आफुले खानेपानी आफ्नै पैसामा बनाउदैं मिलनटारवासी

705 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????
????????????????????????????????????

राजेन्द्र बस्नेत

धादिङ, : समस्याले समाधान निम्त्याउँछ भन्ने कुरा मिलनटारवासीले प्रस्तुत गरेको क्रियाकलापले पुष्टि गरेको छ । लामो समयदेखि खानेपानीको चरम अभाव भोग्र्दै आएका मिलनटारवासीले आफुले खानेपानी आफ्नै पैसामा बनाउँदैछन् । उनीहरुलाई गाँउको तल रहेको पानीको २ वटा मुहान गत वैशाख १२ र २९ गतेको भुकम्पका कारण सुकोपछि पानीको चरम अभाव भएको हो ।

  ७० घरपरिवार रहेको गाँउमा पानीकोे मुहान सुकेको कारण पानी लिन घण्टौ कुर्नु पर्ने र पालो अघिपछिकोे विषयमा गाँउघर छरछिमेकका मानिसहरु पधेंरामा झगडा हुन थाल्यो । गाँउका अगुवाहरुले झगडा रोक्न विकल्प निकाले सवै घरबाट पैसा उठाएर खानेपानी घरघरमै पु¥याउने । पानी घरघरमै पु¥याउने कार्यलाई सवै भन्दा पहिला महिलाहरुले सही थापेको मिलनटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोर्कण सुवेदीले बताए । शुरुमा १४ हजार अनुमान गरेर काम थोलेको र काम सम्पन्न हुदाँसम्म २४ हजार प्रतिपरिवार लागत लाग्ने भएपनि उपभोक्ताहरु गाँस काटेर र ज्यालामदुरी गरेर भएपनि घर पु¥याएर पानी खान दैनिक १० घण्टा काम गरिरहेको अध्यक्ष सुवेदीले बताए । भुकम्प जानु अघिपनि धेरै टाढाबाट बोकेर पानी खाएका थियौ । भुकम्पले पानीको मुहान धसियो र अर्को ठाँउमा निकिस्यो । धेरैपटक सरकारी गैरसरकारी संघसंस्थालाई समस्या सुनायौं । समस्या सुल्झाउन कुनै संस्था नआएपछि आफुले खानेपानी आफ्नै पैसामा बनाउँनु पर्दछ भनेर पैसा उठाएर काम गरेको अध्यक्ष सुवेदीले बताए । सिंगल फेज लाइनबाट ३२ एमपियरको मिटरले २०० मिटर भटिकल हाईटमा पानी तानेर ३२ हजार लिटरको ट्यांकीमा जम्मा गरेको छौ । मुहानमा २० हजार लिटरको ट्याँकीमा पानी संकलन गरे र १३ हजार लिटरको  ट्याँकीमा पठाउने व्यवस्था मिलाएकाछौ । पाइप लाइन खन्ने र धारो निमार्ण गर्ने काम अव १० दिन सकिन्छ । योजना निमार्णमा लगानी वरावरी गरेपनि उपयोग गरेको आधारमा उपभोग खर्च गर्न सवै घरमा मिटर जडान गर्छौ । गाँउकै १० परिवार दलित पैसा अभावमा खानेपानी योजनामा समावेश हुन सकेका छैनन । पटक पटक उनीहरुसंग छलफल ग¥यौ अध्यक्ष सुवेदीले भने । हामीसंग लगानी गर्न पैसा  छैन तपाईहरु खर्च गर्नुस पानी खानुस हाम्रो विरोध हुर्दैन मिन बहादुर विकले भनेपछि हामीले काम अघि बढाएको अध्यक्ष सुवेदीले बताए । मुहानबाट वितरण गर्ने ट्यांकीसम्म पानी तानेको मासिक २ सय ५० रुपयाँ, र पानी उपभोग मिटर विलिङ अनुसार हुने भएकाले उपभोक्तालाई लगभग ५ सय रुपयाँ मासिक खर्च व्यहोर्नु समितिको अनुमान छ । आफै खर्चमा योजना निमार्ण ग¥यौ अव सरकारले विद्युत खर्च छुट गरिदिनु प¥यो उपभोक्ताको माग रहेको छ ।

     जिल्लाको पिण्डा गाँउ विकास समिति वडा नं. १ मिलनटारकी  ५८ वर्षिय वेदकुमारी सुवेदीलाई पानी बोकेर १३ जनाको परिवारलाई खाना, खाजा, घर लिपपोत तथा सरसफाई गर्न र गाई भैसी, बाख्रालाई पानी खुवाउन भ्याएनभ्याई थियो । अव घरमै पानी गाग्रीमा पानी थाप्न मिल्ने भएपछि खुशीले गदगद छिन । २ वटा भैसी, हल गोरु, ४ वटा गाई, १० वटा वाद्रा र १५ सय कुखुरा पाल्दै आएका ऋषिराम सुवेदीले दैनिक २० गाग्रीसम्म पानी आएको थियौ अव पानी वोक्न दिन सकिएकाले उत्तिकै खुशीछन् ।