राजनीतिक नेताहरुको रोचक लभ स्टोरी, को कस्को चलेको थियो चक्कर ?

1716 पटक पढिएको

सम्पादक: Dhading News

jhalanathainthenameofgodआज भ्यालेन्टाइस् डे, अर्थात् प्रेम दिवस । विश्वभरि नै ठिटा ठिटी आफ्ना प्रेमी प्रेमीकासँग आज डेटीङ जान्छन्, गुलाफ साटासाट गर्छन् । सन्त भ्यालेन्टाइनको सम्झनामा मनाइने प्रणय दिवसको यो वासन्ती माहौलमा यसपटक रातोपाटीले मुलुकका राजनीतिक नेताहरुको प्रेम र विवाहका प्रसँग खोतल्ने जमर्को ग¥यो । यसक्रममा कम्युनिष्ट नेताहरुले भूमिगत कालमा अन्र्तजातीय प्रेम विवाह गरेको पाइयो भने कतिपय नेताले भगाएर विवाह गरेको पनि पाइयो । अनी कसै कसैले परम्परागत विवाहपछि पत्नीसँग प्रेम गरेको पाइयो । प्रस्तुत छ, केही नेता र चर्चित व्यक्तित्वको प्रेम र विवाहका प्रसँगहरुको चियो चर्चो :

रामवरण–जुलेखाको डबल विवाह

Rambaran_Yadav_20120708082034गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले जिवनमा दुई पटक विवाह गरेको देखिन्छ । यसको अर्थ उनले बहु विवाह गरेका भने हैनन् । उनको पालमा विवाहका लागि केटी हेर्ने तरीका अदभुत थियो । केटा केटीवीच आमने सामने हुदैनथ्यो । फोटो हेर्ने चलन पनि थिएन । एउटा लामो बाँसको लौरो लिएर लमी (वर्तुहार) केटीको घरमा पुग्थे । बाँसको लौरोले केटीको उचाई नापीन्थ्यो । केटासँग केटीको उचाई मिलेमा विवाह पक्का, नमीले क्यान्सील । अर्कोतीर स्टाटस पनि हेरिन्थ्यो । कति जग्गा जमीन छ, कति हल गोरु, पोखरी छ, कस्तो परिवार छ, त्यो हेरिन्थ्यो । राष्ट्रपती यादवले पनि जुलेखादेवी यादव नाम गरेकी कन्यासँग बाँसको लौरोले उचाई नापेर परम्परागत विवाह गरेका हुन् ।

त्यसबेला एउटै दम्पतीको दुईपटक विवाह हुन्थ्यो । रामवरणले पनि जुलेखासँग १३ वर्षको उमेरमा पहिलो र १८ वर्षको उमेरमा दोश्रो पटक विवाह गरे । रामवरण र जुलेखा दम्पतीको प्रेम बाटीकामा तीन सन्तान भए । जेठा छोरा डा. चन्द्रमोहन यादव, कान्छा छोरा इन्जीनियर चन्द्रशेखर यादव र छोरी अनिता यादव ।

परमानन्द–नबिनाको जम्यो जोडी

paramanda

उपराष्ट्रपति परमानन्द झाले सत्र वर्षको उमेरमा नविना झासँग विवाह गरेका रहेछन् । विलकुल एरेन्ज म्यारिज । त्यसबेला केटा र केटीबीच हेराहेर गर्ने चलन थिएन । परिवारले नै केटी हेरेछन् । विवाहको कुरो छिन्े । परमानन्दले त विवाहकै दिन नबिनालाई देखेका रहेछन् । उनको विवाह हुँदा समाज अर्कै थियो । केटी र परिवार ठिक छ की छैन भनेर परिवारले नै हेर्थे । विवाहपछि नबिनाले हरेक सुख दुखमा आफुलाई साथ दिएको झाको अनुभव छ । ‘मेरो कुनै पनि काममा श्रीमतीले मलाई असहयोग गरीनन्, सहयोग नै गरीन् । त्यही नै उनको सबैभन्दा ठूलो गुण हो ।’, परमानन्द भन्छन् । घर व्यवहारमा कहिलेकाँही ठाकठुक पर्ने गरेको बताउँदै झा भन्छन्, ‘तर, हामीबीच कटुता कहिल्यै भएन । परिवारबाट सन्तुष्ट छु । जीवनलाई सफल ठानेको छु ।’

मैथीली परम्परा अनुसार परिवारको सहमतीमा विवाह गरेका उपराष्ट्रपती अहिलेको नयाँ पुस्तालाई के सन्देश दिन्छन् त ? ‘अब हेर्नुस, समय बदलीसकेको छ । नयाँ भाइ बहिनीहरुले जे कुरामा आफनो इच्छा लाग्छ, त्यही गर्नुपर्छ,’, उनी भन्छन् । विवाहअघि कुनै स्त्रीसँग प्रेम सम्बन्ध नरहे पनि उनलाई प्रेमको अनुभूती भने छ । ‘प्रेमको सुन्दर पक्ष भनेको आफनो मन मिल्नु हो । कसैले कसैको मनलाई आराम दिन् नै प्रेम हो । अहिले त म सबैभन्दा बढी परिवारलाई प्रेम गर्छु । त्यसपछि आफनो समाजलाई प्रेम गर्छु । अनी देशलाई प्रेम गर्छु ।’, उनी भन्छन्् । उपराष्ट्रपती झा सेक्सका बारेमा पनी स्पष्ट छन्। ‘सनातन कालदेखि नै सेक्सको महिमा रहँदै आएको छ । अन्यथा संसार कसरी चल्न सक्छ र ? अहिले ससारमा मानीसको जुन ६ अर्बको आवादी(जनसंख्या) छ, यो कुनै सुई लगाएर भएको हैन, त्यो त सेक्सकै परिणाम त हो नी ।’, उनी थप्छन्, ‘सेक्स सनातनदेखी भईआएको क्रिया हो, जसबाट यो संसार चलीरहेको छ । भविश्यमा पनि चलीरहन्छ । अन्यथा संसार चल्दैन । नयाँ प्रविधिमा गएर टेष्टटयूब बेबी जन्माउने हो भने बेग्लै कुरा, हैन भने संसारमा सेक्स अपरिहार्य छ ।’

झलनाथ–रवीलक्ष्मी : भूमिगत प्रेम

jhalanathainthenameofgod

२०३९ सालको जाडो याम । बेलुकी पख एउटा भूमिगत सेल्टरमा झलनाथ खनालको विवाह भयो, रविलक्ष्मी चित्रकारसँग । काठमाडौंमा कार्यकर्ता भेलाका दौरान खनालले रविलक्ष्मीलाई देखेका रहेछन् । मनमनै मन पनि पराएका रहेछन् । अनी उनले नै पहिलो प्रस्ताव राखेका रहेछन् । प्रस्ताव राखेको केही समयपछि बल्ल रवीलक्ष्मीबाट स्वीकार भएको रहेछ । दुवैको मायाको चिनो स्वरुप जन्मिएका छोरा निर्भिक खनाल चित्रकार अहिले अमेरिकामा पढिरहेका छन् । श्रीमती रवीलक्ष्मीसँग कहिलेकाँही झोकाझोकी चले पनि आम रुपमा सम्बन्धमा आत्मीयता र प्रेम रहेको उनी बताउँछन् । ‘मेरो सफलता र प्रगतिमा रवीलक्ष्मीको पनि ठूलो योगदान छ,’, उनी भन्छन् ।

प्रेम र विवाहबारे अहिलेको पुस्ता निकै संवेदनशील हुनुपर्ने खनालकोे सुझाव छ । ‘अहिले हाम्रो समाज संक्रमण अवस्थामा छ । कतिपय मानिस मागी विवाह गर्छन्, कसैले प्रेम विवाह गर्छन् भने कोही अविवाहीत नै रहन रुचाउँछन् । समाजको आर्थिक, सामाजिक विकासले पनि वैवाहीक संबन्धका रुपलाई प्रभावित गर्दैछ,’ उनी भन्छन् । प्रेम के हो ? यसबारे उनको विश्लेषण छ, ‘प्रेम एउटा प्राकृतिक नियम हो । मानिस दुईवटा खेमामा विभाजीत भएर जन्मीएको हुन्छ । एउटा महिला र अर्को पुरुष । आपसी सम्बन्ध बिना उनीहरुको जीवन चल्दैन,’ ‘सेक्स के हो कमरेड ?’ भन्ने प्रश्नमा खनाल भन्छन्, ‘सेक्स पनि प्रेमकै अंग हो । सेक्स आवश्यक छ । सेक्स बिना मानिसको प्रगति हुदैन । तर सेक्सको दुरुपयोग र गलत व्याख्या गर्नुहुदैन ।’

गोरखपुरमा बामदेव–तुलसाको इलुइलु

saarc (18)

‘मनपराउने हजार भेटीन्छन्, जुनी काट्ने एउटै हुन्छ’ भने झैं, बामदेवले पनि दुई जना कन्यालाई निकै मनपराएका रहेछन् । एउटीसँग विवाहको प्रस्ताव राखे, अस्वीकार गरियो । अर्कीसँग राखे, अर्कीले पनि मानिनन् । २०३१ सालतीरको कुरो हो । पार्टी कामको दौरानमा उनी गोरखपुर पुगेका थिए । गोरखपुरमा पार्टी सम्पर्क स्थलमा एउटी केटी भेटिइन् । उनीसँग छोटो भेटघाटमै माया बसेछ, गौतमको । ‘म त्यहाँ जाँदा विवाह गर्ने उमेर भइसकेको थियो । उनीसँग भेटघाट भयो । ल गरम तनी विवाह भनियो, गरियो ।’, श्रीमती तुलसासँगको प्रणयका क्षणहरु सम्झदै बामदेवले भने । विवाह निकै भूमिगत स्थलमा भूमिगतै पाराले भएको थियो । विवाहमा रुपन्देहीमा कार्यरत पार्टीका साथीहरु सहभागी थिए । राती वरपर सुरक्षा गार्ड राखेर विवाह भएको थियो । ‘मलाई तुलसीको बोली मन पर्छ । मलाई हरेक स्त्रीको मन पर्ने कुरो पनि बोली नै हो ।’, गौतम भन्छन् ।

गौतमको विचारमा प्रेम भनेको समर्पण हो । ‘प्रेममा जिवन भएन भने त्यो नक्कली कुरा हुन्छ, जिवनमा प्रेम भएन भने त्यो अधुरो हुन्छ । प्रेम नभईकन जिवन नै हुदैन । प्रेमले नै मानिसलाई जिवित राख्छ । त्यसको अभावको त कल्पना नै गर्न सकिन्न ।’, उनले भने । उता, सेक्स प्राकृतिक आवश्यकता भएको उनको ठहर छ । ‘प्रेम, लगाव, समर्पण र समागम भएपछि सेक्समा परिणत हुन्छ । तर, युवाहरुले यस्ता कुराहरुमा विचार पु¥याउनुपर्छ,’, उनले भने । डान्स, बार र मसाजहरुमा खुला सेक्सलाई नियन्त्रण गर्ने गृहमन्त्री अहिले चाँही यसो भन्छन्, ‘संसारमा यस्ता कुराहरु रोक्ने प्रयन्त पनि गरिन्छ, त्यो आई पनि रहन्छ ।’ श्रीमतीवाहेक अरुसँग सेक्स नभएको उनले बताए । ‘हेर्नुस्, म सेक्सको मामलामा खुला मान्छे होइन । जुन मान्छे वाहिर हेर्दा दुरुस्त छ भन्ने हुन्छ, ति मान्छेहरु भित्र भित्र सडेका र विग्रेका पनि छन्् । तर मैले त्यस्तो कहिल्यै गरिन,’, उनले भने ।

मदनले मन पराएका थिए विद्यालाई

madan-bidhya

भूमिगतकालमा नेताहरुले प्रायः पार्टीकै सर्कलभित्र नै विवाह गर्ने चलन थियो । पार्टी सर्कलभन्दा बाहिर विवाह गर्दा खतरा हुन्थ्यो । तात्कालीन मालेका नेता मदन भण्डारीको घरजम भइसकेको थिएन । वरिष्ठ नेता भएकाले मदनको जिवनलाई व्यवस्थीत बनाउन एउटी जिवन साथीको खाँचो थियो । एकदिन मदनको तर्फबाट विवाहका लागि विद्या भण्डारी समक्ष प्रस्ताव पु¥याईयो । विद्याले स्वीकार गरिन् । अनी २०३९ साल साउन २४ गते पार्टीले नै मदन–विद्याको विवाह गरिदियो । विवाह कार्यक्रममा माधव नेपाल, मुकुन्द न्यौपाने, अशोक राई, इश्वर पाखरेललगायतका नेता सहभागी थिए ।

विद्याको विचारमा प्रेम भन्ने कुरा प्राकृतिक हो । ‘प्रेम एउटा यस्तो बन्धन हो, जसले संसारलाई बाँधेर राखेको छ । तर, प्रेमका नाममा मानिसले नाजायज फाईदा लिन्छन्् । प्रेमी र प्रेमीकाबीचको प्रेम पनि आवश्यक हो । जीवन र जगतलाई निरन्तरता दिन प्रेम आवश्यक छ ।’, उनी भन्छीन । अहिले विद्याका दुई छोरीहरु पनि ठुली भैसकेका छन् । जेठी उषाकिरणले जवाहरलाल नेहरु विश्व विद्यालयबाट मास्टर्स डिग्री पुरा गरेकी छिन्् भने निषाकुसुमले एमविविएस पूरा गरेकी छन् ।

किर्तिनिधिले बोधकुमारीलाई विवाहकै दिन देखे

kriti_nidhi_bista[1]

वि सं १९९७ सालतीरको कुरा प¥यो । त्यसबेला अहिलेकोजस्तो आफैले जिवनसाथी रोज्ने चलन कमै थियो । त्यसैले खानदानी परिवारका लक्का जवान किर्तिनिधि बिष्टको विवाह भयो, बा आमाले खोजेकै कन्यासँग । ति कन्या थिईन, नौ वर्षीया बोधकुमारी । किर्तिनिधि त्यसबेला तेह« वर्षका थिए । ‘अब हेर्नस बाबु, आफुले चाहेर, मन पराएर, चिठी लेखेर, आँखा झिम्क्याएर वा सुसेली हालेर केटी फकाएको हैन क्यार । त्यसबेला त्यस्तो चलन नै थिएन’, पूर्व प्रधानमन्त्री बिष्ट आफनो तन्नेरीवय स्मरण गर्छन, ‘बोधकुमारीलाई त मैले विवाहकै दिन देखेको ।’

तीन वटा राजाको पालामा प्रधानमन्त्री बन्न सफल वरिष्ठ राजनीतिज्ञ किर्तिनिधि बिष्टको बिबाह पनि बाजै बजाएर भएको हो । तर अहिलेको जस्तो ब्याण्ड बाजाको चलन थिएन । ‘चार पाँच जना बसेर खै के के बाजा बजाएका थिए,’, बिष्ट भन्छन््, ‘बडो साधारण विवाह थियो ।’ बोधकुमारीमा के विशेषता रहेको पाए त उनले ? भन्छन्््, ‘अहिले महिलाको व्यक्तित्व जसरी उजागर भईरहेको छ, हाम्रो पालामा यस्तो थिएन । त्यसबेला दुलही त एउटी गृहणी र अर्धांगीनी बनेर आउँथिन् । विश्वास, संस्कार र संस्कृतीले बाँधेको गठबन्धन हुन्थ्यो । मागी विवाह नै राम्रो थियो ।’ अहिले भने प्रेम विवाहको बोलबाला भएको उनी बताउँछन्् । ‘हाम्रो जमानामा मागी विवाह उत्तम थियो, अहिलेको जमानामा लभ म्यारीज उत्तम छ । समाज प्रयोगको क्रममा गईरहेको छ । यो परिवर्तन त कहिल्यै रोकिदैन नी’, उनी भन्छन् ।

किर्तिनिधिको विचारमा प्रेम भन्ने कुरा सहबास हो । ‘तपाई र म कुनै एउटा काममा धेरै कालसम्म लाग्यौ भने हामी दुःख सुख, उकालो ओरालो, अनेक कष्ट, पिडाहरु बाँडछौं । त्यही त हो, प्रेम’, बिष्ट भन्छन्, ‘प्रेम भनेको त्यसै आउने कुरा होईन । अब अहिले त कुनै कन्यालाई राम्री देख्यो, अनी उसँग मेरो प्रेम भो भन्यो । त्यसलाई त प्रेम भनीदैन । प्रेम एडभेन्चर हैन ।’ उनको अनुभवमा प्रेम त मिठो खाना हो, त्यसलाई खान जान्नुपर्छ । ‘खान जान्यो भने प्रेमको स्वाद नै बेग्लै हुन्छ’, उनी भन्छन् ।

उनी सेक्स र प्रेमको अर्थ र उपयोगीता अलग अलग भएको बताउँछन्् । ‘अब हेर्नुस सेक्समा सन्तुष्ट नभएर अर्को विवाह गर्ने चलन पनि छ । तर प्रेम भन्ने कुरा छ नी, त्यो त बेग्लै कुरा हो, यसलाई सेक्सँग जोडनै मिल्दैन’, बिष्ट भन्छन्् । तर उनी सेक्सलाई खराब पनि ठान्दैनन् । ‘लौ, सेक्स भन्ने कुरा त अपरिहार्य छ नी । त्यो शरीरको डिमान्ड हो । अब हेर्नुस त, सेक्स नभएको भए अहिले मानव जातीको अस्तीत्व नै समाप्त हुन्थ्यो’, उनी भन्छन्, ‘पहिले पहिलेका योगी ऋषि मुनीहरु पनि विवाह गरेर बस्थे । सेक्स त नेचुरल हो । त्यसलाई सही ठाउँमा प्रयोग गर्नुपर्छ ।’ बढदो उमेरसँगै सेक्स क्रिया पनि घटदै जाने उनको अनुभव छ । ‘अब जति बुढो भयो, त्यति सेक्स कम हुन्छ’, उनी भन्छन्, ‘तर अब यो पनि मानिसको स्टामीना भन्छन्् नी, त्यसमा भर पर्ने कुरो हो क्या ।’

पवित्र प्रेमको पक्षमा लोकेन्द्रबहादुर

Lokendra-bdr-chand-272x232

आफ्नो प्रेम र विवाहका बारेमा पुर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले केही कुरा खुलाएनन् । तर प्रेमका बारेमा दार्शनीक कुरा भने गरे । खप्तड स्वामीको पुस्तक ‘विचार विज्ञान’मा उल्लेखीत ‘सबैलाई मन पराउनुहोस्, कसैको कुभलो नचिताउनुहोस’भन्ने बाक्यबाट प्रभावीत भएकाले आफुले कसैको कुभलो नचिताएको चन्द बताउँछन्् । उनी भगवानप्रति आस्था राख्छन्् । ‘अनुशासीत बन्न पनि मन्दीर जान्छु । सवैको भलो होस भनेर चिताउँछु’, उनी भन्छन् । जव सोधीन्छ, प्रेम के हो ? चन्द भन्छन््, ‘सवैभन्दा ठृुलो कुरा नै प्रेम हो । प्रेम इश्वर हो । सवैलाई प्रेम गर्न सक्नुभयो भने इश्वर प्राप्ती नै त्यही हो । तर मलाई भने त्यो अनुभव छैन ।’ निस्वार्थ प्रेम गर्ने मानीसले मुलुकलाई पनि प्रेम गर्ने चन्दको धारणा छ । ‘जसले कसैलाई प्रेम गर्दैन, उसले देश र जनतालाई पनि प्रेम गर्दैन’, चन्द भन्छन्, ‘म पवित्र प्रेम हुनुपर्छ भन्ने कन्सेप्ट राख्छु । त्यसको आफनै आनन्द छ । प्रेममा सेक्स अर्को पाटो हो । म त प्रेमको पवित्रताको सुगन्ध राम्रो हुन्छ भनेर सोच्ने मानिस हुँ ।’

‘सत्र साल’मै भयो पौडेलको विवाह

ramchandra Pudel

वि.सं २०१७ सालमा गाउँकै कन्या सवितासँग विवाहको कुरो चल्दा रामचन्द्र पौडेल पोखरामा पढ्दै थिए । त्यसै साल राजा महेन्द्रले प्रजातन्त्र मासेका थिए । उनलाई थाहा नै नदिई गाउँमा बा–आमाले विवाहको कुरो छिन्नुभएछ । ‘लौ विवाह छिनियो आईज भन्दै मान्छे लिन आए । नजाउँ पनी भएन । त्यसरी पो मेरो विवाह भएको’, उनी सम्झन्छन््, ‘विवाह त बाजै बजाएर गरेको नी’, मेरो विवाह त हाम्रो गाउँको सबैभन्दा ठुलो विवाह हो । खसी बाख्रा काटेर भोज भत्तेर नै लगाएको ।’ पौडेलको राजनीतिक संघर्ष र जेल यात्राका कारण जिवनका धेरै उर्वर समय सवितासँग बित्न पाएन । तैपनी, श्रीमती सविता घर परिवार हेरेर, व्यवहार धानीदिएर आफुलाई अमुल्य गुन लगाएको र जीवनमा हर घडी साहस दिएको पौडेल बताउँछन् ।

साहित्यका समेत विद्यार्थी पौडेलको अनुभवमा प्रेम मनोविज्ञानको एउटा महत्वपूर्ण पक्ष हो । ‘मानिसको भावना र कुतुहलता नै प्रेमको आधार हो । जुन मानिसलाई भित्रबाट मनपर्छ, हृदयदेखी नै मनपर्छ अथवा जुन कुरा प्रति आकर्षित भइन्छ, त्यो नै प्रेम हो’, पौडेल भन्छन् । त्यसैले उनी ठान्छन्, सेक्स साईकोलोजी मात्र प्रेम हैन । ‘गीत, साहित्य, राजनीति, प्रकृती, शौन्दर्यसँगको प्रेम पनि प्रेम नै हो’, पौडेल भन्छन्, ‘मलाई त पानीको सौन्दर्य मनपर्छ । मेरो गाउँमा एउटा ठुलो डाँडो छ । त्यहाँ हरियो पृष्ठभूमीमा सात वटा सेता छाँगा–छहरा झरेको देखिन्छ । माथि अन्नपुर्ण रेन्जमा सेतै हिमाल । अनी कतै तलाउ निलोपन । आहा…ती सबैले मेरो मन अल्हादीत पार्छन । त्यो पनि त एउटा प्रेम हो ।’ उनको विचारमा सेक्स चाँही भौतिक आवश्यता र मनोवैज्ञानिक पक्ष दुबै हो ।

प्रकाशमानको विहेमा किसुनजी जन्ती

Prakash-Man-Singh

२०४२ सालको सत्याग्रहमा काँग्रेस नेता प्रकाशमान सिंह पक्राउ परे । उनलाई भद्रगोल जेलमा राखीयो । हुन पनि राजनीतिमा लागेकाले उनको जिवन भद्रगोल नै थियो । भद्रगोलबाट रिहा भएपछि भने उनको जिवनको भद्रगोल पनि हटयो । कसरी भने उनले २०४३ सालको फागुनतीर गोरखाकी सिर्जना सिंहसँग मागी विवाह गरे । सिर्जनाकै कारण प्रकाशमानको राजनीति अझ सिर्जनात्मक र व्यस्थित हुन पुग्यो । ‘सिर्जनालाई त मागेरै विवाह गरेको हो । लभ म्यारीज हैन । उनी मलाई ठिक लाग्यो, अनी विवाह गरियो’, प्रकाशमान भन्छन् ।

गोरखाका पृथ्वीनारायण शाहले काठमाडौंमा हमला गरेर आफनो राज्यमा गाभेका थिए । त्यो त फौजी एकता न थियो । तर प्रकाशमान र सिर्जनाको विवाह भने गोरखा र काठमाडौंवीच भावनात्मक र आत्मीक एकता थियो । त्यही भएर होला, प्रकाशनमानको जन्ती जानेहरुको लर्को लामै थियो । गोरखाकी चेली काठमाडौं भित्रयाउन नेपाली काँग्रेसका कृष्णप्राद भट्टराई, गिरिजाप्रसाद कोईराला र शेरबहादुर देउवालगायत सवै नेता जन्त गएका थिए ।

प्रेम भनेको दुवैतर्फको आतमीयता, सह–अस्तीत्व भाव र भावना बुझने प्रकृया भएको प्रकाशमान बताउँछन् । ‘म प्रेममा सबैभन्दा बढी महत्व नैतिकता र विवेकलाई दिन्छु’, प्रकाशमान भन्छन्, ‘प्रेम पत्नी, परिवार, समुदाय, देश र यो समग्र अस्तीत्वलाई गर्नुपर्छ । प्रेम भनेको भाव हो, सवैप्रति प्रेम भाव हुनुपर्छ ।’ तर सेक्सबारेमा भने उनी खुल्दैनन । ‘अव सेक्सको कुरा फिल्म स्टारहरुलाई सोध्ने हो । हामीलाई हैन’, प्रकाशमान भन्छन्, ‘सेक्स बाईलोजीकल निड हो । म चाँही चरीत्रमा जोड दिनैपर्छ, नैतिकतामा जोड दिनुपर्छ भन्ने मानिस हुँ । त्यसैले सेक्सको धेरै चर्चा नगरौं ।’

शेखर र पुनमको राजनीतिक विवाह

drshekharkoiralaशेखर विराटनगरको ठिटो । पुनम पनि विराटनगरकै ठिटी । तर यो जोडीको विवाह भयो, काठमाडौंमा । ‘हाम्रो एरेन्ज म्यारीज हो’,नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईराला सम्झन्छन्, ‘पुनम त गिरीजावावुको मिसेज शुषमाको विद्यार्थी । मेरो मुमाले पनि उनलाई मन पराउने । पुनमको दाजु मेरो क्लास मेट । दुवै परिवारले हाम्रो जोडी मिलाएको ।’ वुबा केशवप्रसाद कोईरालालाई क्यानसर भएकाले शेखर र पुनमको विवाह विराटनगरमै गर्ने भनीयो । तर विपी कोईरालाको जोड रहयो, ‘हैन, यो विवाहलाई राजनीतिक पनि बनाउनुपर्छ । त्यसैले काठमाडौंबाटै गर्नुपर्छ ।’ त्यसैले विराटनगरमा विवाहको सबै तयार भए पनि त्यसलाई त्यसलाई रद्द गरेर काठमाडौमा विवाह भयो ।

काठमाडौंको ज्ञानेश्वरस्थित घरमा विधि विधान र संस्कार अनुसार विवाह गरिए पनी निकै फटाफट सम्पन्न भएको थियो । ‘नौ विहान नौ हामी विवाहका लागि बसेका थियौं, दिउँसो दुई बजे त पुनमलाई भित्रयाईसकेको थिएँ’, शेखर सम्झन्छन्, ‘विपी कोईरालालगायत हामी जम्मा बत्तीस जना जन्ती गएका थियौं । लक्ष्मण बस्नेतले जन्तीको गाडी हाँकेका थिए ।’ पछि विवाह भोजमा भने तिन हजारभन्दा बढी पाहुना सहभागी भएका थिए ।

डा. शेखरको विचारमा प्रेम एक आपसको आत्मीयता नै हो । ‘श्रीमान र श्रीमतीले एक अर्कालाई बुझन सक्यो भने त्यही नै हो प्रेम’, शेखर भन्छन्, ‘एक अर्कालाई जती बुझन सकियो, प्रेम बढदै जान्छ ।’ त्यसैगरी सेक्स पनि मानवको आवश्यकता भएको उनी बताउँछन् । ‘धेरै ब्रम्हचारीहरु सेक्स विना पनि बाँचेका छन्, त्यसैले सेक्स बिना मानिस बाँच्नै सक्दैन भन्नु पनि बेकार कुरा हो’, उनी भन्छन् ।

सुपात्रासँग अचेल पर्दैन, ठाकठुक

news_733769385

यो त्यसबेलाको कुरा हो, जतिबेला काँग्रेस नेता शसांक कोइराला बनारसमा पढिरहेका थिए । उनी विएससी पढीरहेकै बेला एमविविएस गरीरहेकी सुपात्रासँग भेट भयो । उनी विदेशी नारी । ‘हाम्रो कम्युनिटी इन्टरन्यासनल कम्युनिटी । ग्यादरीङ हुन्थ्यो । भेटघाटका क्रममा सुपात्राको हरेक गुण मन पर्न थाल्यो । अनी हामीले लभ म्यारीज ग¥यौं ।’, सुपात्रा कोईरालासँगको प्रणव सम्बन्धबारे शसांक भन्छन् । उनीहरुको विवाह काठमाडौंमा भएको थियो, सन् १९७९ मा । ‘हाम्रो विवाहमा पाहुनाहरु टन्नै आएका थिए । धेरै देशका राजदूतहरु थिए । भारतबाट वरिष्ठ नेता चन्द्रेशखर आउनु भएको थियो । भोज चाँही भव्य थिएन, चिया र समोसा मात्र थियो । बुबाले आफनै हातले लेखेको निमन्त्रणा पत्र बाँडीएको थियो । मैले नेपाली दौरा सुरुवाल लगाएको थिएँ ।’, उनी सम्झन्छन् ।

सुपात्रा हाल ओम नर्सिङ होममा चिकित्सक छिन् । ‘उनले मैले राजनीति गरेको रुचाएकी छैनन । तर, जे इच्छा लाग्छ, त्यही गर भनेकी छिन् । उनको पुर्ण सहयोग छ, मलाई ।’, शसांक भन्छन्, ‘सुखी परिवार छ, हाम्रो । कहिलेकाँही ठाकठुक परिरहन्छ । त्यो त स्वाभाविकै हो ।’, उनी भन्छन्् । शसांक–सुपात्राकी छोरी सुप्रिया अहिले अमेरीकामा छिन् । उनी पढाई पुरा गरेर त्यहीं काम गरीरहेकी छिन् ।

प्रेम के हो त ? शसांक भन्छन्, ‘प्रेम भनेको ठृुलो जिम्मेवारी हो । विवाहपछि पनि प्रेम हुनसक्छ । प्रेम जुनसुकै जातीसँग पनि हुनसक्छ । जातीपातीका कुरालाई कोईराला परिवारले मतलव राख्दैन । त्यसैले त हामी संघीयतामा जाँदा पनि जातीय आधारमा हुनहुदैन भनीरहेका छौं,’, उनी भन्छन् ।

उनको विचारमा प्रेममा सेक्स अवश्य हुन्छ । ‘प्रेममा सेक्स त भईहाल्छ । फ्रायडले नै भनेका छन्, आफनो वंशलाई निरन्तरता दिने माध्यम हो । इश्वरले दिएको बरदान हो । सेक्समा प्रेम पनि छ । सबैथोक छ ।’ आफनो जिवनमा सुपात्राबाहेक अन्य स्त्रीको पनि प्रवेश भएको उनी स्वीकार्छन् । ‘सुपात्रालाई भेटनुअघि धेरै स्त्रीले मलाई चाहन्थे । मैले चाहेको थिएँ । तर, अहिले छैनन । शारीरीक सम्पर्क पनि सुपात्रासँग बाहेक अरु कसैसँग भएन,’, उनको दावी छ ।

निर्मलालाई सुटुक्क भगाए गच्छदारले

Gachhadar Express his View

२०२९ सालमा विजय गच्छदारले विराटनगरमा एउटी सुन्दरी कन्यालाई देखे । पहिलो दर्शनमै ति कन्यासँग मोहीत भए, विजय । उनको नाम थियो, निर्मला । उनीहरुवीच केही समयमै माया बस्यो । त्यसैताका विजय पक्राउ परे । उनीहरुवीच प्रेम पत्रको आदान प्रदान हुन थाल्यो । कहिलकाँही निर्मला जेलमै भेटन पुग्थीन । ‘पहिलो पटक उनलाई देख्दा नै यस्तै केटीसँग विवाह गर्न पाए हुन्थ्यो भन्ने भयो । नभन्दै प्रेम भयो । एक वर्षसम्म हामीले प्रेम ग¥यौं । अनी सुटुक्क उनलाई भगाएँ ।’, विजय सम्झन्छन् । भागेपछि विजय र निर्मला जोडी एक महिनासम्म लुकेर बस्यो । पछि विजयका बुबाले निर्मलालाई घरमै भित्रयाए । अनी घरमै थारु संस्कृती अनुसार विहाबारी भयो । उता, ससुरालीले पनि पाँच महिनापछि विजयलाई ज्वाईं स्वीकार ग¥यो ।

निर्मलालाई विवाह गर्नु आफनो लागि सुखद रहेको विजय बताउँछन् । ‘श्रीमतीका रुपमा उनी मेरो जीवनमा आएपछि म सफलताको शिखरतर्फ लम्किए“ । उनले पारीवारीक जिम्मेवारी सम्हालीन । जस्तै दुःखको समयमा पनि किंचीत बिचलीत नभईकन सहयोग पनि गरीन् ।’, विजय भन्छन्् । जिवनमा धेरै केटीहरु आए, धेरैले मन पराए, विजयलाई । तर कसैसँग अफेयर्स भएन रे । ‘कसै कसैलाई देख्दा मन पर्न पर्न खोज्थ्यो । तर जुन दिन निर्मलालाई देखें, त्यसपछि अरु सबै फिका भए । मलाई त ऐश्वर्य रायभन्दा पनि आफनै श्रीमती राम्री लाग्छ । विवाह भनेको स्वर्गमै सेटीङ हुन्छ भन्छन् । त्यसैले होला, निर्मलासँग मेरो सफल र सन्तुष्ट जिवन छ ।’

‘लभ म्यारीज’ गरेका विजयलाई प्रेमको परिभाषा थाहा नहुने कुरै आएन । ‘हरेक मानिसको जिवनमा प्रेम नभई नहुने चिज हो । प्रेम विना मानिसको जीवन अधुरो हुन्छ । चाहे केटीलाई गर्नुस या छोरा, बाबु आमालाई गर्नुस । प्रेम अपरिहार्य छ ।’, उनी भन्छन् । सेक्सका मामलामा पनि उनको यस्तै सोच छ । ‘सेक्स प्राकृतीक अनी अत्यावश्यक कुरो हो । सेक्सलाई जसले त्याग्छ, उ सन्यासी हुन्छ । बा“की मानव जिवनमा सेक्स नभई नहुने कुरो हो । भौतीक संमाजका लागि सेक्स अनिवार्य छ । सेक्स बिना संसार हुदैनथयो । मानव जातीले निरन्तरता पाउनुका पछाडी सेक्सकै भूमिका छ ।

पशुपति र उषाको राजसी प्रेम

pashupati

भारत, ग्वालीयरकी राजकुमारी उषाराजे सिन्धीयालाई सानैदेखी देखेका थिए, नाती जर्नेल पशुपति शमसेर जवराले । राम्रै परिचय थियो, उषासँग । सन १९६६ तीर बेलायतबाट पढेर पशुपतिशमसेर स्वदेश फर्किए । ‘मेरो विवाहको कुरो चल्यो, मुमाले कस्ती केटी बिवाह गर्छौ भनेर सोध्दा मैले उषाकै नाम लिएको थिएँ’,पशुपतिशमसेर आफना प्रणयका दिनहरु स्मरण गर्दैभन्छन्् । त्यसपछि ग्यालीयरमै भव्य विवाह भयो । विवाहमा धेरै प्रतिष्ठीत व्यक्तिहरु आएका थिए । उनका भीनाजु एवं भारतका वरिष्ठ नेता करण सिंह विवाहमा सहभागी थिए । ‘हाम्रो परिवारले हिन्दुस्तानमा वैवाहीक सम्बन्ध राख्ने पुरानो प्रचलन थियो। मेरो मुमा हिन्दुस्तानबाटै सवारी भएको हो । हिमाचञ्ल प्रदेशको होइबक्सन्थ्यो । मेरा दिदी बहीनीहरुको पनि सवैजसो हिन्दुस्तानमै विवाह भएको’, भारतीय राजकुमारीसँगको विवाहको सन्दर्भलाई यसरी अथ्र्याउँछन्, राप्रपाका अध्यक्ष राणा । विवाहपछि राणा दम्पतीले बेलायत र जर्मनीमा हनीमुन मनायो । हुन त उनलाई नेपालको राज दरबारबाट पनि विवाहको प्रस्ताव आएको थियो । यो कुरा पशुपती स्वीकार्छन । ‘पछि बझाङी राजासँग विवाह भयो नी’, पशुपती सम्झन खोज्छन्, ‘अँ..शान्ति क्या, उनको प्रस्ताव आएको थियो । तर मैले स्वीकार गरिन ।’

जव उनलाई प्रेम र सेक्सको प्रसंग सोधिन्छ, उनी चतु¥याई गर्छन् । भन्छन््, ‘म प्रेमको प्रसँगमा जाने पक्षमा छैन ।’ तर पनि भन्छन्, ‘प्रेम नै नभएको मानिस को होला र ? प्रेम निजी कुरा हो । प्रेम नभई हुदैन । यो विशुध्द निजी मामला हो ।’ सेक्स नी ? उनी हाँस्छन्, खित्का छाडेर । अनी भन्छन्, ‘सेक्स पनि निजी मामला हो ।’

श्रीलंकामा भयो, कमल र प्रलिताको अफेयर

rpp protest kamal thapa baneshwor (3)

राजनीतिकर्मीहरुले प्रायः राजनीतिक मैदानबाटै आफनो जिवन साथी रोजेको देखिन्छ । तर पुराना राजनीतिक खेलाडी राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने राजनीतिक मैदानमा हैन, खेल मैदानमा जिवन साथी फेला पारे । कुरो हो, २०३६ सालतीरको । फु्टवलका राष्ट्रिय खेलाडि भईसकेका कमल भर्खर राष्ट्रिय खेलकुद परिषदमा मनोनीत भएका थिए । त्यसबेला प्रलिता थापा चाँही टेवल टेनिसकी राष्ट्रिय खेलाडी थिइन् । प्रलीतासहितको टेवल टेनिस टिमलाई लिएर कमल श्रीलंका पुगेछन्् । श्रीलंकामै प्रलीता र कमल एक आपसमा निकट भए । भनौं न, श्रीलंकामै उनीहरुवीच मायाको टुसा पलाएछ ।

‘अन्तरजातीय प्रेम सम्बन्ध भएकाले परिवारको सहमती लिन दुई चार वर्ष लाग्यो’, लभपछि एरेन्ज म्यारीज भएको बताउँदै अध्यक्ष कमल भन्छन््, ‘म्यारीजेज आर मेड इन हेभेन(विवाह स्वर्गमै तय हुन्छ) भनिन्छ नी । मेरै जातका केटीहरु पनि त थिए । तर किन किन उनी नै मनप¥यो । मेरो दृष्टीकोणबाट उनी सर्वगुण सम्पन्न छिन् ।’

प्रेम र विवाहपछि कमल समक्ष सेक्सको प्रश्न छेडिन्छ । उनी अली लजाए झैं गरेर भन्छन््, ‘खै त्यस्तो कुरामा मैले त्यति ध्यान दिएको छैन ।’ तर केही नभनी उनले छुट पाउनेवाला थिएनन । पटक पटक कर गरेपछि उनी भन्छन््, ‘प्रेम भनेको आपसी विश्वास र समर्पण हो । विश्वास र समर्पणबाट प्रेमको जन्म हुन्छ । सेक्स चाँही नैसर्गीक आवश्यकता हो ।’

विवाहको ६ वर्षपछि चित्रहादुरको हनिमुन

chitra bahadur

हरेक जोडीले विवाहकै रात मनाउँछन्, हनीमुन । तर चित्रबहादुर केसीले पत्नी पार्वती केसीसँग विवाहको ६ वर्षपछि मात्र हनिमुन मनाए । २०१२ सालमा ८ वर्षकी पार्वतीसँग विवाह भएको थियो, त्यसबेला १४ वर्ष उमेरका चित्रबहादुरको । ‘कलिलै नानी थिइन्, उनी । राम्ररी ठम्याउन पनि सकिन । २०१८ सालमा बल्ल उनीसँग भेटघाट भयो । हनीमुन भने पनि के जाती मुन भने पनि त्यसैबेला भयो’, चित्रबहादुर सम्झन्छन्् ।

त्यसबेला केटी हेर्ने चलन थिएन रे । बा–आमाले हेरैकै आधारमा विवाह भएको थियो, पार्वतीसँग । विवाह बाजा बजाएरै, जन्ती गएरै भएको थियो । ‘उनले खासै पढेकी थिईनन । सामान्य किसानकी छोरी । तर उनले नपढेको भए पनि घर परिवारको राम्रो हेरचाह गरिन् । छोरा छोरीलाई हुर्काउने कुरामा मैले खासै चिन्ता लिनु परेन,’, उनी भन्छन् । स्कुले उमेरमै राजनीतिमा लागेकाले उनले माया पिरतीका कुरामा अल्झीन पाएनन । त्यसैले कसैसँग प्रेम अफेयर चलेन उनको । ‘म जनताको काममा हिंडे, श्रीमती जम्मा पार्ने काममा लागिन् । घरबाट दोश्रो विवाह गर्न प्रस्ताव त आएको हो, तर मैले मानिन,’, चित्रबहादुर भन्छन् ।

उनको विचारमा प्रेम मानविय भावना हो । ‘मानिस र मानिसवीच मात्र हैन, प्रकृति, भुगोल र कुनै जीवजन्तुसँग पनि प्रेम हुन्छ । भावना मिलेमा प्रेम हुन्छ । प्रेम पनि सापेक्ष हुन्छ ।’, उनको भनाई छ । प्रेम र सेक्सको सम्बन्ध अनिवार्य ठान्दैनन उनी । ‘प्रेम भएपछि सेक्स हुनु राम्रो हो । तर प्रेम हुँदैमा सेक्स नहुन पनि सक्छ । प्रेमै रमाउनेहरु पनि मैले देखेको छु.’, उनी भन्छन् । तर अहिलेको पुस्तामा भने सेक्सले उच्छृंखल रुप लिएको उनी बताउँछन् । ‘स्वतन्त्रताका नाममा समाज बिग्रिएको छ । सेक्सको उच्छृंखलताले समाजको चरीत्र भ्रष्ट भएको छ,’  उनी भन्छन् ।

सोभासँग केशवको सुटुक्क विवाह

keshav-sthapit२०४० सालमा केशव स्थापीतको पहिलो भेट भयो, सोभासँग । ‘सोभालाई एउटा साथीको घरमा भेटेको थिएँ । उनी सिन्धुपाल्चोकबाट ल क्याम्पसमा पढन आएकी थिईन । उनी सहानाजीको पार्टी माक्र्सवादीमा थिइन् । राजनीतिमा लागेको भनेर घरबाट विवाहको दबाब भयो । भेटेको तिन महिनापछि हामी सँगै वस्यौं । २०४६ सालपछि मात्र कोर्ट म्यारीज गरेको ।’, काठमाडौं महानगरपालीकाका पुर्व मेयर स्थापीत आफना प्रणयका दिनहरु सम्झन्छन् । श्रीमतीसँग सामान्य ठाकठुक हुन्छ रे । त्यो पनि रक्सीकै मामलामा । ‘म गणेशको मुर्ती बनाउँदै हिंड्ने । उनी परिन क्रिश्चीयन । ढुंगाको मुर्तिमा किन पैसा खर्च गरेको ? भन्ने उनी । अनी म चाँही गणेशको व्याख्याता नै भएको मान्छे । अली अली ठाकठुक हुने नै भयो ।’, उनी भन्छन् । तर, पहिला संकट पर्दा सोभाले स्कुलमा काम गरेर कमाएको महिनाको आठ सय रुपैयाँमध्ये आधा आफुलाई दिने गरेको उनी झलझली सम्झीन्छन् । ‘उनले मेरा लागी धेरै गरेकी छिन् । उनका गर गहना मैले नै बेचेर खाएँ,’, स्थापीत भन्छन् ।

स्थापीतको विश्लेषणमा प्रेम सदभाव हो । ‘प्रेम भनेको वस्तु, जिवन र जगतप्रतिको सदभाव हो । मलाई त किट पतंग देख्यो भने पनी प्रेम जाग्छ । पानी, भूमी, आकाश, घामप्रति म कृतज्ञ छु । किनकी मेरो उर्जा त्यही हो । म भन्छु, सबैप्रतिको प्रेम हुनुपर्छ ।’, उनी भन्छन् । उनी सेक्सलाई मानवीय आवश्यकता ठान्छन् । ‘त्यसलाई खुलेआम विवादको विषय बनाउनु हुदैन । हाम्रो समाजमा सेक्स मुल विषय बन्दोरहेछ । तर, खुला समाजमा त लोग्नले श्रीमतीलाई म मेरो व्यायफ्रेन्ड कहाँ जान्छु भन्छ,’, उनी भन्छन् । उनलाई सोधीन्छ, कोही गर्ल फ्रेन्ड छन् की ? उनी भन्छन्, ‘यो उमेरमा मलाई कसले व्यायफ्रेन्ड बनाउँछ र ? ’रातोपाटीले खबर लेखेको छ ।