छुवाछुतमुक्त जिल्ला घोषणा धादिङबाट शुरुवात गर्नुपर्छ –मन्त्री राई

588 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

छुवाछुत सम्बन्धी कानुनी प्रावधानहरु परिमार्जन गदै देशमा छुवाछुत मुक्त बनाउनको निम्ति सरकारले कुनै पनि कसर बाँकी नराख्ने  सञ्चारमन्त्री शेरधन राईले बताउनु भएको छ । जातिय छुवाछुत तथा भेदभाव मुक्त राष्ट्र घोषणा दिवसको अबसरमा संयुक्त दलित संघष समिति धादिङले जेठ २१ गते शुक्रवार  धादिङबेसीमा आयोजना गरेको  बृहत आम सभा तथा साँस्कृतिक कार्यक्रमको उदघाटन सभालाई सम्वोधन गर्दै मन्त्री राईले  सो कुरा बताउनु भएको हो ।

 8789f7de4a12644fccafb4b1a90ebc71_L धादिङ जिल्लाबाटै छुवाछुत मुक्त जिल्लाको घोषणा गरी देश भर अभियानको रुपमा जानु पर्नेमा जोड दिनु भयो ।
देशको राजनीतिक स्थिरता अन्त्य भैसकेकोले कुनै पनि राजनीतिक दलहरुको दवाब र आडमा देश नचल्ने ठोकुवा समेत गर्नु भयो । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पहिलो पटक गणतन्त्रलाई संस्थागत गर्ने काम गरी बलियो सरकारको नेतृत्व गरेको मन्त्री राईले  बताउनु भयो । संविधानको जगमा बनेको सरकार र जनताको भावना बुझ्ी नेपाल सरकारले आफ्नो नीतिगत कार्यक्रम अनुसार बजेट प्रस्तुत गर्नु सरकारको दायित्य भएको बताउनु भयो ।
देश भरै आर्थिक विकासको लहर चले अनुसार सरकारले धादिङ जिल्लाको बिकास निमार्णलाई पहिलो प्राथमिकता दिएको समेत बताउनु भयो । संयुक्त दलित संघर्ष समिति धादिङका अध्यक्षता एता बहादुर सुनारको अध्यक्षता रहेको कार्यक्रममा मन्त्री  राईको प्रमुख आतिथ्य रहेको थियो ।
छुवाछुतका घटना कहि कतै भए कानुन बमोजिम कार्बाही गर्न प्रशासनलाई निर्देशन समेत दिएका छन् । संविधानमा दलितका अधिकारलाई मौलिक हकको रुपमा समेटेर आएको र त्यसलाई स्थापित गर्न दलित जातीहरु नै अग्रपंक्तिमा रहन नेता राईले आग्रह गरेका छन् । नेपालको संविधान आफैले लेखेर जारी गरी पहिलो पटक गणतन्त्रलाई संस्थागत गर्न सफल भएकोमा खुसी व्यक्त गरे । संविधानको प्रभावकारी कार्यन्वयन जनताका भावना अनुरुप जनताले चाहेकै अवस्थामा गर्न सरकार तल्लिन भएको बताए । संविधान जारी गरेर देशलाई नयाँ युगमा प्रवेश गराएको भन्दै उनले लोकतन्त्र, गणतन्त्रबाट प्राप्त भएका आन्दोलन मार्फत सबैको पहिचान, पहुँच र सहभागीतालाई सुनिश्चित गर्ने काम भएको दाबी गरे । सरकारले जेठ १५ गते ल्याएको बजेट माथि विश्लेषण गर्दै उनले बजेटले राष्ट्रव्यापी रुपमा तरङग पैदा गरेको बताए । बजेटले देशैभर आर्थिक समृद्धि र विकासे लहर सुरु भएको दाबी गरे । नेपाल सरकारले बालबालिकादेखि वृद्धवृद्धा सबैको भावनालाई समेटर शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि लगायतका क्षेत्रमा बजेटलाई उच्च प्राथमिकताका साथमा राखेको बताए ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश सुवेदी, नकपा एमालेका सभासद गुरु बुर्लाकोटी, नेपाली काङग्रेस धादिङका जिल्ला अध्यक्ष रमेश धमला, नेकपा एमाले धादिङका अध्यक्ष भूमी त्रिपाठी, माओवादी केन्द्र धादिङका अध्यक्ष राम बहादुर भण्डारी, लगायत विभिन्न राजननीति दलका पार्टी प्रतिनिधिधहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, दलित अगुवा नेताहरु लगायतको सहभागिता रहेको थियो । आम सभाको अबसरमा लामो समय देखि दलित आन्दोलनमा सक्रिय रुपमा लागि पर्ने र दलित समुदायमा योगदान पु¥याएका अगुवा दलितहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले आ–आफ्नो प्रस्तुती गरेका थिए । कार्यक्रम सुरु हुनु भन्दा अगाडि धादिङको पुछारबजारबाट वाजागाजासहित ¥याली समेत निकालिएको थियो ।