धादिङका बासुदेव तिमिल्सिना र डाक्टर राजाराम कार्कीले किन लिए उम्मेदवारी फिर्ता ?

579 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौंमा जारी नेपाली कांग्रेसको १३ औं महाधिबेशनमा केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दिएका धादिङ जिल्लाका २ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।
downloaddr karkiउम्मेदवारी फिर्ता लिनेहरुमा खुल्ला तर्फबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिनु भएका वासुदेव तिमिल्सिना र ३ नम्बर प्रदेशबाट उम्मेदवारी दिनु भएका डाक्टर राजाराम कार्की रहेका छन । दुई जनाको उम्मेदवारी फिर्ता भएपनि धादिङका ३ जना अझै पनि मैदानमा रहेका छन । मैदानमा रहेकाहरुमा ३ नम्बर प्रदेशबाट रामनाथ अधिकारी, महिला तर्फबाट कल्पना अधिकारी र आदिवासी जनजातीबाट दिलमान पाख्रिन रहेका छन ।खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका बासुदेव तिमिल्सिना संस्थापन पक्षधर डाक्टर राजाराम कार्की देउवा निकट भनेर चिनिन्नछन । डाक्टर कार्की देउवाको नेत्तृत्वमा रहेको तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रिय सदस्य हुन । तिमिल्सना जिल्ला तहका नेता हुन ।  उम्मेदवारी फिर्ताको औपचारिक जानकारी दिंदै डाक्टर कार्कीले आफ्नो फेसबुकमा लेखेका छन । “आदरणीय साथीहरू,सहमतिमै मैले मेरो उमेदवारी फिर्ता लिने निर्णय लिए; तर पनि वीपीको परिकलपना अनुसार पार्टीलाई अघि बढाउन र सन्त नेता किसुनजीले भने जस्तै पार्टीलाई राष्ट्रियता , लोकतन्त्र र समाजवादको फलामे लिगबाट बिचतित हुननदिन संघर्षरत रहने प्रण गर्दै,समर्थक तथा शुभचिन्तक साथीहरूलाई धन्यवाद। जय नेपाल !”

कार्कीले उम्मेदवारी फिर्ता लिएको जानकारी गराएपछि उनका शुभचिन्तकहरुले मिश्रित प्रतिकया दिंदै समर्थन र विरोध जनाएका छन । कार्कीले भने आफ्ना शुभचिन्तकहरुको आक्रोशलाई शान्तपार्न आंफुभन्दा बरिष्ठ भएकाले   ध्यान गोविन्द रञ्जितका लागि शेरवहादुर देउवाको आग्रहमा आफ्नो उम्मेदवारी फिर्ता लिएको वताएका छन ।

एउटै जिल्लाबाट रामनाथ अधिकारी र डाक्टर कार्की दुई जनाको ३ नम्बर प्रदेशबाट सदस्यका लागि उम्मेदवारी परेपछि जिल्लाका प्रतिनिधिहरु समेत अन्यौलमा परेका थिए । डाक्टर कार्कीले आफ्नै जिल्लाका रामनाथ अधिकारीका लागि नभएर काठमाण्डौंका ध्यान गोविन्द रञ्जितका लागि मैदान छाड्नुले कांग्रेस भित्रको दुई लाईन संघर्षका कारण एकले अर्कोलाई नछोड्ने स्थिती बन्न पुगेको हो ।