देउवालाई विजयी हुन ११ मत पुगेन, १०० मत बदर,कांग्रेस सभापति चयनका लागि फेरी मतदान हुने, 

715 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ffgfgfgfकाठमाडौंः सभापति चयनका लागि पुनः निर्वाचन हुने भएको छ । पहिलो चरणको निर्वाचनको मत परिणाम अनुसार कसैले पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि फेरी अर्को चरणमा निर्वाचन हुने भएको हो ।

सभापतिका तीन जना उमेदवार मध्ये शेरबहादुर देउवाले १५ सय ६४ मत पाए भने रामचन्द्र पौडेलका पक्षमा ११ सय ५२ मत खसेको छ । सभापतिका अर्का उमेदवार कृष्णप्रसाद सिटौलाका पक्षमा ३२४ मत पर्यो ।

देउवालाई विजयी हुन ११ मत पुगेन । १०० मत बदर भएको छ ।  सभापति चयनका लागि सोमबार पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनका अन्य कार्यक्रम पछि सार्वजनिक गर्ने समितिले जनाएको छ ।