बिद्यालय चलाउन जुटाएको आम्दानी गाउंँलेको पोल्टामा,

643 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, – बिद्यालय संचालनका लागि समुदायले प्रकृया पुरा गरेर बिक्री गरेको खयरको काठबाट भएको आम्दानी गाउंमा लगानी गर्दा एक पैसा फिर्ता नभएपछि दक्षिणी धादिङको जोगिमारा गाविसमा रहेको एक निम्न माध्यमिक बिद्यालय संकटमा परेको छ ।
images (1)जिल्लाको जोगिमारा गाँउ विकास समिति वडा नं. ५ मा रहेको जलकिनी ग्याङराङ सामुदायिक बन उपभोक्ता समूहले गाँउमै निम्न माध्यमिक विद्यालय सञ्चालन गर्न सामुदायिक बनको खयर कानूनी प्रक्रिया पुरा गरि विक्री गरेर आएको आम्दानी विद्यालय सञ्चालन गर्न लगानी गरेका हुन । २०६४ सालदेखि सामुदायिक बनले समुदायमा गरेको लगानी नउठ्दा आर्थिक अभावका कारण गैराङ निमावि बन्द हुने अवस्थामा पुगेको स्थानीयले वताए ।
उपभोक्ता समुह र बिद्यालय व्यवस्थापन समिति बिच छलफल भई जोगिमारा ५ निवासी कृष्ण बहादुर थापालाई २०६४ चैत्रमा लगानी गरेको १ लाख रुपयाँ को व्याज सहित १ लाख २३ हजार, केशव मगरलाई दिएको १ लाखको व्याज सहित १ लाख १६ हजार व्याज भएको समुहले जनाएको छ । यसैगरी डुल बहादुर मगरलाई २०६४ चैत्रमा लगानी गरेको १ लाखको व्याज ५० हजार उठ्न बाँकी रहेको छ भने पूर्ण बहादुर गुरुङलाई लगानी गरेको ५३ हजार ६ सयको व्याज ४ हजार ८ सय २४ रुपयाँ र जीत बहादुर गुरुङलाई दिएको १० हजारको १ हजार २ सय व्याज बाँकी रहेको वताईएको छ । यसैगरी जीतबहादुर चेपाङलाई २०६५ मसिरमा लगानी गरेको ४० हजार ५ सयको व्याज २४ हजार ५ सय २८ रुपयाँ, भिम बहादुर चेपाङलाई २०६४ साल माघ लगानी गरेको ४५ हजारको व्याज ११ हजार ७ सय ४५ रुपयाँ भएको छ । अघिल्ला वर्षहरुमा लगानी गरेको साँवा नउठाई लगानी मात्र बढाई रहदाँ पछिल्ला समयमा गरेको लागानी समेत जोखिममा परेको बिद्यालयका एक शिक्षकले वताए ।
समुदायमा लगानी गर्दा भनेको बेला उठाउन सकिने र बिद्यालयलाई आवश्यक पर्दा सजिलो हुने ठहर गर्दै उ वेला लगानी गरियो, अहिले रकम लिनेहरु अनेक वहाना पार्दै पन्छिन थालेपछि समस्या बढ्दै गएको शिक्षकहरु वताउंछन । २०६६ साल वैशाखमा कमल गुरुङलाई २०६६ साउनमा लगानी गरेको २० हजार सावाँ सहित १ हजार ८ व्याज, मान बहादुर गुरुङलाई २०६६ भदौमा लगानी १ हजार सावाँ सहित १ हजार २० रुपयाँ व्याज र अमर बहादुर गरुङलाई २०६६ असोजमा लगानी गरेको ११ हजार सावाँ सहित ९ सय ९० रुपयाँ व्याज, अमृत गरुङलाई २०६६ असोजमा लगानी गरेको ५० हजार सावाँको २४ हजार ७ सय ५० रुपयाँ व्याज, तेज बहादुर रसाईलीलाई २०६६ असोजमा लगानी गरेको ५० हजार सावाँको २२ हजार ५ सय व्याज र चन्द्र बहादुर चेपाङलाई लगानी गरेको १५ हजारको व्याज १ हजार ३ सय ५० रुपयाँ अहिले सम्म उठाउन नसकेको बिद्यालय व्यवस्थापन समितिले जनाएको छ । यसैगरी २०६७ साल असरमा डिलसिङ मगरलाई लगानी गरेको २० हजार सावाँको २२ हजार ३ सय ५० र श्याम बहादुर गुरुङलाई ३९ हजार ९ सय ५५ रुपयाँ सावाँ सहित २८ सजार ३ सय २४ रुपयाँ उठाउन नसकेपछि विद्यालयमा निजी श्रोतमा कार्यरत शिक्षकहरुलाई तलव खुवाउन नसकेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्याम बहादुर गुरुङले बताउनु भयो ।
विभिन्न समयमा फरक फरक व्यक्तिलाई लगानी गरेको ६ लाख ८६ हजार ५५ रुपयाँ सावाँ सहित ४ लाख २४ हजार ४ सय २१ रुपयाँ व्याज सामुदायिक वन उपभोक्ता समितिले विद्यालयलाई दिनु पर्ने भएपनि उठाउनु पर्ने विवरण विद्यालयलाई बुझाएपछि विद्यालय थप संकटमा परेको अध्यक्ष गुरुङ बताउनुहुन्छ ।
वालकक्षा देखि कक्षा ८ सम्म पढाई हुने विद्यालयमा प्रावि स्वीकृत दरवन्दी ३, प्रावि राहत १ र वालकक्षा १ र नीजि श्रोतमा ४ जना शिक्षक कार्यरत छन् । नीजि श्रोतका ४ शिक्षकलाई १५ हजार ५ सय मासिक तलव र मालिका प्राविलाई तलव खुवाउन २ हजार गरी १६ हजार ५ सय हरेक महिना तलवका लागि सामुदायिक वन उपभोक्ता समूहले बिद्यालयलाई उपलव्ध गराउनुपर्ने उपभोक्ता समुहका सचिव मणिराज गुरुङले बताउनु भयो ।
विद्यालयको रकम उतिर्नेमा सर्वसाधरण मात्रै होइनन बिद्यालय व्यवस्थापन समिततिका अहिलेका अध्यक्ष गुरुङ समेत रहेका छन । अध्यक्ष गुरुङले सामुदायिक वन उपभोक्ता समितिको सचिव हुदाँ बिद्यालयको कोषमा जम्मा हुने रकमवाट लिएको ३९ हजार ९ सय ५५ रुपयाँ सावाँ सहित २८ सजार ३ सय २४ रुपैयाँ तिर्न वांकी रहेका वन उपभोक्ता समुहका सदस्यहरु बताउंछन । विकटको वस्तिमा निम्न मावि सञ्चालन गर्ने सपना देखेर सामुदायिक बनमा रहेका खयर वन कार्यालयको सहमतीमा काटेर बिक्री गरेकोमा अहिले त्यहि रकम सबैले लुछाचुंडी गरेर समस्या ल्याईदिएको गाउंलेहरु बताउंछन । बनको खयर पनि छैन , काटर वेचेको रुखको पैसा पनि उठ्दैन । बिद्यालयमा आर्थिक संकट बढ्दै गएको छ । आर्थिक अभावले २ सय विद्यार्थीको भविष्य समेत संकटमा पर्न थालेको र शिक्षकहरुले पनि तलव पाउन छाडेको बर्ष दिन भईसकेको उपभोक्ता समुहका सचिव समेत रहेका गैराङ निमाविका शिक्षक मणिराज गुरुङ बताउनुहुन्छ ।