नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराईको नेतृत्वमा केन्द्रीय परिषदको घोषणा

758 पटक पढिएको

सम्पादक: Dhading News

timthumbपरिषदमा बिभिन्न गैर सरकारी संस्था तथा सामाजिक संस्थामा कार्यरत व्यक्तिहरुको बाहुल्यता रहेको छ । पूर्व सचिव तथा बाबुराम भट्टराईको प्रधानमन्त्रीकालमा सल्लाहकार समेत रहेका रामेश्वर खनाल र विश्लेषक मुमाराम खनाल समेत परिषदमा छन् । यसैगरी दलित महिला संघकी अध्यक्ष दुर्गा सोब, एकल महिलाहरुका पक्षमा कार्यरत गैरसरकारी संस्थामा कार्यरत लिलि थापा, जनजाति महासंघमा योगदान पु¥याएका चैतन्य सुब्बालगायत उनको परिषदमा छन् ।पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा ३५ सदस्यीय नयाँ शक्तिको घोषणा गरिएको छ।  आइतवार पत्रकार सम्मेलन गरी भट्टराईले केन्द्रीय परिषदको घोषणा गरेका हुन्। नयाँ शक्ति निर्माण अभियानको राष्ट्रिय परिषद घोषणा कार्यक्रममा केन्द्रीय परिषद २ सय ६५ सदस्यीय हुने भनिएपनि  ३५ सदस्यको नाममात्रै सार्वजनिक गरिएको छ।

नयाँ शक्तिको केन्द्रीय परिषद्मा पूर्व प्रशासकहरुको वाहुल्यता छ । पूर्वसचिवहरु रामेश्वर खनाल, डा. प्रविण मिश्र, हरेराम कोइराला र नत्थुप्रसाद चौधरी, नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक गणेश राई, सशस्त्र प्रहरीका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षकद्वय ऋषवदेव भट्टराई र नारायण पाण्डे नयाँ शक्तिको केन्द्रीय परिषद्को सदस्य रहेका छन्।

यस्तै, चर्चित अभिनेत्री करिष्मा मानन्धर पनि नयाँ शक्तिमा लागेकी छन्। राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहेका समाजशास्त्री डा. चैतन्य सुब्बा, दलित अधिकारकर्मी दुर्गा सोब, एकल महिला अधिकारकर्मी लिली थापा पनि नयाँ शक्तिको केन्द्रीय परिषद्को सदस्य रहेका छन्। कलाकारहरु सरोज खनाल र अशोक शर्मा तथा केही वर्ष पहिले माओवादी परित्याग गरेका विष्लेषक मुमाराम खनालले पनि नयाँ शक्तिमा केन्द्रीय परिषद् सदस्यको स्थान पाएका छन्।
घोषणा कार्यक्रममा उद्योगपति विनोद चौधरीले शुभकामना मन्तव्य दिएका थिए।

को-को छन् बाबुरामको नयाँ शक्तिमा

संयोजक

१.    डा. बाबुराम भट्टराई    गोरखा
परिषद् सदस्यहरु
२    अशोक शर्मा    झापा
३    ऋषवदेव भट्टराई    चितवन
४    कमला हेम्चुरी    पाल्पा
५    करिश्मा मानन्धर    काठमाडौं
६    केशव दाहाल    सुनसरी
७    डा. केशवमान शाक्य    काठमाडौं
८    गणेशराज राई    भोजपुर
९    डा. चैतन्य सुब्बा    ताप्लेजुङ
१०    डा. जीतेन्द्र महासेठ    सिराहा
११    टिका गौचन    म्याग्दी
१२    डम्बर खतिवडा    सुनसरी
१३    तिलक थापा मगर    मोरङ
१४    दलमर्दन कामी    सुनसरी
१५    दुर्गा सोव    डोटी
१६    देवेन्द्र पौडेल    बाग्लुङ
१७    नत्थुप्रसाद चौधरी    सप्तरी
१८    नारायण पाण्डे    गोरखा
१९    पासाङ्ग शेर्पा    ताप्लेजुङ
२०    डा. प्रवीण मिश्र    महोत्तरी
२१    मदन राई    खोटाङ
२२    मनप्रसाद सुनुवार    रामेछाप
२३    मुमाराम खनाल    कपिलबस्तु
२४    डा. मुक्ति रिजाल    अर्घाखाँची
२५    मोहनी महर्जन    काठमाडौं
२६    डा. राजेन्द्र के.सी.    धादिङ
२७    डा. रामकेवल साह    धनुषा
२८    रामचन्द्र झा    धनुषा
२९    रामेश्वर खनाल    पाल्पा
३०    लिली थापा    काठमाडौं
३१    वज्रकिशोर यादव    धनुषा
३२    विसन राई    खोटाङ
३३    सरोज खनाल    चितवन
३४    डा. सुरेन्द्र चौधरी    दाङ
३५    हरेराम कोईराला    गोरखा