दोलखामा ४.२ रेक्टरको भूकम्प -आसपासका जिल्लामा पनि झटका
606 पटक पढिएको
गत बर्षको बैशाख १२ र त्यसपछिका दिनमा सयौं पटक आएको भुकम्पले घरवारविहिन भएका, परिवारका सदस्य गुमाएका, ज्यान अङ्गभङ्ग भएकाहरु अझै पनि भुकम्पको कारण पुगेको क्षतीले आहत भईरहेका छन । कति परिवार अहिले पनि घर नभएर अस्थायी टहरोमा बसेर दुःखका साथ दशैं मनाउने तयारीमा जुटिरहेको छ । गत बर्षको भुकम्पले गर्दा सहनुपरेको पिडालाई भुल्न नसक्नेहरुलाई त्रसित पार्दै शुक्रवार विहान दोलखा जिल्ला केन्द्र विन्दु भएर आएको अर्को भुकम्पले त्रसित पारिदिएको छ । असोज २१, २०७३ दोलखा : दोलखाको मैनापोखरी आसपासको क्षेत्रलाई केन्द्रविन्दू बनाएर शुक्रबार बिहान १० बजेर ३७ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले यस भूकम्प ‘गोर्खा भूकम्प’ कै परकम्प रहेको जानकारी दिएको छ। भूगर्भ विभागका अनुसार गत वर्षको वैशाखमा गएको ७ दशमलव ६ रेक्टर स्केलको प्रलयकारी भूकम्पपछि ४ रेक्टर स्केलभन्दामाथिका ४ सय ७० पराकम्प गइसकेका छन्। यसअघि असोज २ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको परकम्प गएको थियो।
नेपालमा दैनिक ४० वटा भूकम्प
ठूलो भूकम्पपछि परकम्प आउनेक्रम जारी रहेको र अहिले पनि दैनिक ३० देखि ४० वटासम्म भूकम्प गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।
“वैशाख १२ को ७.६ रिक्टरको भूकम्पपछि हालसम्म गइरहेका परकम्प भनिए पनि भूकम्प नै हो”, उनले भने ।
गोरखा भूकम्पपछि सुरुको एक महिनासम्म दिनमै ४ रिक्टर स्केलभन्दा मुनिका एक हजार ३०० सम्म भूकम्प (परकम्प) गएका थिए भने लामो समयसम्म दैनिक ५०० वटा भूकम्प गएका थिए ।
पछिल्लो समय परकम्प कम हुँदै गएको छ । ठूलो भूकम्प गएपछिको अवस्थामा लामो समयसम्म परकम्प नगएमा ठूलो भूकम्प जाने खतरा भएकाले परकम्प समय समयमा गएकै राम्रो हुने विज्ञहरु बताउँछन् ।
केन्द्रको विवरणअनुसार वैशाख १२ को भूकम्पअघिका वर्षहरुमा ४ रिक्टर स्केलभन्दा माथिका वार्षिक २५ देखि ६० वटा भूकम्प गएका थिए ।