नौ लाख रुपैया लिएर सपना भागेपछि

1036 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ,२७ बैशाख ःश्रीमानले विदेशबाट कमाई गरेर पठाएको नौ लाख रुपैया भन्दा धेरै रकम लिएर श्रीमती वेपत्ता भएपछि धादिङ दार्खाका कुमार तामाङको बिचल्ली भएको छ ।
श्रीमती सपना तामाङ बैशाख १ गते देखि सम्पर्क विहिन भएको र निरन्तर खोजी गर्दा पनि फेला पार्न नसकेको भन्दै सहयोगका लागि कुमारले याचना गरेका छन । सात बर्ष साउदीमा रोजगारी गरेर घर फर्किएका कुमार दुई बर्ष बर्ष अघि पुनः साउदी फर्किएका थिए । पछिल्लो पटक बैशाख १ गते श्रीमतीको नाममा ४४ हजार रुपैयाँ रेमिट्यान्स गरी पठाएको उनले वताए ।
sapana tamangचैनपुर गाविसको सुनखानीमा डेरामा बस्दै आईरहेकी सपनालाई चार बर्षको अवधिमा ९ लाख रुपैया पठाएकोमा सबै रकम लिएर सपना वेपत्ता भएपछि आफ्नो सर्वस्व सकिएको कुमार बताउंछन । सपनाले बोकेको मोवाईल स्विच अफ भएकाले सम्पर्क हुन नसकेको कुमारले वताएका छन ।
गोर्खा जिल्ला मिरकोट गितापानी बस्ने जङ्ग बहादुर तामाङका छोरी सपना र कुमारको चार बर्षअघि विवाह भएको थियो । कुमार संग विहे गर्नु अघिनै दुई सन्तानकी आमा भईसकेकी सपनाको पहिलो लोग्ने मृत्यु भएपछि वेसहारा भएकी उनलाई दुई छोरीसहित स्विकार गरेर विहे गरेको परिणाम अहिले भोग्नु परेको कुमारको दुःखेसो छ ।
श्रीमतीको पहिलेको लोग्नेबाट जन्मिएका छोरीलाई पनि आफ्नै छोरी मानेर हुर्काएर पठनपाठन समेत गराउंदै आएको र घर खर्च गरेर बचेको ९ लाख रुपैया लिएर श्रीमती भागेपछि छाङ्गाबाट खसेजस्तै भएको कुमारले वताए । छोरीहरूको पढाई र घरखर्चबाट बचाएर राखेको ९ लाख रुपैयाले घर सम्पत्ति जोड्ने रहर चकनाचुर भएपछि कुमार साउदीबाट स्वदेश फर्किएर सपनाको खोजीमा लाग्ने तयारीमा रहेका छन ।
घर परिवार, छर छिमेकी,आफन्त,सपनाको माईती र उनका नजिकका साथीहरुसंग सम्पर्क गर्दा पनि उनको बारेमा कुनै पत्तो लाग्न नसकेपछि आंफु लुटिएको थाहा भएको कुमारले वताए ।
सपनाको माइतीपक्षबाट समेत राम्रो प्रतिक्रिया नआएकाले आंफु ठगिएको उनको गुनासो छ । सुनखानीका घरबेटीका अनुसार सपनाले आफ्नो सामान र गहना बेचेर कोठा छाडी गएको कुमारले बताए । अहिले पनि आफ्नी श्रीमति खोजिगरिदिन सार्वजनिक अपिल गरेका छन ।आफू टाढा रहेकाले जाहेरी दिन नसकेकोले परिवारका सदस्यहरुमार्फत उजुरीका लागि पहल गरिरहेको विदेशबाट उजुरी गर्ने  प्रक्रिया थाहा नभएको उनको भनाई छ ।