माओवादी केन्द्रले लियो सरकारबाट समर्थन फिर्ता

602 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

prachanda-and-kp2_k1K5mFHmuyअसार २८, २०७३ काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलाई रहेको समर्थन फिर्ता लिने निर्णय गरेका छन्। माओवादी केन्द्रका कार्यालय समिति सदस्य मणि थापाले सरकारलाई रहेको पार्टीको समर्थन फिर्ता लिएको पुष्टी गरे।  माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको निर्णय जानकारी गराएका छन्। माओवादी केन्द्रले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा लेखिएको छ ‘वर्तमान सरकारले नौं बुँदे सहमति तथा ३ बुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको हुँदा हाम्रो पार्टी अब यस सरकारमा सहभागी रहिरहन राजनीतिक रुपले उपयुक्त नहुने भएकोले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं।’ सोमबार बसेको कार्यालय समितिको बैठकले सरकार गठन गर्ने पहल र निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएका थियो। त्यसै अनुसार प्रचण्डले सरकारलाई रहेको समर्थन फिर्ता लिने निर्णय गरेका हुन्। पार्टीको कार्यालय समितिको बैठक लगत्तै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए। सरकारबारे माओवादी केन्द्रले गरेको निर्णय सार्वजनिक गराउन मंगलबार दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको प्रवक्ता पंफा भुसालले जानकारी गराइन्। माओवादीले समर्थन फिर्ता लिएपछि ओली सरकार अल्पमतमा परेको छ थाहा खबरले समाचार लेखेको छ ।