पैसा बोक्ने रोप–वे

977 पटक पढिएको

सम्पादक: Dhading News

भुम्लीचोक (गोरखा)- देवीस्थान सहकारी संस्थाका कर्मचारी तुलबहादुर राना रोपवेमा प्लास्टिकले पैसा कस्दै थिए। सँगैको कागजमा लेखिएको थियो, ‘अघिल्लो लटको बोडीको १२ सय २० रुपैयाँ पठाएको छु।’
त्यसको दसै मिनेटमा किसानको हातमा पैसा पुग्यो। भुम्लीचोक गाविसका किसानलाई अहिले हाइसन्चो छ। न तरकारी बोक्नुपरोस् न त त्यसलाई बेच्न कुनै झन्झट। भुम्लीचोक–८ र ९ का २ सयभन्दा बढी किसान रोपवेमार्फत तरकारी बजार पठाउँछन्। त्यसको दसै मिनेटमा सोही रोपवेमार्फत भुक्तानी पनि पाइहाल्छन् नागरिक न्यूज डट कमले खबर लेखेको छ । ab9beb9c97aaaeddf68f81fd1292101c_Lले खबर लेखेको छ ।

पृथ्वी राजमार्गबाट नजिक रहे पनि अहिलेसम्म सडकले नछोएको भुम्लीचोकका यी किसान वर्षैभरि तरकारी खेती गर्छन्। यी दुई वडाले मात्र वार्षिक १० करोडभन्दा बढी तरकारी बेच्ने त्यहाँ सञ्चालित कृषि सहकारी संस्थाको आम्दानीले देखाउँछ। पाँच वर्षअघिसम्म तरकारी खेतीमा यस्तो आकर्षण थिएन यहाँ। कारण थियो– बजार पुर्याचउनै अप्ठ्यारो। ‘३ घन्टा बोकेर चितवनको फिस्लिङ पुर्याहउनुपर्थ्यो,’ किसान काजी विकले भने, ‘अहिले १० मिनेटमा तरकारी बजार पुग्छ, आधा घन्टा नबित्दै पैसा हात पर्छ।’ उनका अनुसार पहिले ढुवानी खर्च प्रतिकिलो चार रुपैयाँ लाग्थ्यो, अहिले ७५ पैसा मात्रै। पहिले सिजनमा तीन–चार क्विन्टल गोलभेडा उत्पादन गर्ने विक अहिले एकै खेपमा १५ क्विन्टलसम्म बिक्री गर्छन्। भन्छन्, ‘बजारसम्म तरकारी बेक्दाको समय अहिले उत्पादनमा लगाउन पाइएको छ, रोपवे बनेपछि उत्पादन दोब्बर छ।’

स्थानीयले भैरवी कृषि सहकारी गठन गरेर रोपवे चलाएका छन्। वडा नम्बर ८ मा चेपाङको बसोबास छ। चेपाङको छुट्टै जलदेवी चेपाङ कृषि सहकारी छ। यी सहकारीले चेपाङले उत्पादन गरेका तरकारी बजार पुर्याैउँछन्। सहकारी सदस्य भीमलाल चेपाङ भन्छन्, ‘यहाँका सबैजसो चेपाङले तरकारी बेचेर राम्रो कमाइ गरेका छन्।’ तर, जमिन कम भएकाले वर्षभरिलाई पुग्ने गरी तरकारी गर्न नसकिएको उनी बताउँछन्। अहिले यहाँका ५० भन्दा बढी घरधुरीका चेपाङले तरकारी खेती गर्छन्।

२०६७ सालमा प्राक्टिकल एक्सन र सिकोडर नेपाल नामक संस्थाले रोपवे बनाइदिएपछि किसानलाई सजिलो भएको भैरवी कृषि सहकारीका अध्यक्ष तुलबहादुर गुरुङ बताउँछन्। अहिले भुम्लीचोकको ८ र धादिङको जोगिमारा जोड्ने गरी ६ सय १० मिटर लामो रोपवे सञ्चालनमा छ। त्यस्तै, भुम्लीचोक ९ र चितवनको फिस्लिङ जोड्ने गरी १६ सय मिटर लामो रोपवे बनाइएको छ। रोपवेको काम नै हरेक दिन तरकारी ओसारपसार गर्नु र बजारबाट किसानलाई चाहिने मल, बिउ सँगै तरकारीको पैसा पठाउनु हो। एकपटकमा एक क्विन्टलसम्म ओसार्छ। रोपवे बिहान ७ देखि दिउँसो ३ बजेसम्म नियमित चल्छ । सिजनको समय भदौदेखि फागुनसम्म भने बिहान ६ देखि साँझ ९ बजेसम्मै चलाइन्छ। यहाँ उत्पादित बोडी, गोलभेडा, लौका, घिरौला, साग, सिमीलगायत तरकारी नारायणगढ, दमौली, गोरखा, काठमाडौंलगायत बजारमा बिक्री हुन्छन्। बजारमा चलेको भाउअनुसार सहकारीले होलसेल व्यापारीसँग सम्पर्क गरेर तरकारी खरिदबिक्री गर्छ।

रोपवे नहुँदा एक दिनमा एक क्विन्टल तरकारी बजार पुर्याहउन गाह्रो परेको सम्झँदै किसान राम श्रेष्ठ भन्छन्, ‘मैले अहिले दिनमा ७ क्विन्टल बोडी बेचेको छु। पहिले आफैं ग्राहक खोज्नुपर्थ्यो, बजारसम्म पुग्नै झन्झट थियो। अहिले सबै काम रोपवेले गरिदिन्छ।’ रोपवेको व्यवस्थापनका लागि किसानबाट प्रतिकिलो ७५ पैसाका दरले शुल्क उठाउने गरिन्छ।