आयल निगमले भन्यो, ग्यास मुल्य यथावत छ,सहज उपलब्ध हुन्छ,
30 पटक पढिएको

काठमाण्डौं,२० फागुन २०८१ । नेपाल आयल निगमले ग्यासको मुल्य यथावत रहेको बताएको छ ।
मंगलबार नेपाल एलपी ग्यास उद्योग संघसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउदै ग्यास उद्योगहरुबाट अब ग्यास सहज उपलब्ध हुने बताएको हो । सती निगमले ग्यासको मुल्य यथावत रहने बताएको छ ।
आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको थियो । तर निगमले भने ग्यासको मुल्य यथावत रहने स्पष्ट गरेको छ ।