आज क्रिसमस : प्रेम, शान्ति र मुक्ति दिवसका रुपमा क्रिसमस डेमनाइँदै
667 पटक पढिएको
काठमाडौं,१० पुस २०८१ । आज क्रिसमस दिवस, इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा धादिङ लगायत संसारभर विभिन्न कार्यक्रम गरी मनाउँदैछन्। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज संसारभर यस समुदायले क्रिसमस डे मनाउँदै छन्।
आजभन्दा दुई हजार २४ वर्षअघि २५ डिसेम्बरका दिन येशु ख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रिस्टले तीन मुख्य खुसीयाली दिएको क्रिश्चियन धर्मका का अनुयायीहरु बताउँछन् । येशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने मनाउने गर्दछन् ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले बताए। विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि मनाउन थालेको हो।
दिवसका अवसरमा २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। विसं २०७८ देखि भने यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ।
हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको दाबी छ। तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि छ।
पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्री सजाउने गरेको देखिन्छ। विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साज सज्जा गरिएको छ। पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिने गर्दछ ।








Noodlemagazine very informative articles or reviews at this time.
NY weekly I am truly thankful to the owner of this web site who has shared this fantastic piece of writing at at this place.
NY weekly For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.