काँग्रेस केन्द्रीय सदस्यमा धादिङबाट मात्रै सातजना आकाङ्क्षी

834 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । नेपाली काँग्रेसमा नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा देखिएका बेला धादिङबाट मात्रै अाधा दर्जन बढीले केन्द्रीय समितिमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

ramnath adhikariधादिङ न्यूजलाई प्राप्त जानकारी अनुसार धादिङका ७ जना नेताले उम्मेद्वारी घाेषणा गरेका छन् । यसरी उम्मेद्वारी घाेषणा गर्नेमा निवर्तमान जिल्ला सभापति रामनाथ अधिकारी, बासु तिमल्सिना, दिलमान पाख्रिन, डा राजाराम कार्की, देव प्रकाश त्रिपाठी, कल्पना अधिकारी र तिलक रुवाली रहेका छन् ।

अधिकारी प्रदेश नं ३ बाट केन्द्रीय सदस्य, पाख्रिन अारक्षण जनजाति तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घाेषणा गरेका हुन् ।

रामनाथ अधिकारी, कल्पना अधिकारी र बासु तिमल्सिना महासमिति सदस्य पनि हुन् ।

dilmanडा. राजाराम कार्की, कल्पना अधिकारी र देवप्रकाश त्रिपाठी देउवा प्यानलबाट उम्मेद्वारी दिन लागेका हुन् ।

स्राेतका अनुसार केही व्यक्तिले पार्टीमा बार्गेनिङ गर्नका लागि मात्रै उम्मेद्वारी घाेषणा दिईएको बुझिएको छ ।

संविधान सभा निर्वाचन २०७० मा धादिङ क्षेत्र नम्बर १ बाट टिकट लिएर पार्टीको तर्फबाट उम्मेदवार बनेका रुवालीले पार्टी भित्रकै आन्तरिक कारण थोरै मतले निर्वाचन हारेपछि रुवाली पार्टीका तत्कालिन जिल्ला नेत्तृत्वसंग असन्तुष्ट रहंदै आएका छन । तत्कालिन पार्टी जिल्ला सभापति रामनाथ अधिकारीको विरुद्ध खुलेर लागेका रुवालीले अधिकारीले जहां उम्मेदवारी दिन्छन त्यहि उम्मेदवारी दिने वताउंदै आएका थिए ।रुवालीले टिकट पाएपछि असन्तुष्ट बन्न पुगेका नेपाली कांग्रेसका जिल्ला नेता कार्यकर्ताले फणिकान्त छत्कुलीलाई स्वतन्त्र उम्मेदवार दिन लगाएपनि पार्टीको केन्द्रिय निर्देशन पछि छत्कुलीले उम्मेदवारी फिर्ता लिएपनि असन्तुष्ट नेता कार्यकर्ता मौन बसिदिंदा रुवालीले संविधान सभामा पराजय भोग्नु परेको रुवाली निकट कार्यकर्ताहरुको गुनासो छ । रुवालीले उम्मेदवारी फिर्ता लिएनन भने अधिकारीलाई केन्द्रिय सदस्य जित्न निकै हम्मे हम्मे पर्ने देखिएको छ ।
संस्थापन पक्षकै भएपनि जिल्लाको राजनितिमा निकै पछाडी पारिएका काँग्रेस नेता वासु तिमिल्सिनाले पनि यस पटक केन्द्रिय सदस्यका लागि अघि बढेकाले धादिङबाट उम्मेदवारी दिनेहरु मध्ये कति जनाले सफलता पाउने हुन कार्यकर्ताहरु समेत अन्यौलमा परेका छन । निवर्तमान जिल्ला सभापति अधिकारीलाई केन्द्रिय सदस्यमा जिताउन धादिङका कांग्रेस कार्यकर्ताहरु निकै कसरत गरेर प्रचार प्रसार गर्दै भोट माग्नमा व्यस्त रहेका छन ।

 डाक्टर राजाराम कार्की तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिको केन्द्रिय सदस्य भईसकेका व्यक्ति हुन । अहिले सम्म धादिङबाट नेपाली कांग्रेसको केन्द्रिय समिति सदस्य बन्ने व्यक्ति कार्की मात्रै हुन । उम्मेदवारको सुचिमा रहेकी अर्की महिला नेत्री कल्पना अधिकारी नेपाली कांग्रेस निकटको ट्रेड युनियनको केन्द्रिय उपाध्यक्ष हुन । अर्का आकांक्षी दिलमान पाख्रिन समानुपातिक तर्फका सभासद हुन । पाख्रिन कांग्रेसको भातृ संगठन नेपाल तामाङ संघका केन्द्रिय अध्यक्ष समेत हुन । अहिले सम्म कुनै पक्षमा नदेखिएका पाख्रिनलाई दुवै पक्षको समर्थन मिल्ने देखिन्छ ।