बाबुबाट बलात्कृत छोरीको न्यायको लागि बकपत्र

835 पटक पढिएको

सम्पादक: Dhading News

bakpatraमाननिय न्यायमुर्ति ज्यू !  म एउटा गरिव परिवारमा जन्मिएको १५ वर्षिया नेपाली छोरी हुँ । मैले हजुरलाई यो पत्र लेख्न हुन्थ्यो वा हुँदैन्थ्यो मलाई थाहा छैन् । तर मैले म र म जस्तै अन्यायमा परेकाहरुले सहज न्याय प्राप्त गर्न सकौं । अन्यायविरुद्ध जोखिम मोलेर थालेको संघर्षले उपलब्धि पाओस र समाजका आम बालिकहरुका लागि एउटा नजिर बनोस भनेर यो पत्र लेख्ने साहस गरेको हुँ । कृपया म बाट कुनै पनि प्रकारको गल्ति भए माफी चाहन्छु । मेरो नाम परिवर्तित नाम (मोरङ– १) हो । मेरो घर जनकपुर अञ्चल रामेछाप जिल्ला सालु गा.वि.स. वडा नं.–५ मा पर्दछ । मेरो परिवारको हैसियत भनेको अत्यन्तै नाजुक थियो । जग्गा जमिन पनि थिएन । बुवाले गाडीमा काम गरी कमाएको थोरै आम्दानीले हाम्रो दैनिकी कष्टपूर्वक चल्थ्यो । परिवारको सदस्य संख्या पनि ठूलो भएकोले घरको भान्सा चलाउन अत्यन्तै कठिन थियो । परिवारमा जम्मा–९ जना सदस्य थियौं ।   जसमा हजुरबा, हजुरआमा, आमा, बुवा, दुईटा दाजु, एक जना भाई र एक जना दिदी र म गरी नौ जना थियौं । परिवार अशिक्षित भएकै कारण होला हामी वर्षेनी जन्मिएका थियौं । वर्षेनी बच्चा जन्माएको कारण होला मेरी आमा बिमारले थला पर्नुभयो र सानैमा बित्नुभयो । आमाको निधन भएको ६ महिना बित्न नपाउँदै बुवाको नजिकैको अर्काे गाउँबाट धुमधामसँग विवाह गरेर सौतेली आमा घरमा भित्र्याउनुभयो । भनिन्छ ‘आमा मरे टुहुरो वाउ मरे गोरो’ ।   परिबन्दमा परेपछि जस्तो पनि सहनैपर्ने । सौतेनी आमाले हामीलाई रातदिन टोकेसो गर्ने, खान नदिने, रातदिन झर्काे गर्ने, खाना पकाएर एक्लै खाने, झट्केला छोराछोरी भनि अपमान अपहेलाना एवं तिरस्कार सहँदै हुर्कन थाल्यौ । आमा बिते लगत्तै हजुरआमाको पनि असमायिक दुःखद निधन भयो । फेरि दाजु अनि हजुरबुवाको पनि निधन भयो । हामी अब एकदमै असाहय भयौ । हजुरआमा बित्नुभएको ४५ दिनपछि मलाई मेरी सानीमा (आमाको बहिनी) शावित्री शर्माले छोरी बनाएर पाल्छु र पढाउँछु भन्दै विराटनगर ल्याउनुभो । सानोबुवा गोपाल शर्माले पनि मलाई आफ्नो छोरी भनि स्विकार गरी बुवा गोपाल शर्मा र आमा शावित्री शर्माको कोखबाट २०५५–१०–१३ मा विराटनगर हाटखोलामा जन्मिएको छोरी भनि वडा नगरपालिकाबाट जन्मदर्ता गराईदिनुभयो ।   म आमा र हजुरआमा सानैमा गुमाएकी र बाबुको माया पनि नपाएकी टुहुरी बालिका एकदमै खुसी भएँ । समय बित्दै गए । तर उहाँहरुले मलाई भन्नका लागि धर्म छोरी भन्नुहुन्थ्यो । तर व्यवहार भने घरेलु कामदार सरहको व्यवहार गर्नुहुन्थ्यो । तर पनि म खुसी नै थिएँ । किनकी जीबनमा मैले पढ्नु थियो । समाजका लागि केही गर्नुथियो । यस्तै त हो नी भनेर म चित्त बुझाउँथे । म घरको काम गरेर भएपनि बिराटनगरकै सरकारी स्कुल बालिका विद्यालयमा पढ्थे । तर सानीमा र सानुबाले आफ्नो छोरा पंकजलाई चाँही विराटनगरकै सुविधा सम्पन्न महंगो निजि विद्यालयमा पढाउनु भएको थियो । मेरो पनि राम्रो विद्यालयमा पढेर पछि गएर राम्रो ‘नर्स’ बनेर जन्मभूमी नेपालमै वसी नेपाली सम्मानिय आमा–बुवा दाजुभाई तथा दिदीबहिनीहरुको निरन्तर सेवामा समर्पित हुने ठूलो इच्छा थियो ।   तर घरमा पढ्ने कुनै पनि प्रकारको वातावरण मलाई शावित्री शर्मा तथा गोपाल शर्माले दिनुभएन । गोपाल शर्मा टे«ड यूनियन कांग्रेस मोरङ जिल्ला अध्यक्ष र शावित्री शर्मा शिक्षिका भएपनि मलाई जहिले पनि मजदुरको छोराछोरी सो–सरहको व्यवहार गर्नुहुन्थ्यो । गोपाल शर्माको छोराले पनि मलाई दिनहुँ कुट–पिट गरिनैरहन्थे । म भाईले त हो नी भनेर सबै कुरा सहेर बस्थे ।   सबै अभिभावक गुमाएकी मैले धर्म छोरी हुन पाउँदा आमा बुवाको माया, ममता, स्नेह पाउँछु होला भन्ने आश राख्थे तर त्यो मैले कस्तो हुन्छ भोग्न पाईन । घरेलु कामदार भएर साँझ बिहान घर धन्दा गर्नु र गाली सहनु मेरो दैनिकी थियो । यतिकैमा दिनहरु वित्दै गएर समयले नेटो काट्दै गयो म पनि विस्तारै हुर्कदै, बढ्दै गएँ । अध्यनको समय पर्याप्त नहुने र मेरो पढाईबारे चसो पनि नराखिदिने भएकोले मेरो पढाई अलि कमजोर बन्न पुग्यो । फलस्वरुप म एकचोटी एस.एल.सी. परीक्षामा अनुत्तिर्ण भए । तर एक पटक फेल भएर के भो त अर्को चोटी पास गर्न सकिहाल्नछु नि भनेर म ढुक्क थिएँ ।   विगतमा एक वर्ष देखि मेरो जीवनमा ठूलो आँधी आयो पानी पर्न लागेको कालो बादल आकासमा मडराए जस्तो गरी मलाई धर्मछोरी बनाउने बाबुले नै बलात्कार गरेपछि मेरो जीन्दगी अन्धकारमय हुन पुग्यो । धर्म दाजु पंकजले +२ पास गरी इन्जिनियर अध्ययन गर्ने शिलशिलामा घरबाट बाहिरिएपछि दिउँसो म घरमा एक्लै भएको अबस्था पारेर धर्मबाुब गोपाल शर्माले मलाई पटक पटक बलात्कार गर्नुभयो । म १५ बर्षिकी बालिकाले चाहेर पनि शसक्त्त प्रतिकार गर्न सकिन ।   उहाँले कसैलाई भनेमा मारिदिन्छु । जीबन बर्बाद पारिदिन्छु । म पावरवाला मान्छे हुँ । कस्ता कस्तालाई त ठिक पारेको छु भनेर मलाई डर देखाउनुहुन्थ्यो । हुन पनि मेरो राक्षसरुपी धर्मबुवा गोपाल शर्मा (ट्रेड यूनियन कांग्रेस मोरङ जिल्ला अध्यक्ष) हुनुहुन्थ्यो । पार्टीमा उहाँको राम्रो पहुँच थियो । भारतको असामबाट आएर छोटो समयमै राम्रो कमाई गरेर बिराटनगर हाटखोलामा सुबिधा सम्पन्न घर बनाउन भ्याउनुभएको थियो ।   उहाँले मलाई अश्लिल चित्र देखाएर सोही अनुसार सहवास गर्न लगाउने , मुख मैथुन गर्न लागाउने गर्न थाल्नुभयो । नमान्दा बिभिन्न डरत्रास देखाई गाली गर्नुहुन्थ्यो । मेरो मोबाईल पनि खोसेर राख्नुहुन्थ्यो । घरको फोन पनि चाबी लगाएर आफनो कोठामा राख्नुहुन्थ्यो । खवरदार कसैलाई भनिस भने तेरो जिबन बर्बाद हुन्छ म त एक दुई महिना जेलै परेपनि निस्किहाल्छु प्रधानमन्त्रीसम्मको पहुँच भएको मान्छे म हुँ भनेर डर देखाउनुहुन्थयो । तर अतिबाट अत्यचार भने जस्तो आफनै धर्मबुवाले आफ्नो श्रीमतीलाई भन्दा पनि नराम्रो व्यवहार गर्न थालेपछि सो–सरहको व्यवहार गर्न थालेपछि मैले मेरा ३ जना साथीलाई घटना सुनाएँ र कसरी जोगिन सकिन्छ भनेर उपाय मागे । त्यसपछि काठमाडौंमा मजदुरी गेरेर पढिरहनुभएका सानु दाजुलाई सबैकुराको जानकारी गराएँ । त्यसपछि दाजु र मामा आएर मलाई केहीदिन पछि उद्दार गरी मामाघर लिएर जानु भयो । अनि मैले सबै घटना खुलाएर २०७१ साल भदौ ३१ गते जि.प्र.का. मोरङमा आफु बाबुबाट बलात्कृत भएकोले न्याय पाउँ भनि जाहिरी दरखास्त दिएँ । जाहेरी दर्ता गरेपछि ,गोपाल शर्मा, निजको श्रीमती शावित्री शर्मा, छोरा पंकज शर्मा, नेपाल बैंकको कर्मचारी एवं ट्रेड यूनियन कांग्रेस मोरङ जिल्ला उपाध्यक्ष शुशिल कोईराला र आफन्तहरु लगायतका कांग्रेस पार्टीका पार्टी सदस्यहरुले पहिले उनिहरुले घटना सार्बजनिक नगर्न भन्दै दुई लाख रुपैया दिन्छौं भनेर प्रलोभन देखाए । हामीले अत्याचारको बदला पैसा हैन न्याय खोजेका हौ भनेपछि हामी सबैजनालाई उनिहरुले ज्यान मार्ने, कहिँ कतै बस्न नदिने हाम्रो सन्तान सखाप पर्ने भनि विभिन्न प्रकारका धम्किहरु दिन थाले ।   त्यसपछि म अहिलेसम्म बिराटनगर स्थित माईती नेपालको संरक्षणमा छु । मेरो पढाई डामाडोल छ । अव आफ्नो भन्ने घर पनि छैन । मेरो मुद्दा माइती नेपालकै सहयोगमा अदालतमा बिचाराधिन छ । प्रहरीमा जाहेरी परेपनि पहुँच भएकै कारण दशै बेलासम्म अथित धर्मबाबु यौन दुराचारी गोपाल शर्मा खुल्ला घुमिरहनुभएको थियो । प्रहरीले पक्राउ गर्न चाहेको थिएन । मेरो समस्याकाबारेमा २०७१ असोजदेखी निरन्तर रुपमा संचारमाध्यमहरुले पनि उजार गदै आएका छन । सभासदहरुले सदनमा आवाज पनि उठाईदिनुभयो । प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, महिला तथा बालबालिका मन्त्रालय, मन्त्रि परिषद्को कार्यालय, प्रधानमन्त्री कार्यालय लैङगीक हिंसा इकाई, संसद अन्तर्गतको महिला तथा बालबालिका उपसमिति, केन्द्रिय बालकल्याण समिति नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय महिला तथा बालबालिका सेवा निर्देशनालयमा ध्यानाकर्षण पत्र बुझाई सकेको छु विराटनगरमा पनि माइती विभिन्न संघ संस्थाहरुबाट जिल्ला प्रहरी ,प्रशासन र दलका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने कार्य भयो ।   चौतर्फी दवाव परेपछि प्रहरीले फारार अभियुक्त्त गोपाल शर्माको खोजी तीब्र बनायो । उहाँ भारतको असम राज्यमा गएर लुकेर बस्नु भएको रहेछ । प्रहरी त्यहाँ पुगेको थाहा पाएपछि अब भाग्नु भन्दा कानुनी जालझेल गरेरै छुटने योजना सहित उहाँ २०७१ साल मसिंर ११ गते अदालतमा आफै हाजिर हुनुभयो । ११ र १२ गते निरन्तर रुपमा ईजलासमा वहस भएपछि १२ गतेबाट उहाँ पुर्व पक्षका लागि कारागारमा हुनुहुन्छ । यही माघ १२ गते अदालतमा मुद्दाको पेशी छ ।   धुर्त कानुन व्यवसायीहरुले शर्मालाई बिभिन्न योजना बनाएर नछुटाउनलान भन्न पनि सकिन्न । यसैले मेरो बिन्ती छ । कष्टको अर्थ सार्थक बनाउन यस्ता दुष्ट बाबुहरुले सजाय पाउनै पर्छ । माननिय न्यायमुर्ति ज्यू, म आज अभिभावक विहिन भएको छु म अहिले न त कँही जान नै सक्दछु न त कहिं गर्न नै सक्छु, मेरो अध्ययन पनि रोकाएर बसेको छु, नत समाउने लाठी नै छ न त टेक्ने हाँगो । म ड्राइभर विनाको गाडी जस्तो भएको छु । त्यसै कारण आज मैले यस सिङगो नेपाललाई आफ्नो घर मानेकी छु र नेपाल सरकारलाई नै अभिभावक मानेकी छु । र त्यही अभिभावकहरु मध्ये सन्बन्धित क्षेत्रको न्यायदाताले अन्यायमा परेका व्यक्तिहरुलाई पक्कै अन्याय गर्नुहुने छैन भन्ने बिश्वास लिएकी छु ।   अत माननिय न्याय मुर्ति ज्यू !छोरी जस्तो पवित्र सम्बन्ध दिएर बाबु गोपाल शर्माले मलाई गरेको कर्तुतले आमा बुवाहरुको शिर निहुराएको मात्र हैन राजनीतिक आवरणमा गरेको उनका अपराधको जुनसुकै प्रकारको सजाय पनि कम हुन सक्छ । मैले न्याय नपाएमा मेरो भविश्यमाथि मात्र हैन सिँगो देशका बालिकाहरुमाथि अन्याय हुने छ । हामी छि ! छि !! गर्ने समाजको गाली बेइजतीका साथसाथै विभिन्न प्रकारबाट हेपिने छौ ।   अपराधी , दुराचारी र यौन पिपासुहरु समाजमा प्रेत बनेर झन झन मौलाउने छन । र हामी जस्ता निरिह बालिकाहरुले आफनै बाबु , काका , मामा , भन्नेहरुबाट निरन्तर बलात्कार भैरहनुपर्ने छ । समाजबाट नैतिकता र शिष्टता भन्ने हराएर जाने छ । अनि मानिश मानिश मानिश हैन पशु समान हुने छ । मानव सम्यता माथिक ठूलो कलंक लाग्ने छ । म र मजस्ता बालिबाहरुले नचाहेर पनि मानसिक रोगी बन्न बाध्य हुनुपर्ने छ ।   अर्कोतिर आफनै बालक धर्मछोरीलाई बलात्कार गर्ने यौनपिपासु बाबुले पनि सजाय नपाउने हो भने यो समाजमा अपराध झन मौलाउने छ । दण्डहिनता बढेर जाने छ । अरु धेरै छोरी चेलीहरु बलात्कृत हुनेछन । उनिहरुको जीवन बर्वाद हुने छ । मैले बुझेको छु , संघर्ष गर्दा ईज्जत जाँदैन । अव नारीहरुले लुकेर हैन खुलेर अन्याय बिरुद्ध संघर्ष गर्नुपर्छ । संघर्षमा जित हासिल गर्न सकियो भने समाजले दिएको पिडा पनि हर्षमा बदल्न सकिन्छ । यदी गोपाल शर्मालाई अदालतले सजया गरयो भने म र मेरादाजुले गरेको संघर्ष सफल हुन्छ र हामी समाजमा खुलेर जीवन यापन गर्न सक्ने छौ । यसैले न्यायमुर्ति ज्यू !लाई मेरो बिन्ती यो वा त्यो वहानामा छोरी समेत नभन्ने यौन पिपासुले कानुनबाट उन्मुक्त्ति नपावोस कडा भन्दा कडा कानुनी सजाय होस ।