मन्त्री फिर्ता बोलाउन प्रचण्डको चेतावनी

583 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Prachanda11धादिङ पुस १७ -एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८१ दिन पुरानो सरकारसँगको असन्तुष्टि सार्वजनिक गर्दै आफ्ना दलका मन्त्रीहरुलाई कुनै पनि समयमा सरकाबाट फिर्ता गर्ने चेतावनी दिएका छन् ।

पार्टीको तीन नम्बर प्रदेशको दुई दिने बैठकलाई बिहीबार पेरिसडाँडामा सम्बोधन गदैं उनले यस्तो चेतावनी दिएका हुन् ।
दाहालले दलका मन्त्रीहरुलाई फिर्ता हुनका लागि मानसिक रुपमा तयार हुन निर्देशन दिए पनि यसमो समयसीमाबारे भने केही उल्लेख गरेका छैनन् ।

भारतीय नाकाबन्दी, कालोबजारी, चिसोले भूकम्पपीडितको मृत्यु भइरहेका बेला मन्त्रालय विभाजन गरी जम्बो मन्त्रिपरिषद बनाउने प्रधानमन्त्री केपी ओलीको निर्णय, मन्त्रीहरुका अलोकपि्रय निर्णय र मन्त्रीहरुको कार्यशैलीप्रति पार्टीभित्र गुनासो बढ्दै गएपछि दाहालले कार्यदक्षता देखाउन नसक्ने नेताहरुलाई सरकारमा राखिराख्नु पार्टीका लागि हित नहुने बताएका हुन् ।