डोरीमा झुन्डिएको जनताको जीवन
546 पटक पढिएको
कलिला उमेरका विद्यालय जाने बाल-बालिकाहरु एउटा हातले किताब-कापी च्यापेका छन् भने अर्को हातमा टायर ट्युब बोकेका छन् । नजिकै केहि बाल-बालिकाहरु भने तुईन चढ्न भिड लगाएर बसेका छन् ।
यो दृश्य हो गोर्खा, भुम्ली चोक गा.वि.स, वडा नं. ८ को । धादिंग र गोर्खा जिल्लालाई पृथ्वी राजमार्ग संग जोड्ने दर्जनौँ स्थानमा जिर्ण तुईनहरु रहेका छन् । भुम्ली चोकका बासिन्दाहरु दैनिक रुपमा त्रिशुली नदि तुईन र ट्युबको सहारामा तर्ने गर्छन किनभने राज्यले उनीहरुकोलागि यस्तै नै व्यवस्था गरिदिएको छ । तुईन प्रयोग गर्दा-गर्दा जिर्ण भईसक्यो तर सरकारको ध्यान पुग्न सकेको छैन । बाल-बालिकाहरु विद्यालय जान समेत आफ्नो ज्यानै जोखिममा हालेर तुईन चढ्नु पर्ने स्थिति छ ।
डोरीको सहारामा झुण्डीएको जनताको जीवनको गम्भीरता आखिर सरोकारवालाहरुले कहिले बुझ्ने छन् नेपाली जनताहरुले हेर्दै छन् । खै कहाँ गए जनताकोलागि मरि-मेट्छु भन्ने राष्ट्रवादीहरु ? खै कहाँ गए सर्वहारा वर्गका नेता हुँ भनि भाषण गर्नेहरु ? खै कहाँ गए विकासका ठुल्-ठुला योजना बनाउने हरु ? विकास- योजना, भाषण र प्रतिबद्धतामै सिमित भएको छ । यो विकास भन्ने जन्तु पनि सारै एकल काट्टे भएको छ, तिनै भाषण गरि हिड्ने कै घर-आँगनमा रमाउँछ तर सर्व-साधारणहरुलाई त फर्केर पनि हेर्दैन !
राजधानी नजिकैका जिल्लाहरुको त यस्तो चरम अवस्था छ भने नेपालका विकट र दुर्गम जिल्लाहरुको कष्टकर जीवन कस्तो होला ? कल्पना गर्दा समेत दु:ख लाग्छ । सरकारले तुईन भएको स्थानमा झुलुंगे पुल राख्ने भनेको वर्षौं भयो तर अहिले सम्म केहि भएको छैन । आखिर दु:ख कष्ट खप्न बाहेक सोझा-साझा नेपाली जनताहरु के नै गर्न सक्छन् र । किनमेल गर्न, विद्यालय जान पनि लौ मानौ तुईन प्रयोग गर्न सकिन्थ्यो होला तर आकस्मिक अवस्था जस्तै बिरामी, सुत्केरी महिला, बाल-बालिकाहरुलाई तुईंनमा नदि तराउन कति अप्ठ्यारो र जोखिम पूर्ण होला? तर यो कुरा काठमाडौँका सिमित चिल्ला सडकहरुमा गाडी गुडाउनेहरुले के बुझ्लान र ? सधैँ जस्तै आश मात्र हैन अब साँचै केहि गरौँ गरमाथा दैनिकको अनलाइन संस्करणमा खबर छ ।