मानवअधिकार एलाइन्स धादिङको चौथो जिल्ला अधिबेशन सम्पन्न
123 पटक पढिएको

धादिङ,२८ पुस २०८१ । मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) धादिङको चौथो जिल्ला अधिबेशन पुस २७ गते शनिवार धादिङबेसीमा सम्पन्न भएको छ ।
अधिवेशनले गिता खनालको अध्यक्षतामा ९सदस्यिय जिल्ला कार्य समितिको चयन गरेको छ । जस्को उपाध्यक्षमा धर्मराज सिलवाल र बिमला गिरी, सचिवमा जिवन सिलवाल, कोषाध्यक्षमा कविता यस्माली मगर र सदस्यहरुमा नवराध धिताल, रञ्जीता रेग्मी, विश्व प्रजा, र अच्युत खतिवडालाई निर्वाचित गरेको छ ।