भीमप्रसादलाई हराउँदै रमेश धमला भए धादिङ कांँग्रेसको सभापति

1614 पटक पढिएको

२५ माघ २०७२, सोमबार २२:१० सम्पादक: धादिङ न्यूज

धादिङ–नेपाली कांँगे्रस धादिङको सभापतिमा रमेश धमला विजयी हुनु भएको छ । सोमवार धादिङबेसीमा सम्पन्न नेपाली कांग्रेसको तेह्रौं जिल्ला अधिबेशनबाट धमला सभापति पदका प्रत्याशी भिमप्रसाद ढुंगानालाई  २६ मत अन्तरले पराजित गर्दै सभापति सहित प्यानलनै विजयी भएका हुन ।

12662438_1023072777716003_4960820280106436677_nधमलाले २ सय ९० मत प्राप्त गरेका छन भने सभापति पदका प्रत्याशी ढुंगानाले २ सय ६४ मत प्राप्त गरेका थिए । सभापति पदमा विजयी धमला पर्यटन व्यवसायी समेत हुन । ट्रेकिङ एजेन्सी एशोसियशन अफ नेपाल (टान)को अध्यक्ष भएर काम गरिसकेका धमला नेपाली कांग्रेस निकट रहेको लोकतान्त्रिक गैसस महासंघकाृ केन्द्रिय अध्यक्ष समेत हुृन । साथै धमलाले नेपाली कांँग्रेस केन्द्रिय समितिको विदेश विभागमा रहेर काम गरिसकेका छन ।तीन वटै निर्वाचन क्षेत्र स्तरीय क्षेत्रीय समितिमा निवर्तमान सभापति रामनाथ अधिकारी निकटका व्यक्तिहरु सभापतिमा विजयी भएपछि अधिकारीको निकट  मानिएका धमलाले जिल्ला सभापति पद जित्ने निश्चित देखिएको थियो ।