नेपाली काँग्रेसको १३औँ महाधिवेशनका लागि गाउँ-वडा को अधिवेशन

732 पटक पढिएको

सम्पादक: Dhading News

downloadधादिङ । नेपाली काँग्रेसको १३औँ महाधिवेशनअन्तर्गत देशभरीका गाउँ तथा नगरपालिका वडा तहको अधिवेशन माघ १५ गते शुक्रवार सम्पन्न भएको छ ।

शुक्रवार सम्पन्न अधिबेशनबाट गाउं कार्य समितिको चयन संगै धादिङको नीलकण्ठ नगरपालिकाको साथै जिल्लाका ४६ गाविसबाट क्षेत्रीय प्रतिनिधि चयन सम्पन्न भएको हो ।

नगरपालिकाका प्रत्येक वडाबाट एक÷एक महिला र वडा सभापतिलगायत दुई जना प्रत्यक्ष रुपमा क्षेत्रीय प्रतिनिधि चयन भएको वताईएको छ ।

गाउँतहबाट चयन गरिने प्रतिनिधिहरुमा दुई महिला, एक दलित, एक आदिवासी जनजाति, एक मधेसी÷मुस्लिम÷पिछडिएको÷अल्पसङ्ख्यक र प्रत्यक्ष रुपमा चार जना रहने व्यवस्था रहेको छ ।

यसरी चयन भएका प्रतिनिधिले क्षेत्रीय कार्यसमिति, जिल्ला सदस्य र महाधिवेशन एवम् महासमिति सदस्य छानिने अधिकार रहने काँग्रेसको विधानमा उल्लेख गरिएको छ ।

जिल्लाभरिका क्षेत्रीय प्रतिनिधिहरुले जिल्ला सभापति, जिल्ला सचिव तथा जिल्ला कोषाध्यक्षको चयन गर्न सकिने अधिकार रहेको छ ।