अमेरिकी इतिहासमा कसरी उदाए नयाँ राष्ट्रपति डोनाल्ट ट्रंप
1630 पटक पढिएको
शक्तिशाली देश अमेरिकाले नयाँ राष्ट्रपति पाउंदा संसारभर हलचल शुरु भएको छ । परिणाम आउनु १२ घण्टा अघि सम्म पनि हिलारीले राष्ट्रपति जित्ने निश्चित भईसकेको दावी गर्ने अमेरिकी संचार माध्यम,त्यहाँको स्वतन्त्र मत सर्भेक्षक र अन्य राजनैतिक बिश्लेषकहरु यति बेला आफ्नो अडकल गलत सावित भएकोमा निराश देखिन्छन । एउटा देशको राष्ट्रपति निर्वाचन हुंदा संसारभर तरंग आउनुमा अमेरिकाको बढ्दो प्रभाव,विश्व आतंकवाद, अमेरिकी अर्थतन्त्र, विदेश निति,आप्रवासीहरुलाई हेर्ने दृष्टिकोण लगायतका मुद्धाहरु नै हुन । धेरैको अडकललाई फेल खुवाउंदै नयाँ राष्ट्रपति बन्न सफल डोनाल्ड ट्रम्फ को हुन त ? उनको उदय कसरी भयो ? यस बिषयमा अहिले सबैको चासो बढ्दै गएको छ ।मेरिका जस्तो शक्तिशाली मुलुकले महिलालाई राष्ट्रपति स्विकार गर्न नसकेकै हो त यो पनि अहिले चर्चाको बिषय बनेको छ । आंफै आप्रवासी अमेरिकी भएपनि पछिल्लो समय अमेरिकामा बढ्दै गएको आप्रवासीहरुको प्रभावलाई कम गर्न उनले ल्याएका केही महत्वाकांक्षी योजनाहरुले अमेरिकीहरु ट्रम्पको पक्षमा लागेको हुन सक्ने अडकलवाजी गर्न थालिएको छ ।
कतिपयले यदि डोनाल्ट ट्रप अमेरीकी राष्ट्रपति बने भने इतिहासकै खराब राष्ट्रपति कहलिनेछन् भनिरहेकै बेला रिपब्लिकन पार्टीका डोनाल्टले अपेक्षित आँकलनलाई उल्ट्याउदै अनपेक्षित नतिजा हासिल गरेका छन् ।
यस्तो छ ट्रपको इतिहास
ट्रम्पले होटेल, क्यासिनो, गल्फ कोर्सजस्ता व्यवसायमा हात हालेका छन् । अनेकौँ पटक उनका कम्पनीहरु टाट पनि पल्टिएका छन्। उनले सन् १९७७ मा इभाना जेलिन्कोभासँग विवाह गरे, जोसँगको सम्बन्ध १९९१ मा टुंगियो। उनीहरुका तीन छोराछोरी छन्, डोनाल्ड ट्रम्प जुनियर, इभान्का ट्रम्प र एरिक ट्रम्प । सन् १९९३ मा उनले अर्को विवाह गरे मार्ला मेपल्ससँग। उनीहरुको दाम्पत्य जीवन पनि सात वर्षमै समाप्त भयो। मार्लाबाट ट्रम्पकी एक छोरी जन्मिइन्, टिफानी ट्रम्प । मेलानिया नाउस ट्रम्पकी तेस्री श्रीमती हुन्। उनीहरुले सन् २००५ मा विवाह गरेका हुन्। उनीहरुको एउटा छोरा छन्, ब्यारोन ट्रम्प। उनकी छोरी इभान्का अहिले बुबाको चुनावी अभियानमा छिन्।
सन् २०११ म फोब्स सेलिब्रेटीका १०० को सुचीमा उनको नाम पनि परेको थियो । ट्रंपका बुबा र हजुरबुबा हजुरआमा जर्मनी आप्रवासी थिए । उनका हजुरबुबा १८९२ मा अमेरीकी नागरीक बनेका थिए ।
ट्रंपको विश्लेषण गर्नेहरु यसो भन्छन्
कतिपयले, ुसंसारभर लोकतन्त्रको पाठ पढाउदैँ हिँड्ने अमेरिकामा ट्रम्पजस्तो व्यक्तिको प्रशंसा र लोकप्रियता बढ्नुलाई अमेरिकी समाजको अधिनायकवादी मनोविज्ञानको अभिव्यक्ति भनेका छन्। ट्रम्प राष्ट्रपतिमा विजयी भए त्यो उदारवादी र लोकतन्त्र पक्षधरको हार हुने विरोधीहरुको चेतावनी थियो ।