धादिङ उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष पदमा शुदर्शन रिजालपनि भिड्ने

242 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, २४ पुस २०८१ । धादिङ उद्योग वाणिज्य संघको आसन्न अधिबेशनमा दुई जनाले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

यहि पौष २६ र २७ गते धादिङबेशीमा हुने  संघको ३१ औँ साधारणसभा तथा ११ औँ अधिबेशनमा बरिष्ठ उपाध्यक्ष पदका लागि शुदर्शन रिजालले मंगलबार धादिङबेसीमा उम्मेदवारी घोषणा सभाको कार्यक्रमको आयोजना गर्दै रिजालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

सोही पदमा यस अघि कार्य समितिका सदस्य रोहित भण्डारीले पनि उम्मेदवारी घोषणा गरेका छन् । भण्डारीलाई संघका स्थापना काल देखि पूर्व अध्यक्ष सम्मको समर्थन रहेको छ भने बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजाराम सिलवालले आफ्नो उम्मेदवारी फिर्ता लिएर  समर्थन जनाएका छन् ।

बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि आगामी कार्यकालमा स्वत अध्यक्ष हुने धादिङ उद्योग वाणिज्य संघको विधानमा व्यवस्था रहेको छ ।