ्चालनमा छ । उहाँको उद्योगमा अहिले ४०० मानिसले रोजगारी पाएका छन् । उहाँको उद्योगले मरेका जनावरको हाड सङ्कलन गरी टाँक बनाउने काम गर्दछ ।

उक्त टाँक विश्वका दर्जनाँै मुलुकमा निर्यात हुने गरेको बताइन्छ । उद्योग सञ्चालन गर्न पैसाको खाँचो पर्दैन । सीप देखाई न्यून ब्याजदर बिना धितो रकम लगी उद्योग चलाउन सकिने अवसर अहिले भएको बताउनुहुन्छ उद्योग मन्त्रालयका वरिष्ठ अधिकृत महेश्वर न्यौपाने । न्यौपाने विदेश जानु पहिले एकपटक सोचौँ र नेपालमै केही गर्ने आँट गरौँ भन्ने सल्लाह युवालाई दिनुहुन्छ ।

काम गर्ने इच्छा शक्ति भयो भने सम्पत्ति आर्जन गर्नका लागि भने विदेश नै ताक्न नपर्ने उहाँको बुझाइ छ । महिलाका नाममा दर्ता भएका उद्योगका लागि सरकारले रु पाँच लाखसम्म बिनाधितो तीन वर्षका लागि बिनाब्याज रकम दिने नीति ल्याएको छ । पत्नीसँग मिलेर पतिले सहयोग गर्दा रोजगारका सम्भावना पहिल्याउन सकिने बताउनुहुन्छ महिला उद्यमी शर्मा ।

नेपालमा कृषिको प्रचुर सम्भावना छ । उद्योग मन्त्री महेश बस्नेतका अनुसार कृषिमा उपयुक्त लगानीको अवसर रहेको र छिट्टै बजार चिन्नेले व्यापारमा आफ्नो पहिचान जमाउन सक्ने जिकिर गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिले सीप सिकाँ । त्यसपछि, काम गर्ने इच्छा शक्ति दरिलो बनाऔँ । योजना बनाऔँ । बजार बुझाँ र कार्यान्वयन गर्न लागाँ पैसाले कोही पछि पर्दैन ।”