राजधानी काठमाडौं संग सिमा जोडिएको जिल्ला धादिङ । १९२४.९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो जिल्ला पुर्वमा रसुवा, नुवाकोट र काठमाडौं, पश्चिममा गोरखा, उत्तरमा चीनको स्वसासित क्षेत्र तिब्बत र दक्षिणमा मकवानपुर र चितवन संग सिमा जोडिएको छ । जिल्लाका अधिकांस भू–भाग पहाडले ओगटेको छ । जिल्लाको सबभन्दा अग्लो स्थान पाविल हिमाल समुन्द्रि सतह देखि ७११० मिटर र सबभन्दा होचो भू–भाग जोगिमारा समुन्दि« सतह देखि ३ सय मिटर रहेको छ । जिल्लाको सदरमुकाम ६ सय ४० मिटिर उचाइमा अवस्थित रहेको छ ।
राजधानी संग जोडिएको जिल्ला भएपनि धादिङको सामाजिक, आर्थिक तथा साँस्कृतीक विकास उल्लेख्य रुपमा हुन सकेको छैन । जिल्लामा एक वटा नगरपालीका र ४६ वटा गाविस रहेको छ । राजधानी भित्रने नाकाको रुपमा रहेको पृथ्वी राजमार्ग रहेकाले जिल्लामा उत्पादीत तरकारीको मुख्य बजार काठमाडौं हो भने याहा उत्पादित तरकारी मकवानपुर, पोखरा, दाङ लगाएतका ठाउँमा जान्छ । काठमाडौंमा भित्रने तरकारी मध्ये ३५ प्रतिशत धादिङको उत्पादन रहेको जिल्ला तरकारी तथा फलफूल उत्पादक सहकारी संघका अध्यक्ष हेमनाथ थपलियाले वताए । धादिङ जिल्ला धैरैजसो पहाडी जिल्ला भएकाले यहाँका जनताले वित्तिय सेवा लिन पाएका छैनन् । जिल्लामा खुलेका बैंक तथा वित्तिय संस्थाहरु सहर केन्द्रित बनेका कारण सहर संग नजिक रहेका सिमिति व्यक्तिले मात्र यसको उपभोग गर्न पाएको देखिन्छ । बैंक सम्म पहुच नहुनेलाई सहकारीले वित्तिय सेवा दिएका छन् । बैंक तथा वित्तिय सेवा उपभोग गर्न नपाएका जनताले सहकारीबाट भरपुर फाइदा लिएको पाइन्छ । जिल्लाका ३० गाविसमा मात्र सहकारी खुलेका भएपनि सवै गाविसका मानिसले सहकारीवाट सेवा लिइरहेको पाइन्छ । यसले गर्दा जनतालाई आर्थिक उपार्जनमा सहयोग पुगेको छ । जिल्लामा १६ प्रकृतीका सहकारी संचालनमा रहेको डिभिजन सहकारी कार्यालय धादिङका प्रमुख कृष्णवहादुर बोहरा वताउछन् ।
२०६८ सालको जनगणना अनुसार ३ लाख ३६ हजार ६७ जनसंख्या रहेको जिल्लामा ९२ हजार मानिस सहकारीमा आवद्ध रहेका छन् । धादिङमा वित्तिय कारोबार गर्ने सहकारीको तुलनामा उत्पादन सहकारीको संख्या धेरै रहेको छ । हाल सम्म ४ सय ६ सहकारी स्थापना भएको यस जिल्लामा बचत तथा ऋणको कारोबार गर्ने सहकारी ८८ वटा मात्र रहेका छन् । त्यस्तै कृषि सहकारी सबैभन्दा धेरै १६६ वटा छन् भने दुग्ध उत्पादक सहकारी १८, साना किसान कृषि सहकारी ४४, फलफूल तथा तरकारी उत्पादक सहकारी १९, जडीबुटी उत्पादक सहकारी ५, सामाजिक उद्यमी महिला सहकारी ३, कफी तथा चिया सहकारी १, स्वास्थ्य सहकारी २, च्याउ उत्पादक सहकारी १, उपभोक्ता सहकारी १, विद्यालय सहकारी १, बहुउद्देश्यीय सहकारी ३९, विद्युत्त सहकारी ६ वटा रहेका छन् । त्यस्तै यातायात सहकारी १ र संचार सहकारी ५ वटा रहेको डिभिजन प्रमुख बोहोराले जानकारी दिए । २०७० असार सम्ममा सहकारीको सेयर पूँजी ५७ करोड ९५ लाख ६७ हजार रहेको छ भने १ अर्ब ३ करोड २९ लाख ५७ हजार बचत संकलन गरी १ अर्ब ८१ करोड ६३ लाख ३३ हजार ऋण लगानी गरेको प्रमुख बोहोराले वताए ।
उत्कृष्ठ कृषि सहकारी
जिल्लामा अन्य सहकारीको तुलनामा कृषि सहकारी फस्टाएको छ । कृषि सहकारीको स्थापना संगै यस्ता सहकारीले कृषि उत्पादनमा विषेश जोड दिएका छन् । तरकारी उत्पादनमा यस जिल्ला अगाडि हुनुमा कृषि सहकारीको विषेश योगदान रहेको जिल्ला तरकारी तथा फलफूल सहकारी संघका अध्यक्ष हेमनाथ थपलियाको भनाइ छ । जिल्लाबाट तरकारी तथा फलफूल काठमाडौं लगायत विभिन्न जिल्लामा पुग्ने गरेको छ । राजधानी काठमाडौंमा आयात हुने तरकारी मध्ये धादिङको उत्पादन ३५ प्रतिश रहेको छ । किसानहरु संगठीत भई सहकारी स्थापना गरेर तरकारी तथा फलफूल खेतीमा लागेको अध्यक्ष थपलियाले वताए । अन्य किसानहरुले तरकारी तथा फलफूल विक्रि गर्नुपरेमा सहकारीमार्फत नै बिक्रि गर्ने गरेका छन् । नीजि व्यवसायीले भन्दा सहकारीले उचित मूल्य दिने भएका कारण किसानहरु सहकारीको विकल्प खोज्दैनन् । जिल्लामा साना किसान कृषि सहकारी र तरकारी तथा फलफूल सहकारीको संख्या २ सय २९ रहेको छ ।
नमुना यातायात सहकारी
नेपालमा साझा यातायात सहकारी पछि धादिङ जिल्लामा यातायात सहकारी स्थापना भई संचालनमा रहेको छ । यातायात सेवा संचालन गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको यस ग्रामिण यातायात सहकारी संस्थाले ३० वटा मिनिबिस धादिङ—काठमाडौं— काठमाडौं धादिङ रुटमा संचालन गरेको संस्थाका महा–सचिव हरि श्रेष्ठले बताए । यो देशकै नमुना समेत हो । यातायतमा हुने सिण्डिकेट तोड्नमा यातायात सहकारीको मुख्य भूमिका रहेको छ । यस संस्थाले सहकारीका सदस्यलाई विशेष छुट दिएको छ । जिल्लाका जुनसुकै सहकारीका सदस्यले पनि यो अवसर पाउने छन् । सहकारीको सदस्य परिचय पत्र भएकाहरुलाई यस यातायात सहकारीले छुट दिने गरेको श्रेष्ठले जानकारी दिए ।
सहकारी चेतना वाँड्दै संचार सहकारी
अन्य सहकारी मात्र नमुना नभई जिल्लामा संचार सहकारी पनि नमुनाको रुपमा रहेका छन् । जनतालाई सु–सुचित गराउनमा जिल्लाका संचार सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । जिल्लामा ५ वटा संचार सहकारी संस्था स्थापना छन । जस मध्ये ४ वटा संस्थाले एफ एम रेडियो संचालन गरी जनतालाई सूचना संदेश आदान प्रदान गर्दै आएका छन् । सहकारीबाट संचालित रेडियो सबै सामुदायिक रहेका छन् ।
जिल्लाको जेठो सहकारी
२०४८ साल अघि स्थापना भएका सहकारीहरु मूलुकमै थोरै मात्रमा जिवित छन् । भएकाहरु पनि अधिकांस निष्कृय रहेका छन् । औलामा गन्न सकिने संख्यामा रहेका त्यस्ता सहकारीको अवस्था निकै कमजोर छ । २०१३ सालमा स्थापना भएको नेपालको पहिलो बखान सहकारीको अवस्था पनि उस्तै छ । धादिङ जिल्लाको सहकारी इतिहास पुरानो छ । जिल्लाको पहिलो सहकारी नीलकण्ठ सहकारी २०१९ सालमा स्थापना भएको हो । तत्कालिन पात्ले सहकारीलाई पछि निलकण्ठ सहकारीको रुपमा परिणत गरिएको थियो । यो संस्थाले हाल सम्म पनि कारोवार गरिरहेको छ । संस्थाले अनुदानको मल,वीऊ विजन खाद्यन्न सामग्री विक्री वितरण गर्दै आएको र अहिले साझाको साख लाइ वचाइराख्ने काम मात्र भएको संस्थाका अध्यक्ष प्रदिप अधिकारी वताउछन् । संस्थाको आर्थिक अवस्था कमजोर भएपनि हाल नयाँ स्वरुप दिई संचालन भएको छ । धादिङको मात्र नभई नेपालकै पुरानो संस्थाको रुपमा पहिचान रहेको छ ।
जिल्लामा स्वास्थ्य सहकारी
अन्य सहकारीको तुलनामा स्वास्थ्य सहकारीको संख्या कमनै देखिन्छ । जिल्लामा स्वास्थ्य सहकारी २ वटा रहेको छन भने दुबै संस्था कृयाशिल पनि रहेका छन् ।
नेपालमा यस प्रकारको सहकारी कमै स्थापना भएका छन् । स्वास्थ्य सहकारीले जिल्लामा नमूनाको रुपमा काम गर्दै आएको छ । जिल्लामा स्वास्थ्य सहकारीले नमुना काम गर्दै आएको युनिटि सहकारी संस्थाका अध्यक्ष गोपीवहादुर श्रेष्ठले बताए । स्वास्थ्य कर्मीहरुलाई संगठीत गराई व्यवसाय र स्वास्थ्य सेवालाई अभिवृद्धि गर्ने अभिप्रायले स्थापना भएका यस्ता संस्था आज नमूना सहकारीको रुपमा परिचित हुदै गएका छन् । संस्थाले औषधि तथा सर्जिकल सामग्रीहरुको थोक विक्रि, विविध रचनात्मक क्रियाकलापहरु, सदस्य हितका लागि विविध क्रियाकलाप र स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु रक्तदान,साथै स्वास्थ्य शिविर संचालन गर्दै आएका छन् ।
सहकारी अभियानका अगुवा
धादिङ जिल्लाले सहकारी मार्फत आर्थिक तथा सामाजिक क्षेत्रमा मात्र पकड वनाइको छैन की सहकारी आन्दोलनका अगुवाहरुलाई समेत जन्माएको छ । धादिङमा जन्मिएर सहकारी आन्दोलनमा क्रियाशिल रहने अगुवाहरु सिंगो सहकारी अभियानकोे केन्द्रीय निकायमा समेत नेतृत्व गरिरहेका छन् । क्रियाशि रहने सहकारीका नेताहरुमा मिनराज कडेंल, राजेन्द्र पाण्डे, खेमबहादुर पाठक, सुरेन्द्र पाण्डे लगाएतका छन् । मिनराज कडेंल एशियाली ऋण महा–संघमा प्रथम उपाध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का पूर्व अध्यक्ष हुन् । हाल उनी राष्ट्रिय सहकारी संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारीमा छन् । कडेंल सहकारी अभियानका हस्ति रहेको जिल्लाका सहकारीकर्मी वताउछन् । त्यस्तै धादिङ क्षेत्र नंम्बर ३ का सभासद् रहेका राजेन्द्र पाण्डे पनि सहकारी अभियानको केन्द्रीय निकायमा रहेका छन् । केन्द«ीय स्थास्थ्य सहकारी संघको अध्यक्ष रहेका पाण्डे काठमाडौं स्वयम्बु स्थित नेपाल स्वास्थ्य सहकारीका अध्यक्ष समेत हुन् । त्यस्तै सुरेन्द्र पाण्डे पनि सहकारी अभियानमा समेत रहेका छन् । चितवन क्षेत्र नम्वर १ वाट संविधान सभामा प्रतिनिधित्व गरेका पाण्डे एभरेष्ट इनर्जी को–अपरेटिभका अध्यक्ष हुन् । त्यस्तै साना किसान कृषि सहकारी केन्द«ीय संघका अध्यक्ष रहेका खेमबहादुर पाठक पनि धादिङमै जन्मिएका हुन् । उनी साना किसान बैंकका समेत अध्यक्ष रहेका छन् ।
५ करोड कारोबार गर्ने ४ सहकारी
जिल्लामा वार्षिक ५ करोड भन्दा बढी कारोबार गर्ने सहकारी संस्थाको संख्या ४ रहेको छ । ५ करोड कारोबार गर्ने संस्थाहरुमा साना किसान सहकारी संस्था सलाङ, साना किसान सहकारी संस्था कुम्पुर, साना किसान सहकारी संस्था चैनपुर र जनकल्याण बचत तथा ऋण सहकारी संस्था बेनीघाट हुन् ।
सदस्य, संचालक र कर्मचारी
जिल्लामा सहकारीमा आवद्ध हुने सदस्य संख्या तिब्र गतिमा बढदै गएको छ । हालसम्म ४० हजार २४ जना पुरुष र ५२ हजार ६ सय ९४ महिला गरी कुल ९२ हजार ७ सय १८ जना सहकारीमा आवद्ध भएका छन् । जिल्लमा २ हजार ३ सय ७२ पुरुष, १ हजार २ सय ९४ जना महिला गरी कुल ३ हजार ६ सय ६६ जना संचालक रहेका छन् भने कर्मचारी महिला २ सय ६९ र पुरुष २ सय ९९ जना रहेका छन् ।वर्तमान सहकारीबाट