नेकपा एमाले गोगनपानीको छैटौ गाउँ अधिवेशन सम्पन्न

1024 पटक पढिएको

२८ चैत्र २०७२, आईतवार ०८:२५ सम्पादक: धादिङ न्यूज

रामचन्द्र रुपाखेती
20160409_133837गोगनपानी-नेकपा एमाले गाउँ पार्टी कमिटी को गाउँ अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिबेशनले अगामी तीन बर्षका लागि पुन  भरत तामाङको अध्यक्षतामा नयाँ गाउँ कमिटि चयन गरेको छ ।
नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य खेम लोहनीको प्रमुख अतिथ्यतामा सम्पन्न गाउँ अधिवेशनमा नेकपा एमाओवादी दलित मुक्ति मोर्चाका जिल्ला कमिटि सदस्य एवं गोगनपानी गाउँ पार्टी कमिटिका सदस्य राम्जी रोक्का सहित ५० भन्दा बढि काङग्रेस तथा माओवादी बाट एमालेमा प्रवेश गर्दै ३५ सदस्यिय एमाले गाउँ कमिटि तथा ३५ सदस्य युवा संघ समेत गठन भएको छ । एमाले गाउँ पार्टी कमिटिमा पुनः भरत तामाङ्ग को अध्यक्षतामा केशव रुपाखेती, भिमसेन तामाङ्ग र शान्ता थापा क्रमस उपाध्यक्ष सचिव र उपसचिवमा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै भुवन थापा मगरको नेतृत्वमा गोगनपानी युवा संघ को समेत चयन गरेको ।
कार्यक्रममा प्रमुख अतिथी खेम लोहनी सहित जिल्लल कार्यबाहक अध्यक्ष भूमि त्रिपाठी, जिल्ला सचिव शिवराज कंडेल, एमाले संस्थापक जगन्नाथ खतिवडा, इलाका इन्चार्ज केदार खतिवडा सहितले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रम हुनुपुर्व विशाल र्यालीको समेत आयोजना गरिएको थियो ।