धादिङको मलेखु- बेनिघाट सडक खण्ड दुईतर्फी सञ्चालनमा
131 पटक पढिएको

काठमाडौँ । सुख्खा पहिरो खसेर अबरुद्ध बनेको धादिङको मलेखु- बेनिघाट सडक खण्डमा पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । मंगलबार साँझ बेनिघाट रोराङ गाउँपालिका–३ स्थित हिलटप होटल नजिकै पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध भएको थियो ।
सडकमा खसेको पहिरो पन्छाएर राजमार्ग सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।