कांग्रेस सभापतिमा देउवा निर्वाचित

566 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

2नेपाली कांग्रेसको सभापतिमा बरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित भएका छन् । कार्यवहाक सभापति रामचन्द्र पौडेललाई पराजीत गर्दै देउवा पार्टी सभापतिमा निर्वाचित भएका हुन् ।

देउवाले १८ सय २२ मत प्राप्त गरे भने पौडेलका पक्षमा १२ सय ९६ मत खसेको छ । २२ मत बदर भएको छ । कुल ३१ सय ४० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

महामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यको मतगणना भने मंगलबार बिहान बाट सुरू हुने निर्वाचन समितिले जनाएको छ ।