काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने

863 पटक पढिएको

७ कार्तिक २०७२, शनिबार २०:२९ सम्पादक: धादिङ न्यूज

download (4)काठमाडौँ, ७ कात्तिक । नेपाली काँग्रेसको पदाधिकारी बैठकले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति सुशील कोइरालाको निवासमा आज बिहान बसेको बैठकले संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलसँग सघन परामर्श गर्दै दुवै पदमा पार्टीका उम्मेदवारलाई विजयी गराउने रणनीतिका साथ उम्मेदवारी प्रस्ताव आज अपराह्न बस्ने केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरिने पार्टी उपसभापति रामचन्द्र पौडेलले राससलाई बताउनुभयो ।

केन्द्रीय कार्य समितिले उम्मेदवारी र उम्मेदवारबारे निर्णय गर्नेछ ।

यसैबीच, रासससँगको सङ्क्षिप्त कुराकानीमा पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभामुख र उपसभामुख निर्वाचनमा नेपाली काँग्रेसले सहमतीय प्रक्रियामा जोड दिँदै त्यसनिम्ति वातावरण तयार गरेकाले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन पनि सहमतिमा नै हुनुपर्ने निष्कर्षमा पार्टी रहेको बताउनुभयो ।