सभापति पदको उम्मेदवारीबाट पछि नहट्ने सुजाताको घोषणा

707 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sujataa koiralaaकाठमाण्डौं-नेपाली काँग्रेसकी नेता सुजाता कोइरालाले आफूले कसैसँग बार्गेनिङ्ग गर्नको लागि १३ आंै महाधिवेशनमा सभापति पदको लागि उम्मेदवारी घोषणा नगरेको भन्दै उम्मेदवारी फिर्ता नहुने बताउनुभएको छ । रिपोर्टर्स क्लबले शनिवार आयोजना गरेको साक्षात्कारमा उहाँले सभापति पदमा लागि आफु धेरै अगाडी बढिसकेको भन्दै पछाडी नर्फकने दाबी गर्नुभयो । कोइरालाले आफूलाई काँग्रेसका देशै भरीका कार्यकर्ताहरुको समर्थन रहेको दावी गर्दै विजयी हुने ठोकुवा समेत गर्नुभयो । आफु देशभरी घुमेको र कार्यकर्ताले आफुलाई पूर्ण रुपमा सघाउने प्रतिबद्धता व्यक्त गरेको पनि उहाँको भनाई थियो । कोइरालाले पार्टी भित्र बीपी देखि गिरिजाप्रसाद कोइरालासम्मको योगदानलाई समाप्त पार्ने सुनियोजित योजना भईरहेको भन्दै आफूलाई पनि समाप्त पार्ने षडयन्त्र भईरहेको बताउनुभयो ।