एमाओवादीभित्रका पूर्व जनमोर्चा नेता तथा कार्यकर्ताहरुको भेला शुरु

629 पटक पढिएको

सम्पादक: Dhading News


पोखरा, –एकीकृत नेकपा माओवादीभित्र रहेका असन्तुष्ट पूर्व जनमोर्चा कार्यकर्ताहरुको भेला शनिबार दिउँसो पोखराको कार्कीडाँडामा चलिरहेको छ ।
downloadवनभोज कार्यक्रमका रुपमा आयोजना गरिएको सो भेलामा करीब ५० पूर्व जनमोर्चा कार्यकर्ताहरुको सहभागिता रहेको छ । २०६४ सालमा तात्कालीन नेकपा माओवादीसँग जनमोर्चा नेपालले पार्टी एकीकरण गरेको भएपनि त्यसपछिका दिनहरुमा आफूहरु पार्टीभित्रै दोसा्रे दर्जाको कार्यकर्ता बन्नुपरेको, आफूहरुले पार्टीमा राखेका कुराहरुको सुनुवाई नहुने गरेको, उचित जिम्मेवारी नदिएको, र आफूहरुका कामको उचित मूल्यांकन नभएको भन्ने पूर्व जनमोर्चा कार्यकर्ताहरुको असन्तुष्टि व्यक्त गरेका छन् । तात्कालीन अवस्थामा भूमिगत अवस्थामा रहेको नारायणकाजी श्रेष्ठ “प्रकाश”को नेतृत्वको एकताकेन्द्र मशाल र त्यसको खुल्ला मोर्चा जनमोर्चा नेपाल र तात्कालीन नेकपा माओवादी पार्टीबीच पार्टी एकीकरण भएर अहिलेको एकीकृत नेकपा माओवादी पार्टी बनेको हो । कार्कीडाँडामा चलिरहेको भेलामा एकीकृत नेकपा माओवादी कास्कीका सचिव गंगा पोखरेल लगायत जनमोर्चाबाट हाल एमाओवादीमा जिम्मेवारी लिइरहेका अधिकाँश नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको समाचारस्राेतले जानकारी दिएको छ । भेलामा सहभागीहरुले “अब एमाओवादीभित्र बस्नुको औचित्य नरहेको” धारणा राखेको बताइएको छ ।