तराईमा जारी आन्दोलनमा साना बालबालिकाको प्रयोग

431 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (2)मधेसमा जारी आन्दोलनमा साना बालबालिकाको प्रयोग बढ्दै गएको भन्दै बाल अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । संविधानको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दुई महिना देखि गरिरहेको आन्दोलनमा व्यापक मात्रामा कलिला बालबालिकाको प्रयोग भैरहेको पाइएको छ । कानुनी रुपमा कुनै पनि आन्दोलन तथा विरोधका कार्यक्रममा साना बालबालिकाको प्रयोग गर्न नपाइने भए पनि अहिले तराईमा जारी आन्दोलनमा धेरै बालबालिकालाई नै प्रयोग गरिरहेको पाइएको जिल्ला बाल कल्याण समिति सर्लाहीका बाल अधिकार अधिकृत अम्बिका पौडेलले बताउनुभयो । आन्दोलनका कारण लामो समय देखि बालबालिकाहरु विद्यालय जान नपाएका र त्यहि माथी आन्दोलनमा परिचालन गर्दा उनीहरुको मानसिकतामा गम्भीर असर पर्ने बाल अधिकार अधिकृत पौडेलले बताउनुभयो । आन्दोलनरत पक्षलाई जिल्ला बाल कल्याण समितिले साना बालबालिकालाई आन्दोलनमा प्रयोग नगर्न पटक–पटक आग्रह गरेपनि बेवास्ता गरिएको पौडेलले गुनासो गर्नुभयो ।