डढेलो न्युनिकरणका लागि सञ्चारकर्मीसँग अन्तक्रिर्या

504 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१७ चैत्र  गते ।- गर्मीयाममा वनजंगलमा हुन सक्ने डढेलो न्युनिकरणका लागि सामुदायिक वन उपभोक्ता महासंघले सञ्चारकर्मीहरुसँग अन्तक्र्रिया गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघको हरियो वन कार्यक्रम अन्तर्गत भएको अन्तक्रिर्यामा सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला वन कार्यालय र सञ्चारमाध्यमले सहकार्य गरी बढ्दो डढेलो न्युनिकरणमा अग्रसर हुने प्रतिवद्धता आएको थियो । कार्यक्रममा बोल्दै जिल्ला वन कार्यालयका प्रमुख राजेन्द्रमान सिँह भण्डारीले चेतनाका अभावले डढेलो लाग्ने गरेको बताउँदै त्यसको न्युनिकरणका लागि सञ्चारमाध्यमसँग सहकार्य गरेर जाने योजना जिल्ला वन कार्यालयले तयार पारेको बताउनु भयो ।
त्यसै गरी कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भक्तबहादुर सिँखडा ले सामुदायिक वनमा हुने डढेलो लाग्न नदिन सामुदायिक वन उपभोक्ता महासंघले आफू मताहतका सामुदायिक वनका उपभोग्ताहरुलाई सचेत बनाउने कार्य अगाडि बढाउने बताउनु भयो ।
कार्यक्रममा डढेलो न्यनिकरणमा जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता समितिहरु, स्थानीय सरोकार निकायको भूमिका चित्त बुझ्दो नभएको प्रति पत्रकारहरुले जिज्ञासा राखेका थिए । सञ्चारमाध्यमलाई उपयोग गर्दै डढेलोबाट जंगल जोगाउने अभियानमा लाग्न सम्बन्धित सरोकारवाला निकायहरुलाई सञ्चारकर्मीहरुले सुझाव दिएका थिए ।