नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा धादिङबाट पांच जनाको उम्मेदवारी

640 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रिय समिति सदस्यका लागि धादिङ जिल्लाका पांच जनाले उम्मेदवारी दर्ता गरेका छन ।

dr karkidownloadखुल्ला तर्फको २ramnath५ जना केन्द्रिय सदस्यका लागि धादिङका वासुदेव तिमिल्सिना सहित देशभरीका ९४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गराउनेक्रममा तिमिल्सिनाको नाम ७६ नम्बरमा रहेको छ ।
यसै गरी ३ नम्बर प्रदेशबाट केन्द्रिय सदस्यका लागि नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति रामनाथ अधिकारी र तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिकका केन्द्रिय सदस्य डाक्टर राजाराम कार्कीको उम्मेदवारी दर्ता भएको छ । अधिकारी संस्थापन पक्षका र डाक्टर कार्की देउवा पक्षका हुन । २ जना केन्द्रिय सदस्यका लागि ३ नम्बर प्रदेशमा २५ जनाको उम्मेदवारी परेको छ । धादिङबाट उम्मेदवारी दर्ता गराएका मध्ये निर्वाचन समितिको अभिलेखमा डाक्टर कार्कीको नाम १५ नम्बरमा र अधिकारीको नाम २० नम्बरमा रहेको छ ।
dilmaanयसै गरी आदिवासी जनजाती तर्फबाट केन्द्रिय सदस्यमा धादिङका सभासद दिलमान पाख्रिनको उम्मेदवारी दर्ता भएको छ । ३ जनाका लागि आदिवासी जनजाती तर्फ ५० जनाको उम्मेदवारी परेको छ भने निर्वाचन समितिमा पाख्र्रिनको उम्मेदवारी दता १९ नम्बरमा रहेको छ । नेपाल ट्रेड युनियन काँग्रेस ( स्वतन्त्र)का केन्द्रिय उपाध्यक्ष कल्पना अधिकारीको महिला आरक्षणकोटा बाट केन्द्रिय सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ । ६ जनाका लागि महिला आरक्षण तर्फ ४० जनाको उम्मेदवारी परेको छ भने कल्पनाको नामवली निर्वाचन समितिमा ९ नम्बरमा रहेको छ । kalpana
यस अघि तिलक रुवाली,देवप्रकाश त्रिपाठीले पनि केन्द्रिय सदस्यमा उम्मेदारी दिने चर्चा चलेको भएपनि दुवै जनाको उम्मेदवारी परेको छैन । प्रदेशबाट एउटै जिल्लाका दुई जनाको प्रतिष्पर्धा हुने भएपछि जिल्लाका प्रतिनिधिहरुको मत समेत विभाजित हुने सम्भावना बढेको छ ।